यामाहाको ब्लु फेष्ट महामेला पोखरा सभागृहमा शुरु


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०८३ मा प्रकाशित




पोखरा, असोज २३
पोखरामा यामाहाको चाँडपर्व केन्द्रीत ब्लु फेष्ट महामेला शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु. ईन्टरप्राईजेज प्रा।लि।ले पोखरा पोखरागृहको आगनमा आजदेखि नेपालीको महान चाँडपर्वहरु तिहार, नेपाल सम्वत र छठ केन्द्रीत यामाहाको ब्लु फेष्ट शुरु गरेको हो । असोज २३ गते आजदेखि शुरु भएको ब्लु फेष्ट महामेला असोज ३० गतेसम्म हुने जनाईएको छ । ब्लु फेष्टमा ग्राहकले कुनैपनि पुरानो बाईक तथा स्कुटर साटफेर गरेर नया बाईक खरिद गर्न सक्ने जनाइएको छ ।
यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर एक्सचेञ्ज अफर दिइएको भि.ए.डब्लु ईन्टरप्राईजेज प्रालिका महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । एक्सचेञ्ज अफरमा ग्राहकले हरेक नया बाईक खरिदमा न्यूनतम ६ हजारदेखि माथि १) लाखसम्म कुपनमार्फत उपहार जित्न सक्ने उनले बताए । उनका अनुसार ग्राहकले बाईक खरिद गर्नुअघि डिजिटल कुपनमार्फत आईफोन जित्न सक्नेछन् ।

त्यस्तै, ब्लु फेष्टमा यामाहाको जुनसुकै बाईक साटफेर गर्न आएपनि न्यूनतम २५हजार भ्यालुएसन हुने उनले बताए । उनले भने,‘यामाहाकै भयो भने न्यूनतम ५० हजार भ्यालुएसन हुन्छ । अन्य कम्पनीको भयो भने न्यूनतम २५ हजारदेखि माथि भ्यालुएसन हुन्छ ।’ ब्लु फेष्टमा हेलमेट, लेग गार्ड, बाइक कभर जस्ता सामानहरू ग्राहकलाई निःशुल्क प्रदान गरिने उनले जानकारी दिए ।
ब्लु फेष्टको अवसरमा यामाहाले एकल अंकमा फाईनान्स सुविधा दिएको जनाएको छ । उनका अनुसार पचास प्रतिशत डाउन पेमेन्टमा ८.९९ प्रतिशत ब्याजमा फाइनान्सको सुविधा दिनुका साथै अन्य अवस्थामा ९.९९ प्रतिशत ब्याजदरमा फाईनान्स गरेर बाईक र स्कुटर बिक्री भइरहेको छ । यो अवसरमा बिना धितो वा जमानी नागरिकताको भरमा बाईक, स्कुटर खरिदको अवसरमा सुविधा दिइएको पनि उनले जानकारी दिए । उनले भने,‘नागरिकता लिएर आउनुहोस्, बाईक, स्कुटर खरिद गरेर जानुहोस् ।’
यसैबीच, यामाहाको एक्सएसआर १५५ सिसीको बाईक सार्वजनिक गरिएको छ । नया भेरियन्टका रुपमा ब्ल्याक, ब्लु, सिल्भर, रेड कलरमा पोखरा भित्रिएका सो बाईकहरुको चर्चित नायिका प्रियङ्का कार्की, एमएडब्लुका रिजनल सेल्स म्यानेजर राम बोगटे र भिएडब्लुका महाप्रबन्धक सरोज श्रेष्ठले संयुक्त रुपमा शुक्रबार पोखरा सभागृहमा आयोजित ब्लुफेष्टको अवसरमा सार्वजनिक गरे । एक्सएसआर १५५ सिसीका बाईकहरु युवाहरुको लागि उपयुक्त रहेको बताए । खास गरेर महिलाका लागि त झन् उपयुक्त हुने उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।