म्याग्दीका सिस्नेरी र खवाङका स्थानीय बासिन्दा दुई दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।
पाँच किलोवाट क्षमताको महखोला लघुजलविद्युत् परियोजनाको टर्बाइन बिग्रिएपछि ती बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । गत सोमबारदेखि बिग्रिएको टर्बाइन आजसम्म मर्मत नहुँदा दुई गाउँका सर्वसाधारणले बिजुली उपभोग गर्न नपाएका खवाङका स्थानीय चामबहादुर पुनले दुखेसो पोखे ।
नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बिग्रेको टर्बाइन मर्मतसम्भार वा नयाँ प्रतिस्थापन गरेर ती गाउँमा बत्ती बाल्ने प्रयासमा आफूहरू रहेको जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१९ असार । पोखरामा शुक्रबार आयोजना भएको रोजगार मेलामा जागिरमा भाग्य अज्माउनेहरुको…






