पोखरा, कात्तिक १४
पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकै शैलीमा सडकमा उत्रिएका छन् । पोखराका मेयर आचार्य काठमाडौंका मेयर बालेनकै शैलीमा डोजर लिएर अन्डरग्राउण्ड पार्किङ खाली गराउन पोखरा–४ र ९ चिप्लेढुंगा, महेन्द्रपुललगायतका क्षेत्रमा पुगेका हुन् । महानगर प्रहरीको एक टोली लिएर पुगेका उनले चिप्लेढुंगास्थित आरके बिल्डिङ, महेन्द्रपुलस्थित बिशालबजारलगायतका बजारको अन्डरग्राउण्ड खाली गराउन डोजर लगाएका हुन् । चिप्लेढुंगास्थित बिगबजार र गरिमा विकास बैंक रहेको भवनमा पनि डोजर लिएर पुगेका आचार्यलाई घरधनी र व्यवसायीले आफैले हटाउन शुरु गरेको भन्दै केहि समय मागेपछि त्यत्तिकै फर्काएका थिए । तर उनले निश्चित समयमात्र दिन सकिने भन्दै भने,‘तपाईंलाई यो पूरै हटाउन कति समय लाग्छ ? २४ घण्टा ? ४८ घण्टा वा ७२ घण्टा ? धेरै दिन हामी दिन सक्दैनौं, रातारात हटाउने हो भने तपाईंलाई एक मौका भो ।’

अन्डरग्राउण्ड खाली गराउन डोजर चलाईएपनि सामान्य रुपमा भत्काएर फर्किएको छ । प्रवेश द्वारमा लेखिएको बजारको नाम रहेको साईनबोर्ड भत्काउनुका साथै प्रवेश क्षेत्रमा सामान्य डोजरले कोतरेर छाडिएको हो । अन्डरग्राउण्ड भित्र रहेका बजार र सामानहरु भने जस्ताकोतस्तै छाडिएका छन् ।
महानगरपालिकाले पोखरा सिटी भित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न पटक÷पटक आग्रह गर्दै सूचना निकालेको थियो । तर पटक÷पटकको सूचनालाई अटेर गर्दै अन्डरग्राउण्ड पार्किङ नहटाएका ठाउँहरुमा महानगरले डोजर चलाएको हो ।
डोजर लिएर पुगेका मेयर आचार्यले घरधनी र व्यवसायीलाई पटक÷पटक आग्रह गर्दापनि अटेर गरेकाले डोजर चलाउनु परेको बताए । ‘पहिले पटक÷पटक आग्रह गर्दापनि बेवास्ता गर्नुभयो, सायद ! पहिलेजस्तै अहिलेपनि केहि गर्दैन क्यारे भन्ने सोंच्नुभयो होला । तर अब त्यस्तो हुँदैन, हामी हाम्रो अभियान सफल बनाएरै छाड्छौं’–उनले भने ।
व्यवसायीले भने महानगरको अभियानमा आफूहरु बाधक नबन्ने बताए । चाँडपर्वहरु दशैं, तिहार, छठ पर्वलगायतका कारण अन्डरग्राउण्ड खाली गराउन ढिला भएको उनीहरुको भनाई थियो । बिगबजारका धनी सुशीलबाबु बुद्धाचार्यले भने,‘हामी महानगरको अभियानबिरुद्ध छैनौं । यसलाई सफल बनाउन हामी सघाउँछौं तर हामीलाईपनि केहि समय दिनूस् ।’ उनले नजिकै अर्को बिल्डिङमा सार्ने काम भईरहेकाले चाँडै खाली गर्ने बचन दिए ।
महानगरपालिकाले पोखरामा जनघनत्व र सवारी साधनको चापका कारण पार्किङ अभाव बढ्दै गएपछि अन्डरग्राउण्डलाई पार्किङ बनाउनका लागि सो तला खाली गर्ने अभियान सञ्चालन गरेको हो । महानगरको सूचनापछि केहि व्यवसायीले अन्डरग्राउण्ड खाली गराईसकेका छन् भने केहिले अटेर गरेपछि डोजर चलाउन शुरु गरिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले, जनता समाजवादी पार्टी जसपा…







