गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा पोखरामा शुक्रबारदेखि डेटा ड्रिभन जर्नालिज्मको एड्भान्स कोर्सको तालिम सुरु भएको छ ।
सेन्टर फर मिडिया रिसर्च, नेपालको प्राविधिक सहयोगमा सुरु तालिम ६ दिनसम्म संचालन हुनेछ ।प्रेस रजिष्ट्रार बिमला भण्डारीले यसअघि तालिम दिएका प्रशिक्षार्थीहरुबाट थप तालिमको आवश्यकता माग भएकाले सिएमआरको प्राविधिक सहयोगमा प्रेस रजिष्ट्रार कार्यालयले एड्भान्स तालिम ल्याएको जानकारी दिइन् । उनले भनिन्, ‘गण्डकीको पत्रकारितामा यो तालिमले नयाँ हिस्सा थप्नेछ । अन्य प्रदेशका लागि पनि एउटा सिकाइ हुनेछ ।’ यो कोर्स सिक्नेहरुले आगामी दिनमा आफ्ना जिल्लाका पत्रकारलाई तालिम दिन सक्षम हुने विश्वास गरिन् ।
अनुमानको भरमा गरिने पत्रकारिता पछि पार्दै सत्य तथ्य र तथ्यांकमा आधारित पत्रकारिता गर्न तालिम महत्वपूर्ण हुने बताइन् ।गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव हिमा पोखरेलले तालिमको सफलताको कामना गर्दै आगामी दिनमा पनि यसप्रकारका तालिममा प्रदेश सरकारले साथ दिने बताइन् ।अचेल सामाजिक सञ्जाल स्क्रोल गर्दै जाँदा अचेल कुन ठिक कुन बेठिक भन्ने दुविधा हुने गरेको उल्लेख गर्दै सूचना प्रविधिमा आएको फड्कोसँगै सुधारका लागि संवेदनशील जरुरी रहेको जनाइन्।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले पत्रकार महासंघलाई सरकारले बजेट काटेकोमा दुःख व्यक्त गरे । उनले तालिममा सिकेको सीप औजारको रुपमा प्रयोग गर्न पत्रकारलाई सुझाव दिए । उनले तालिमबाट हुने फाइदा सबै पत्रकारलाई जानकारी रहेको उल्लेख पत्रकारको हकहितमा महासंघ सधैँ क्रियाशील रहेको बताए । पत्रकारिता पेसा दैनिक जाँच दिनुपर्ने पेसा भएको नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बरालले बताए । उनले भने, ‘पत्रकारिता हाम्रो लागि दिनदिनैको सिकाइ हो । साथै, तथ्य र तथ्यांक पत्रकारिताको मेरुदण्ड हो ।’प्रशिक्षक अरुण कार्कीले यसअघि आधारभूत तालिमका सहभागीको मागमा नयाँ कोर्स डिजाइन गरिएको बताए । तथ्यांकमा ग्याप कहाँ छ लगायतबारे सिक्न सकिने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मिडियामा तथ्यांक प्रयोग गरेर कसरी पत्रकारिता भइरहेको छ भन्नेबारे पनि छलफल हुने बताए ।
गण्डकी प्रदेशमा क्रियाशील १८ जना पत्रकारले भाग लिएको तालिममा प्रशिक्षार्थी खीमा गुरुङ र सागर ढकालले पनि बोलेका थिए । प्रेस रजिष्ट्रार भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रेस रजिष्ट्रारको कार्यालयका उपसचिव प्रभाकर घिमिरे, गण्डकी प्रदेश सञ्चार समन्वय समितिका सदस्य दीपेन्द्र श्रेष्ठ, राजबहादुर गुरुङलगायतको सहभागिता थियो । कार्यक्रम संचालन प्रेस प्रेस रजिष्ट्रारको कार्यालयका सहायक प्रशासकीय अधिकृत ज्ञानेश्वर पौडेलले गरे ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको यही असोज १८ देखि काठमाडौँमा हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनको…







