पोखरा । आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन गइरहेको टी–२० पुरुष विश्वकप २०२६ को पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर ई. पृथ्वीन्द्र खनाल (पृथ्वी) को शब्द तथा संगीतमा तयार भएको क्रिकेट गीत “नमस्ते नमस्कार” सार्वजनिक गरिएको छ।
“सुन्दर हिमाली राष्ट्र नेपालको क्रिकेट गान (Cricket Anthem of Himalayas)” नाम दिइएको यस म्युजिक भिडियोले नेपाली राष्ट्रिय क्रिकेट टोलीप्रति समर्थन, उत्साह र हौसला व्यक्त गर्दै खेलाडी तथा समर्थकहरूमा आत्मविश्वास, देशभक्ति र जोशपूर्ण भावना जगाउने लक्ष्य लिएको छ।
कथाकार पृथ्वी खनाल स्वयं रहेको यस गीतमा लोकेन्द्र सुब्बा को संगीत संयोजन तथा निर्देशन रहेको छ। म्युजिक भिडियोमा पृथ्वी खनाल, आर.सी. रिमाल, करणराज कार्की, प्रीति कौर, बुलेट फ्लो र डियोन को स्वर तथा अभिनय समेटिएको छ।
सृजनात्मकता र राष्ट्रप्रेमको संगम बनेको यो क्रिकेट गानले विश्वकपको माहोलमा नेपाली टोलीप्रति सकारात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
पृथ्वी खनालको आधिकारिक युट्युब च्यानलमा उपलब्ध उक्त म्युजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्न सक्नु हुन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भोलि बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी…






