कास्कीका शिशिर पौडेलसहितका पाँच नेपाली युवाले युनाइटेड अरब इमिरेट्समा नेपाली एक अर्ब रुपैयाँ भन्दा बढीको चिठ्ठा प्राप्त गरेका छन् ।
भाग्यशाली चिठ्ठामा सहभागि भएका उनीहरुले ‘द यूएई लोट्ट्री’ मार्फत ३० मिलियन दिराम नेपाली एक अर्ब २३ करोड रुपैयाँको चिठ्ठा प्राप्त गरे पछि रकम नेपाल पठाउन सहयोग मागेका छन् ।बिहीबार यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलाई भेटी रकम वैधानिक तरिकाले नेपाल पठाउन सहयोग मागेका हुन् । भाग्यशाली चिठ्ठा प्राप्त गर्ने पाँचजनामा गोरखाका तैयव खान पाल्पाका सन्दीप बिक नवलपुरका युवराज गैरे र रुपन्देही सुदीप न्यौपाने छन् । रकम सुरक्षित र वैधानिक रुपमा नेपाल पठाउन बिहीबार यूएईको अबुधावीस्थित नेपाली दूतावास पुगेका थिए ।
राजदूतसँगको भेटघाटमा उनीहरूले चिठ्ठामार्फत प्राप्त रकमलाई वैधानिक रूपमा नेपाल पठाउन र सो रकमलाई नेपालमा लगानी गर्न इच्छुक रहेको बताएको अबुधावीस्थि नेपाली दूतावासले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१९ असार । पोखरामा शुक्रबार आयोजना भएको रोजगार मेलामा जागिरमा भाग्य अज्माउनेहरुको…






