पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध


     एभरेस्ट आवाज    
     असाेज २४ गते २०८३ मा प्रकाशित




पोखरा अन्तरराष्ट्रिय विमानस्थलले हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा बिभिन्न बस्तुको प्रयोग गर्न निषेध गरेको छ ।

विमानस्थलले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएको जनाउँदै, पुरानो विमानस्थलसहितको आवागमन क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले आवागमन क्षेत्रमा त्यस्ता गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको जानकारी दिए । विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहरमैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ ।

सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।