साइकल सिटी लेखनाथले दशैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान, बृहत् अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले साइकलिङको वास्तविक महत्त्व यसका प्रयोगकर्ता तथा राइडरहरूले महसुस गर्ने बताउँदै साइकल शारीरिक स्वास्थ्य, मानसिक स्फूर्ति, वातावरण संरक्षण र दिगो पर्यटनका लागि महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे। साइकल केवल यातायातको साधन मात्र नभई स्वस्थ जीवनशैली, स्वच्छ वातावरण र पर्यटन प्रवद्र्धनको आधारसमेत भएकाले यसको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए ।
साइकल सिटी लेखनाथका अध्यक्ष एवं संयोजक कलम गौतमले विश्वव्यापी तापक्रम वृद्धिको चुनौती सामना गर्दै सुन्दर पोखरा–लेखनाथ निर्माण गर्न साइकल संस्कृतिको विकास आवश्यक रहेको बताए। साइकलको प्रयोगले वातावरण स्वच्छ राख्न, स्वास्थ्य सुधार गर्न र सडक दुर्घटनाको जोखिम न्यूनीकरणमा समेत सहयोग पुग्ने धारणा राख्दै उनले लेखनाथलाई साइकलिङको केन्द्र र सात तालको नगरीका रूपमा विकास गर्ने अभियानमा आफू सक्रिय रहेको बताए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि बास्तोला, संघका पूर्वप्रथम उपाध्यक्ष राजु सुवेदी, लेखनाथ होटल तथा रेस्टुरेन्ट संघका अध्यक्ष सुरेश लामिछाने, आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङ तथा साइकल सिटी पोखराका सहकोषाध्यक्ष जीवन ढुङ्गानालगायतले साइकलिङलाई दिगो पर्यटनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहभागी साइकलिङ राइडरहरूले साइकलको दीर्घकालीन महत्त्व, स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव तथा वातावरण संरक्षणमा यसको भूमिकाबारे आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सन्दीप पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गुरुङ गहना घर प्रा.लि. न्यूरोड, पोखराले आईतबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा…







