पोखराकी स्मृति बि.कलाई झापामा स्वर्ण


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०८३ मा प्रकाशित




पोखरा । पोखरेली चेली स्मृति बि.कले प्रथम झापा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२६ मा स्वर्ण पदक जित्न सफल भएकी छन्।
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी स्मृतिले महिला -४४ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण हात पारेकी प्रशिक्षक सुनबहादुर लामाले जानकारी दिए।
पोखरा तेक्वान्दो डोजाङकी खेलाडी स्मृतिको यो उपलब्धिलाई गण्डकी प्रदेशको तेक्वान्दो क्षेत्रका लागि महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।