चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसाय समितिको रक्तदानमा ५८ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०८३ मा प्रकाशित




पोखरा। चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसाय समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको छ। लायन्स क्लब पोखरा चौतारीको समन्वय र पोखरा हेल्पिङ ह्यान्ड्सको सहयोगमा कार्यक्रम भएको हो।

कार्यक्रमको अध्यक्षता गरेका चिप्लेढुङ्गा सिद्धार्थ चोक व्यवसाय समितिका अध्यक्ष दुर्गा सुनारले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । उनले संस्थाले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायीहरूको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेर प्रशंसनीय कार्य गरेको बताए। कार्यक्रममा लायन्स क्लब अब पोखरा चौतारीका जोन चेयरपर्सन विष्णुनारायण श्रेष्ठ, रक्तसञ्चार केन्द्रका महेन्द्र केसी र चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसाय समितिका महासचिव जनकराज सुवेदीलगायतले रक्तदानको महत्त्वबारे बोलेका थिए।

वक्ताहरूले रगतको अभावमा रहेका बिरामीको उपचारमा रक्तदानले सहयोग पुग्ने बताए। उनीहरूले रक्तदानलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नियमित रक्तदानका लागि सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।