राष्ट्रपतिसमक्ष भारत, चीन र इजरायलका नवनियुक्त राजदूतद्वारा शपथ


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०८३ मा प्रकाशित




राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलसमक्ष गणतन्त्र भारतका लागि राजदूत डा निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्णले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा शपथ लिएका हुन् ।

उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।