घटस्थापना एवम् पाँचौं बार्षिकोत्सवको अवसरमा गुरुङ गहना घर न्यूरोडले आइतबार रक्तदान कार्यक्रम गर्ने


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०८३ मा प्रकाशित




पोखरा । गुरुङ गहना घर प्रा.लि. न्यूरोड, पोखराले आफ्नो पाँचौँ वार्षिकोत्सव तथा घटस्थापनाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

असोज २५ गते आइतबार बिहान ७ः३० बजेदेखि गुरुङ गहना घरको परिसर, न्यूरोडमा रक्तदान कार्यक्रम सञ्चालन हुने आयोजक गुरुङ गहना घरका संचालक सिना गुरुङले जानतारी दिनुभयो । सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले सबैलाई आह्वान गरेको छ।

रक्तदान जीवनदान भएकाले अभियानमा सहभागी भई आवश्यकतामा रहेका बिरामीको जीवन बचाउन सहयोग पुर्‍याउन सकिने आयोजकको विश्वास छ।
१७ बर्ष उमेर पुगेका ६५ बर्ष ननाघेका, कुनै दिर्घ रोग नलागेका र महिलाका हकमा मासिक श्राव भएको छैटौं दिन पुगेका र पछिल्लो पटक रक्तदान गरेको ९० दिन पुगेकाहरुले नियमित रक्तदान गर्न सकिने बिज्ञहरुले बताएका छन् ।

गुरुङ गहना घर प्रा.लि. न्यूरोड, पोखरा परम्परागत संस्कृति र आधुनिक डिजाइनको संयोजनसहितका सुनका गरगहना तथा चाँदीका पुचै, छाप्री र भाँडाहरूका लागि परिचित गहना पसल हो। गुरुङ महिलाद्वारा सञ्चालित यस गहना घरमा अनुभवी तथा कुशल कालिगढमार्फत आकर्षक परम्परागत र आधुनिक डिजाइनका गरगहना उपलब्ध हुँदै आएका छन्। भाटभटेनीको अगाडि रहेको मुख्य पसलसँगै न्यूरोडमै अर्को शाखासमेत सञ्चालनमा रहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।