हुइ हुइ भयो, उठेपछि रटायो
सिकायो होइन घोकायो
भाषण छ दमदार
छैन केही उपलब्धि
नेता हु नेता कक्षाको ठुलो नेता
काम छैन कुरा मात्रै, सिन्को छैन उपलब्धि
किनकि म अल्छी शिक्षक !
दैनिकी कुदेकै छ, माखो मरेन
पैसा पैसा छ मनमा
काममा शुन्य
सिकाउने होइन रटाउने आउछ
पैसा पैसा हुन्छ मालामाल
कथा बन्दै छ जिन्दगी
किनकी म अल्छी शिक्षक !
हे सुबास तिमी के गर्दै अहिले ?
अमेरिकामा कार धुदै छु कार, अरे बधाई छ
होइन होइन मेरो त, मेरो काम गर्दै छु अरे
तिमी पि एच डि गर्दै होइन र?
दुनियाँ ले जे भनुन
पढेको छु काम गरेको छु
सानो ठुलो भन्दिनँ, तर मलाइ यहाँ लाज लाग्दै
किनकी म अल्छि शिक्षक !
सेते भाइ को हात कालो
जो बाइक धुन्छ सफा गर्छ दाइ यो बिग्रेको छ
त्यो पनि भन्दै म सुन्दै छु
बाइक सफा हुन्छ, बन्छ अनि गुडाउन सजिलो, गुडाउन मात्र जान्ने
किनकि म अल्छि शिक्षक !
पारी गाले दाइ दिनभरी हलो समात्दै अन्न्बाली भित्र्याउन प्रयास गर्दै
खुर्सानी मोहि आटोका साथ हाँस्दै मुस्काउदै बाली भित्र्याउछ
कति भारीका भारी म हेर्दै बजारमा अर्गानिक खाना खोज्दै
छैन अहिले आफूसङ्ग
किनकि म अल्छि शिक्षक !
दाइ कपाल मात्रै कि दार्ही पनि भाइ
दार्ही पनि सबै काट हुन्छ हुन्छ दाइ तपाईंको दार्हि कपाल राम्रो छ फेरि आउनुस है दाइ, झुवाम्म पैसा तिर्यो अनि ।।
किनकी म अल्छि शिक्षक !
हिडेका छन, दुगुरेका छन यो बजारमा
चिच्याएका छन, रोएका छन, के के गरेका छन !!!
जिन्दगीमा नत कसैलाई बनाउन सकियो नत बनियो
किनकी म अल्छि शिक्षक !
प्रकाश चन्द्र गिरी शिक्षक पोखरा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






