कविता क्लबले बडा दसैँको अवसर पारेर शनिवार पोखरामा नौ जना नारी कविहरूको सामूहिक कविता वाचन सम्पन्न गरेको छ ।
‘नवदुर्गा कविता उत्सव’ नाम दिइएको कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरू’, रीता अधिकारी ‘ऋतु’, छन्दिका त्रिपाठी, चन्द्रावती वाग्ले, गीता तिवारी, प्रतिमा गुरुङ, बिर्सना बस्नेत, लक्ष्मी थापा र जुना थापाले नारीशक्ति र नारी अधिकारबारे कविता सुनाएका थिए । कविहरूले महिलालाई हेप्ने पितृसत्तात्मक समाजप्रति तीव्र रोष प्रकट गर्दै देवी वा यस्तै अन्य उपमा दिँदैमा मक्ख नपर्न नारीहरूलाई नै आह्वान गरेका थिए । उनीहरूले दसैँ, नारी अधिकार, नारीशक्ति र समसामयिक विषयमा कविता सुनाएका थिए ।
क्लबका अध्यक्ष विम्बकवि रमेश श्रेष्ठले कविता क्लबले नेपाली कविताको उत्थानका लागि साठीको दशकदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।वाचित कविताहरूको सङ्क्षिप्त समीक्षा गर्दै उनले कवितामा प्रस्तुत विचारले नारीभित्र बर्सौँदेखि जकडिएर रहेका पीडा प्रस्तुत भएको बताए । आगामी दिनमा कविताको विकासका लागि ‘स्कुलमा कविता’ कार्यक्रम आयोजना गर्नका लागि विभिन्न विद्यालयसँग कुरा भइरहेको पनि श्रेष्ठले जानकारी दिए ।
क्लबका उपाध्यक्ष पदमराज ढकालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।वि.सं २०६० सालमा पृथ्वीनारायण क्याम्पसमा कविता लेखनको क्षेत्रमा कलम चलाउने सर्जकहरुको भेलाले क्लबको गठन गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसाय समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५८ युनिट…







