सिद्धार्थ क्लबद्वारा ५ लाख बढी सहयोग राहत कोषमा जम्मा


     एभरेस्ट आवाज    
     भाद्र १८ गते २०८३ मा प्रकाशित




पोखराको अग्रणी सामाजिक संस्था सिद्धार्थ क्लबले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार र राहतका लागि आर्थिक सहयोग गरेको छ ।

क्लबले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख २० हजार ३ सय ३६ रुपैयाँ जम्मा गरेको जनाएको छ । पीडितलाई राहत पुर्‍याउने उद्देश्यले क्लबले आर्थिक संकलन अभियान नै संचालन गरेको थियो । अभियानमा क्लबका सदस्य र देश तथा विदेशमा रहेका सहयोगीहरूले योगदान दिएका छन् । आर्थिक सहयोगका अतिरिक्त क्लबले बाढीपछिको संकटमा भौतिक सहयोग पनि गरिरहेको छ ।

अहिले भइरहेको शव व्यवस्थापन कार्यमा क्लबले आफ्नै शववाहनमार्फत सेवा दिइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।