पोखरा । कास्कीको माछापुच्छे गाउँपालिका १ स्थित उपल्लोघाचोक (टुसे) मा खहरेखोलाले बगायर स्थानिय ४८ बर्षीया लिला विक (परियार) को मंगलबार निधन भएको घटना प्रति गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले दुःख व्यक्त गरेका छन्।
बुधबार शोक विज्ञेप्ति प्रकासित गर्दै सांसद बरालले आफ्नो घर नजिकै खहरेखोलाले बगायर विकको निधनको घटनाले आफु निकै मर्माहित भएको जनाए ।
सांसद बरालले उनको मृतआत्मको चिर शान्तिको कामना सहित परिवारजनमा हार्दिक समवेदन समेत व्यत्त गरेका छन्। साथै उनले गरिव तथा विपन्न परिवारकी विकको परिवारलाई उचित राहात उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
बर्षादको समयमा सचेत र सजग रहन सांसद बरालले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसाय समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५८ युनिट…







