कास्कीका डा.पुष्पा केसी भण्डारीसहित १३ जना एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
शनिबार पार्टी कार्यालय च्यासलमा सम्पन्न स्थायी कमिटी बैठकले महिलातर्फ ६ जना, पुरुषतर्फ ६ जना र अन्य पार्टीबाट आएका १ जना गरी १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो। मनोनित हुनेमा महिलातर्फ सिर्जना राई, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट, सीता पङ्गेनी, सीता अधिकारी र डा. पुष्पा केसी भण्डारी छन् । त्यस्तै पुरुषतर्फ तेजमान कन्दङ्वा, टङ्क आङ्बोहाङ, नवीन रोक्का, मीनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी र अन्य पार्टीबाट आएका धर्मनाथ प्रसाद साहलाई पनि केन्द्रीय सदस्य बनाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।
एमाले उपमहासचिव लेखराज भट्टले पार्टी अध्यक्ष र महासचिवबीच कुनै विवाद नरहेको दाबी गर्दै केन्द्रीय सदस्य मनोनयनको प्रक्रिया सर्वसम्मत रूपमा टुंग्याइएको बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसाय समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५८ युनिट…







