पोउवा संघको कार्यसमितिमा डिल्लीराज र तुलबहादुर मनोनित


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८३ मा प्रकाशित




पोखरा, २८ असोज । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा २ जना सदस्य मनोनित भएका छन् । मनोनित हुनेमा साजन गिफ्ट एण्ड किचन कर्नरका प्रोपाइटर डिल्लीराज सुवेदी तथा थापा सप्लायर्सका प्रोप्राइटर तुलबहादुर थापा रहेका छन् ।

अध्यक्ष शोभा गौतमले संघको विधान २०६५( पहिलो संशोधन) २०७२ को परिच्छेद ६.१.१(ड) ले दिएको अधिकार प्रयोग गर्दै दुवैलाई कार्यसमितिमा मनोनित गरेकी हुन् । सो धाराले अध्यक्षलाई कार्यसमितिको सहमतिमा ४ जना सदस्य मनोनित गर्ने अधिकार दिएको छ । मनोनित दुवै सदस्यले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।