मुस्ताङको ठिनी खोला पुल निर्माण, सडक आवागमनमा सहज हुने


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०८३ मा प्रकाशित




मुस्ताङको घरपझोङ गाउँपालिकाको पाँचै वडा जोड्ने चक्रपथ सडकअन्तर्गत ठिनी खोलामा नवनिर्मित पक्की पुल उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री नन्दप्रसाद न्यौपानेले रु चार करोड ४६ लाखको लागतमा तयार भएको उक्त पुलको आज उद्घाटन गरेका हुन् । मन्त्रालय अन्तर्गत निर्माण गरिएको पुलको लम्बाइ ३५ मिटर र ८.४ मिटर चौडाइ रहेको छ ।

उक्त पुल निर्माणपछि पर्यटकीय गन्तव्य ढुम्बाताल, ढुम्बा, सम्ले, छैरो, चिमाङ, ठिनी र मार्फा क्षेत्रमा बाह्रै महिना सडक आवागमनमा सहज हुनेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।