चुनावी अभियानमा उत्साहित छौँ, जनताका आवश्यकता पूरा गछौँ : भण्डारी


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७९ मा प्रकाशित





पोखरा,२२ कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कास्की क्षेत्र नं ३ को प्रदेशसभा १ मा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डारीले चुनावी अभियानमा जनताबाट व्यापक साथ र सहयोग मिलेको बताउनुभएको छ ।

निर्वाचन क्षेत्रका विभिन्न चुनावी कार्यक्रम, घरदैलो तथा कोणसभामा जनताले राम्रो प्रतिक्रिया दिएकाले गठबन्धनका उम्मेदवार विजयी हुने विश्वास उहाँको छ । पोखरा–१९ मा भएको घरदैलो तथा कोणसभामा उहाँले जनताका आवश्यकताहरुलाई टिपोट गरिएको र निर्वाचित भएलगत्तै क्रमश ः पूरा गरिने बताउनुभयो ।


उहाँले भन्नुभयो,“चुनाव प्रचारका क्रममा जनताले हामीलाई धेरै विश्वास र भरोसा गर्नुभएको छ । जनताले गरेको विश्वासलाई खेर जान दिने छैनौँ । जनतासँग मत मात्र मागेका छैनौँ, उहाँहरुका आवश्यकता र समस्यालाई पनि टिपोट गरेका छौँ ।” उम्मेदवार भण्डारीले निर्वाचन क्षेत्रको विकासका लागि कृषि, पर्यटन र उर्जाको विकासमा ध्यान दिइने बताउनुभयो ।

उहाँले भन्नुभयो,“कास्की क्षेत्र नं ३ र त्यसमा पनि प्रदेशसभाको १ निर्वाचन क्षेत्र कृषि र पर्यटनमा असाध्यै बढी सम्भावना छ । साथै यहाँका नदीनालाहरुबाट प्रशस्त विद्युत उत्पादन गरी उर्जाको विकासमात्र समृद्धि हासिल गर्ने प्रचुर अवसर । त्यसलाई सदुपयोग गर्ने गरी काम गर्नेछौँ ।”

भण्डारीले पुरुन्चौर स्थित कृषि क्याम्पस स्तरउन्नतीमा आफूले विशेष पहल गर्ने स्पष्ट पार्नुभयो । त्यसका साथै लामाचौर माछापुच्छे« सडक स्तरोन्नति पनि गर्नु छ, परुन्चौरका टोल टोलका सडक कालोपत्रे गर्न, खानेपानी योजनाहरु सम्पन्न गर्न, पर्यटनसँग सम्बन्धीत पुर्वाधार निर्माण गर्न पनि वाँकी रहेको छ भन्दै आफ्नो विजयी पश्चात ति कार्य तुरुन्तै कार्यान्वयमा जाने उम्मेदवार भण्डारीले प्रतिबद्धता जनाउनुभयो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।