पोखरा । बिहीबार कास्कीका ७९ सहित गण्डकी प्रदेशका ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिकाका ७९ सहित ९ जिल्लाका ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
आज थपिने मध्य नवलपुर वर्दघाट सुस्ता पूर्वका १५, तनहुँका ५, स्याङ्जा र बाग्लुङका ४–४ जना, लमजुङका २, गोरखा, पर्वत र म्याग्दीका एक–एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा जारी कोभिड–१९ सम्बन्धी विवरणमा उल्लेख गरिएको छ ।
विभिन्न प्रयोगशालामा ४४२ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो । यो सहित प्रदेशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १८ हजार ३७१ पुगेको छ ।
यस्तै सोही अवधीमा ५९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सहित गण्डकी प्रदेशभर हालसम्म कोरोना भाइरसमुक्त हुनेको संख्या १६ हजार ८१० पुगेको छ ।
प्रदेशमा अब एक हजार ३४० जना आइसोलेसनमा छन् । ती मध्य एक हजार २७२ जना होमआइसोलेसनमा रहेको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा :
कास्कीमा सक्रिय संक्रमितको संख्या नौ सय बढी पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले बिहीबार साँझ अध्यावधिक गरेको कोभिड–१९ सम्बन्धी विवरण अनुसार जिल्लामा हाल ९०१ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
यस्तै प्रदेशको बाग्लुङमा एक सय बढी सक्रिय संक्रमित छन् । बाग्लुङमा सक्रिय संक्रमितको संख्या १२१ रहेको छ ।
त्यस्तै प्रदेशका चार जिल्लामा ५० जनाभन्दा सक्रिय संक्रमित छन् । जसमा स्याङ्जामा ८०, नवलपरासी पूर्वमा ५७, तनहुँमा ५३ र गोरखामा ५२ जना छन् ।
यस्तै ५० जना भन्दा कम संक्रमित हुने जिल्ला अन्र्तगत म्याग्दीमा ४०, पर्वतमा २८, लमजुङमा ७, मनाङ र मुस्ताङमा भने सक्रिय संक्रमितको संख्या शून्य रहेको निर्देशनालयले जनाएको छ ।

यस्तै बिहीबार नै प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो सहित प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ ।
यसअघि बधबार प्रदेशका कास्कीका १७३ सहित ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । सोही अवधीमा २६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका थिए भने दुई जनाको मृत्यु भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ ।…







