कालिका बहुमुखी क्याम्पसमा “फाइभ ए साइड” फुटबल सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०८३ मा प्रकाशित




कालिका बहुमुखी क्याम्पसमा अन्तर संकाय छात्र तथा छात्रा फइभ ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थी कल्याण्कारी समितिको आयोजनामा असोज २१ गते देखी शुरु भएको उक्त प्रतियोगितामा छात्र तर्फ वि वि एस दोश्रो वर्ष प्रथम , वि वि एस प्रथम वर्ष दितीय , भइ क्रमश रु ७ हजार नगद, प्रमाणपत्र र मेडल , रु ५ हजारनगद प्रमाणपत्र र मेडल प्रदान गरीएको थियो । त्यसै गरी छात्रा तर्फ वि वि एस प्रथम वर्ष प्रथम भइ नगद, प्रमाण पत्र र मेडल प्रदान गरीएको थियो ।यसअघि प्रतियोगिताको क्याम्पस प्रमुख प्रा. बिरन्जी गौतमले रेफ्रीलाई बल हस्तारण गरी उदघाटन गरेका थिए । उनले क्याम्पसले पढाइका अतिरिक्त विभिन्न खेलकुद सञ्चालन गरेर विद्यार्थीहरुलाई पढाईका अतिरिक्त खेलको माध्यमद्धारा आपसी भाइचारा स्थापीत हुने र अनुशासित बनाउनुको साथै स्वास्थ रहन सहयोग पुग्ने हुँदा विभिन्न समयमा क्याम्पसले अतिरिक्त क्रियाकलाप मार्फत विभिन्न खेलकुद कार्यक्रम नियमित रुपमा गर्दै आएको बताए ।

उनले क्याम्पसले छोटो समयमा प्रमाणपत्र प्राप्त गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको बताउदै आगामी दिनमा बजारले माग गरेका नयाँ कार्यक्रमहरु संचालन गरेर यस क्षेत्रमा नै क्याम्पसलाई एक प्रतिष्ठीत शैक्षिक संस्था को रुपमा स्थापित गराउन सवैको सहयोग आवश्यक रहेको बताए । विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत सहायक क्याम्पस प्रमुख युवराज गुरुङ्गले गरे भने कर्मचारीहरुका तर्फबाट लेखा प्रमुख हुकुमराज थापाले शुभकामना व्यक्त गरे ।

कार्यक्रम संचालन संयोजक शिक्षक शिशिर ज्ञवालीले गरेका थिए भने रेफ्री श्री विश्वास गुरुङ्गले खेलका नियमहरुका बारेमा जानकारी गराएका थिए । प्रतियोगितामा छात्र तर्फ १२ बटा टिम र छात्रा तर्फ ४ टिम सहभागी भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।