चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०८२ मा प्रकाशित




नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा चलचित्र निर्माता उदय सुब्बा निर्वाचित भएका छन् ।

सोमबार काठमाण्डौंमा सम्पन्न निर्वाचनमा सुब्बाले अध्यक्ष पदका अर्का प्रत्यासी सुनिलकुमार थापालाई पराजित गरेका हुन्। सुब्बाले १ सय ५३ मत पाउँदा थापाले १ सय २७ मत पाए। महासचिवमा कलाकार खगेन्द्रप्रसाद लामिछानेले सोही पदका अर्का प्रत्यासी किरण नेपालीलाई पराजित गर्दै निर्वाचित भए । संघको उपाध्यक्षमा ज्योतिराज राई निर्वाचित भएका छन्। रौनक विक्रम कँडेल भने निर्विरोध भए। खगेन्द्र लामिछाने महासचिव पदमा निर्वाचित हुँदा सचिवमा युवराज गिरी निर्वाचित भए ।

कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्वाचित भएका छन् । ९ जनाको कार्य समिति सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् ।श्रीधर पौडेल, टंकबहादुर बुढाथोकी, मनोजकुमार अधिकारी, घनेन्द्र थपलिया, राजकुमार पण्डित तथा प्रविण कार्की, र चुम्बनजंग शाही निर्विरोध भएका हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।