ग्रिन डेभलपमेन्टका ग्राहकलाई युआरएलमा छुट


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०८३ मा प्रकाशित




ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले युनाइटेड रेफरेन्स ल्याबोरेटोरी (युआरएल)को रक्त परीक्षण सेवामा विशेष छुट पाउने भएका छन् ।

स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौतापत्रमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र युआरएलबीच बिहीबार हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले हस्ताक्षर गरेका छन् । ग्रिन डेभलपमेन्ट बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारले युआरएलमा उपलब्ध हुने विभिन्न प्रयोगशाला परीक्षण सेवामा २५ प्रतिशतसम्म छुट पाउने छन् ।

युआरएलले आफ्ना विभिन्न शाखामा ग्रिन डेभलपमेन्ट बैंकका ग्राहकलाई यो सुविधा दिनेछ । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले गण्डकी प्रदेशका २४ स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।