रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ फोड्ने २९ जना पक्राउ परेका छन् ।
बाढीसँगै बगेर त्रिशूलीमा आएको सेफ फुटाउने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । निजहरूको साथबाट रु ९२ लाख ६८ हजार ५०५ समेत बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलैन्द्र थापाले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
स्थानीयले उक्त सेफ तोडफोड गरी त्यसभित्र रहेको नगद आफूखुसी निकाली चोरी गरेको भन्ने प्रहरीले सूचना पाएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नंं. १६ र १९ मा मनोरञ्जनात्मक खालका कुनै पनि…





