विचार

‘जेनजी आन्दोलन आकस्मिक विस्फोट होइन, विगतका संघर्षहरूले जगाएको चेतनाको निरन्तरता हो’

नेपालको राजनीतिक इतिहास निरन्तर सङ्घर्ष, बलिदान र परिवर्तनको इतिहास हो । यस मुलुकका जनताले आफ्नो अधिकार र स्वतन्त्रता सहजै पाएका होइनन्, बरु निरन्तरको आन्दोलन र क्रान्तिबाट प्राप्त गरेका हुन् । यस प्रक्रियामा विशेष गरि २०४६-४७ सालको जन आन्दोलन पछि दुई ठूला राजनीतिक संघर्षहरू जनयुद्ध ९२०५२-२०६२ र २०६२-६३ को ऐतिहासिक १९ दिने जनआन्दोलन निर्णायक चरणका रूपमा उभिएका छन् । यी दुवै सङ्घर्षहरूले नेपाली जनतालाई आफ्नो हैसियत, हक, अधिकार र सार्वभौमिकताको वास्तविक अर्थ बुझाइदिए । यसै चेतनाको जगमा आजसम्मका सबै आन्दोलन र… पुरा पढौ

प्लस टु उतिर्ण तमु बिद्यार्थीलाई करिअर कान्सिलिङसहित सम्मान

पोखरा, १४ भदौतमु धिं नेपालले पोखरामा शनिवार हालै प्लस टु उतिर्ण तमु बिद्यार्थीलाई करिअर कान्सिलिङसहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ।प्लस टु उतिर्ण ७४ जना तमु बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी डा.चन्द्रबहादुर गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले खादा र सम्मानपत्रले सम्मान गरेका थिए भने वरिष्ठ संचारकर्मी दिपेन्द्र श्रेष्ठले करिअर कान्सिलिङ गरेका थिए । कार्यक्रममा मिस एस इ इ पोखरा २०२५ बिजेता प्रीन्सु गुरुङलाई विशेष सम्मान गरिएको थियो।प्रमुख अतिथी डा. चन्द्रबहादुर गुरुङले बिद्यार्थीहरुलाई बधाई दिदै लाहुरेको एतिहासिक योगदान र तमु… पुरा पढौ

मेरो जोखिमपूर्ण १८ वर्षे हिमाल भित्रको पत्रकारिता !

हिमालको कल्पना गर्दा मनमा आउँछ-सेताम्मे हिउँले ढाकिएको धरातल, पहेँलो घाम, रेखा झैं बग्ने नदीहरू, बादलसँग लुकामारी खेल्ने चुचुराहरू, र जिउदो कथाझैं बाँचिरहेका मानिसहरू। तर, मेरो लागि हिमाल त्यत्तिमा मात्र सीमित थिएन। त्यो त जिन्दगीको सबैभन्दा ठुलो कक्षा थियो—जहाँ मैले पत्रकारिताको मूल्य, मान्यता, साहस, सहनशीलता र संवेदनाको कदर सिकें।आज १८ वर्ष बितेछन्, मैले पहिलो पटक हिमाली भूभाग छिरेको। आज म फर्केर हेर्दा, ती यात्रा केवल भौगोलिक गन्तव्यहरू थिएनन्, ती त आत्माको यात्राहरू थिए — जसले मलाई पत्रकारिता मात्र होइन, मानवता सिकायो।… पुरा पढौ

मानव अधिकार संरक्षणमा राज्य–नागरिकको साझा जिम्मेवारी हुनु पर्नेमा सरोकारवालाको जोड

पोखरा, ६ असार । मानव अधिकार संरक्षणमा राज्य र नागरिकको साझा जिम्मेवारी हुनु पर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र अनौपचारिक सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको संयुक्त आयोजनामा ‘मानव अधिकार र मानव अधिकार रक्षकहरुको अधिकार’ विषयक अभिमुखीकरण कार्यक्रममा तनहुँको बन्दिपुरमा वक्ताहरुले मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि कानुनको सही पालना र सुशासन अत्यावश्यक रहेको बताएका छन्। जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले लोकतन्त्र सुदृढ नहुँदासम्म मानव अधिकार सुरक्षित नहुने भन्दै राज्य र… पुरा पढौ

बरपिपल रिसोर्टमा मनोक्रान्ति प्रणेता डा. योगी बिकासानन्दद्वारा मोटिभेसनल स्पिच सम्पन्न

पोखरा, असार ५ बरपिपल रिसोर्टले आफ्ना कर्मचारीहरूको व्यक्तित्व विकास र मनोबल अभिवृद्धिका लागि प्रेरणादायी “मोटिभेसनल स्पिच कार्यक्रम” आयोजना गरेको छ। कार्यक्रमका प्रमुख वक्ता मनोक्रान्ति प्रणेता डा. योगी बिकासानन्दले सकारात्मक सोच, अनुशासित जीवनशैली र समय व्यवस्थापनका महत्वपूर्ण पक्षहरूमा जीवन्त प्रस्तुति दिनु भएको थियो। उहाँले जीवनमा अनुशासन र समयको उचित सदुपयोग नै सफलताको मुख्य आधार हुने स्पष्ट पार्दै भारतीय अभिनेता अक्षय कुमार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको अनुशासित जीवनशैली र समय व्यवस्थापनका अभ्यासहरू उदाहरणका रूपमा प्रस्तुत गर्नु भयो।… पुरा पढौ

अन्तर्राष्ट्रिय जैविक बिबिधता दिवस – २०२५ र नेपालमा यसको सान्दर्भिकता

आज सन् २०२५ मे २२ तारिख, ‘अन्तर्राष्ट्रिय जैविक विविधता दिवस’ । सम्पूर्णमा हार्दिक शुभकामना ।  पृष्ठभूमि सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी सम्मेलनको आयोजना भएको थियो । त्यस सम्मेलनमा विश्वका सहभागी राष्ट्रहरूले मे २२ तारिखका दिन जैविक विविधता महासन्धि (Convention on Biological Diversity - CBD) पारित गरी नेपाल लगायत सबैले सो महासन्धिमा हस्ताक्षर गरेका थिए ।त्यसैको कार्यान्वयन पक्षलाई निरन्तरता दिदै सन् २००० डिसेम्बर महिनामा बसेको संयुक्त राष्ट्र संघको साधारणसभाले बार्षिकरूपमा अन्तर्राष्ट्रिय जैविक बिबिधतादिवस मनाउने निर्णय गर्यो । त्यस यता प्रत्येक बर्ष जैविक बिबिधता दिवस मनाइदै आइएको छ । यस दिवसको मुख्य उद्देश्य जैविक विविधताको महत्त्व र यसको संरक्षणको आवश्यकताको बारेमा आम जनचेतना फैलाउनु हो । प्रत्येक बर्ष यसको नारा (Theme) फरक फरक हुने गर्छ । सन् २०२५ को नारा "प्रकृतिसँग सद्भाव र दिगो विकास" (Harmony with Nature and Sustainable Development) भन्ने रहेको छ । सन् २०२२ मा संयुक्त राष्ट्र संघका पक्षधर राष्ट्रहरूको… पुरा पढौ

देशको स्वाधीनता र जनताको भविष्य: समाजवादी मार्ग नै समाधान

नेपाल अहिले गम्भीर राजनैतिक, आर्थिक र कूटनीतिक सङ्कटको घेराबन्दीमा परेको छ । देश विदेशी साम्राज्यवादको जुत्ता बन्न पुगेको छ भने यहाँका नेताहरू त्यो जुत्ताको फितामा सीमित भएका छन्। घुसतन्त्र, भ्रष्टाचार र दलाल पूँजीवादले मुलुकलाई अस्तव्यस्त बनाएको छ। आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्ने अवस्थामा उल्टै नेपाल परनिर्भरता, दलाली र माफियातन्त्रको थलो बन्दै गएको छ। देश र जनताको वास्तविक हित विपरीत चल्ने वर्तमान राज्यसत्ता र व्यवस्था जनताका पीडा समाधान गर्न असक्षम देखिएको छ। यस्तो परिस्थितिमा नेपाललाई सही मार्गमा लैजान सक्ने एउटा मात्र वैकल्पिक… पुरा पढौ

बेनीमा ‘Ball Boy’ देखि उमेर समूहको राष्ट्रिय लिग सम्म

सुभाग सुबेदी, ८ मार्च २००९ मा बेनी, म्याग्दी, नेपालमा जन्मिएका एक युवा फुटबल खेलाडी हुन्, जसको यात्रा निरन्तरता, विनम्रता र जोशको प्रतीक बनेको छ। फुटबलसँगको उनको यात्रा, एक युवाशक्ति जसले फुटबललाई प्रेम गर्न थाल्यो र राष्ट्रिय खेलाडी बन्ने आकांक्षीको रूपमा आफ्नो सपना पूरा गर्न थालेको एक प्रेरणादायक कथा हो। सुभागको फुटबलसँगको सम्बन्ध बाल्यकालमै शुरू भएको थियो। सानोतिनो हुँदा उनी बलहरू प्राप्त गर्न निकै खुशी हुन्थे, र उनको पहिलो फुटबल ज्यर्सी, जुन उनको दाजुबाट उपहारको रूपमा प्राप्त भएको थियो, उनको यात्रा… पुरा पढौ

शिक्षामन्त्रीलाई खुल्ला पत्र

मितिः २०८१ पौष २४ गते बुधबारमाननीय मन्त्रीज्यूशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार काठमाडौँ । देश दुखेको वेला, भविष्यका कर्णधारहरूले मुलुकमा भविष्य नदेखेर दैनिक हजारौँ युवाहरू बिदेसिने अवस्थाको दृश्यले मन भित्र भित्र छटपटी भए पनि शारीरिक रूपमा सुस्वास्थ्यको कामना गर्दछु । जनताका निर्वाचित प्रतिनिधि स्वयम्ले निर्माण गरेको संविधान प्राप्त गरेको झन्डै दशक समय बित्यो । सामान्य किसान परिवारको व्यक्ति मुलुकको सर्वोच्च पद राष्ट्रिपतिमा चुनिन सक्ने व्यवस्था आएको पनि १६–१७ वर्ष भइसकेछ तर मुलुक बनाउन आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा क्षेत्रको व्यवस्थापन… पुरा पढौ

हरिदेवीको ‘चरीको घर’ र रीताको ‘बेरीतका रीतहरु’ सार्वजनिक, रीता न्यौपाने पहारीको अध्यक्षतामा स्रष्ट्रा समाज घोषणा

पोखरा । साहित्यकार हरिदेवी कोइरालाको बाल कविता सञ्चयन “चरीको घर” र रीता न्यौपाने पहारीको निबन्ध सञ्चयन “बेरीतका रीतहरु” सार्बजनिक गरिएका छन् ।नेपाल स्रष्टा समाजले पोखरामा शनिबार आयोजना गरेको कार्यक्रमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बरिष्ठ साहित्यकार सरुभक्त, कृतिकारलगायतले पुस्तकहरु सार्वजनिक गरे । कोइरालाको दशौं कृति “चरीको घर”मा पन्ध्र बालकविता छन् । आफ्ना गीतहरु पढेर बालबालिका समाज र संस्कृतिप्रति परिचित बनून् र समाज र संस्कृतिप्रति सम्मान जागृत होस् भन्ने अपेक्षा गरेको कवि कोइरालाले सुनाइन् । शिक्षणबाट सेवा निवृत्त कोइरालाले… पुरा पढौ