विचार

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

“भर् जन्म घाँस तिर मन् दिई धन कमायो ।नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो । म भानुभक्त धनी भैकन किन यस्तो ।।” नेपाली साहित्य क्षेत्रमा आदिकवि भानुभक्तले घाँसीबाट पाएको प्रेरणालाई लिपिबद्ध गरी लेखेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै चासो र चर्चामा छ । तनहुँको चुँदी रम्घामा जन्मेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका भानुभक्तले नेपाली साहित्यको प्रारम्भिक चरणमा कविता र काव्यका माध्यमबाट नेपाली साहित्याकाशमा ठूलो गुन लगाएका छन् ।… पुरा पढौ

स्मृतिमा स्वर्गीय मेघराज शर्मा गुरु

बाटुलेचौरको अधिकारी परिवारका नन्दिकेशरका दुई भाई छोरा मध्ये जेठा हुनुहुन्थ्यो मुखिया नन्दराज अधिकारी। उहाँका तीन भाई मध्ये कान्छा हुनुहुन्थ्यो मेघराज शर्मा। पोखरा १६, मैदानमा जन्मनु भएका शर्मा, घरेलु शिल्पकला कार्यालयमा खरीदार पदमा कार्यरत हुनुहुन्थ्यो। कार्यरत भएकै अवस्थामा उहाँको सरूवा बाग्लुङमा भयो । बाग्लुङमै उहाँले बिबाह गर्नु भयो र उहाँबाट ३ छोरा र १ छोरीको जन्म भयो। बाग्लुङ माईत भएका कारण प्राय मान्छे उहाँलाई बाग्लुङे भनेर पुकार्थे भने मेघराज गुरूले मान्छे भनेर बोलाउनु हुन्थ्यो। जागिर छाडेर आए पछि उहाँले कृषि विकास… पुरा पढौ

के गणित विषय हाउगुजी हो ?

के गणित विषय हाउगुजी हो ? यो प्रश्न हरेक विद्यार्थीको मानसपटलमा उब्जिरहन्छ। परिवारका सदस्यहरु हरेक विद्यालय‌का शिक्षकहरुबिच यो अस्वभाविक रुपमा छलफलको विषय बनिरहेको हुन्छ । देशका सरकारी र निजि विद्यालयमा यसलाई सहजीकरण गर्न अतिरिक्त कक्षा सञ्चालन हुँदै आए पनि विद्यार्थीमा यस विषयप्रति कुनै सुधारान्मुख देखिएको पाइ‌दैन । राष्ट्रिय परिक्षा वोर्डद्वारा संचालीत माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा ४ लाख ३८ हजार ८९६ विद्यार्थीहरु सहभागी भएका थिए। तर १ लाख २८ हजार २१५ जना विद्यार्थी अनुतीर्ण भएका थिए। यो कस्तो लज्जास्पद… पुरा पढौ

आर्बाका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

पोखरा महानगपालिका–१३ स्थित आर्बा प्राकृतिक रूपमा आकर्षक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र भएकाले यहाँका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ । करिब एक सय वर्षभन्दा पुरानो इतिहास रहेको यस क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्न थालिएको हो ।उत्तरपूर्वका दन्तेलहर जस्तै टलक्क टल्कने हिमाल, दक्षिणपश्चिममा पोखरासहित लेखनाथका टाढाटाढासम्मका भूभाग आर्बाको महाप्रभुधामबाट देख्न सकिन्छ । समुन्द्री सतहबाट एक हजार ३३५ मिटर उचाइमा अवस्थित यसस्थान प्राकृतिक रूपमा आकर्षक हुनुका साथै ऐतिहासिक र धार्मिक महत्त्व बोकेको छ । महाप्रभुधाम संरक्षण समितिका… पुरा पढौ

गृहमन्त्री ओमप्रकाश अर्याललाई राजिनामा दिन सुधन गुरुङको सुझाव

जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई गम्भीर चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजीनामा नदिए दुई दिनभित्र भविष्य निर्धारण हुने बताएका हुन् ।उनले काम गर्न नसके पद छाड्ने बाचा यसअघि नै गरेको भए पनि अहिलेसम्म काम गर्न पनि नसकेको र कुर्सीमा टाँसिएर बसेको हुनाले चुनावमात्रै भनेर बस्ने अवस्था नभएको बताएका छन् । उनले यही अवस्थामा चुनाव हुन पनि नदिइने बताएका छन् । “०८४ को चुनाव ०८२ मा सार्नलाई गरिएका आन्दोलन होइन यो,” उनले लेखेका छन्,… पुरा पढौ

छ सय वर्षदेखिको इतिहासको साक्षी कास्कीको झुप्राङकोट

वासुदेव पौडेल ऐतिहासिक एवं धार्मिक महत्वको कास्कीको झुप्राङकोट मन्दिर जहाँ रहेको शिलालाई प्राचीनकालदेखि देवीका रुपमा पूजाआजा गरिँदै आइएको छ । मन्दिर परिसर क्षेत्रबाट उत्तरपूर्वतर्फ चाँदी जस्तै टलक्क टल्कने माछापुच्छ्रे हिमालसहितको मनोरम हिमशृङ्खला त दक्षिण पश्चिमतर्फ पर्यटन राजधानी पोखराको मुख्यबजार क्षेत्रसहितका दृश्य एकैठाउँबाट नियाल्न सकिने हुँदा यहाँ आउने जो कोही लोभिने गरेका छन् । नेपालका बाइसेचौबिसे राजाहरूको पालादेखिको इतिहास झुप्राङकोटसँग जोडिनुले पनि यहाँको महिमा र गरिमा अझै बढाएको छ । इतिहासविद् ठाकुरप्रसाद त्रिपाठीका अनुसार १५औँ शताब्दीमा तत्कालीन कास्कीकोटका राजा कुलमण्डन शाहका… पुरा पढौ

पर्यटकीय संरचना बनाउन सकिने गारतरो क्षेत्र

सेती ड्यामसँगैको गारतरो र कसेरी,हामीले समय बिताउने,बयँर टिपेर खाने ठाउँ। मंसिर मासमा प्रशस्त बयँर पाक्दथे र हामी टिपेर खान्थ्यौं,गोजि भरेर ल्याउँथ्यौं। काँडाले हात छिया छिया पार्थ्यो। अमिलोले दाँत कुँडिन्थ्यो र मकै चपाउन गाह्रो हुन्थ्यो। ठूलो ढुङ्गामाथि बसेर सुस्ताउँथ्यौं,लुकिडुम खेल्थ्यौं।बस्ती थिएन वरीपरी, चारैतिर खुला थियो ।कहिलेकाही आमाहरूले भन्नुहुन्थ्यो होसियार हुनु नी,बयँरकौ घारीमा भालु लुकेको हुन्छ अर्थात बयँरको पारखी भालु पनि रहेछ । ठूलो ढुङ्गा,सायद भिमकाली पाटनको भिमढुङ्गा पछिको पोखराकै दोश्रो ठूलो ढुङ्गा यहि हुनुपर्छ। यसलाई पनि फोड्ने प्रयास भएको रहेछ ।… पुरा पढौ

‘जेनजी आन्दोलन आकस्मिक विस्फोट होइन, विगतका संघर्षहरूले जगाएको चेतनाको निरन्तरता हो’

नेपालको राजनीतिक इतिहास निरन्तर सङ्घर्ष, बलिदान र परिवर्तनको इतिहास हो । यस मुलुकका जनताले आफ्नो अधिकार र स्वतन्त्रता सहजै पाएका होइनन्, बरु निरन्तरको आन्दोलन र क्रान्तिबाट प्राप्त गरेका हुन् । यस प्रक्रियामा विशेष गरि २०४६-४७ सालको जन आन्दोलन पछि दुई ठूला राजनीतिक संघर्षहरू जनयुद्ध ९२०५२-२०६२ र २०६२-६३ को ऐतिहासिक १९ दिने जनआन्दोलन निर्णायक चरणका रूपमा उभिएका छन् । यी दुवै सङ्घर्षहरूले नेपाली जनतालाई आफ्नो हैसियत, हक, अधिकार र सार्वभौमिकताको वास्तविक अर्थ बुझाइदिए । यसै चेतनाको जगमा आजसम्मका सबै आन्दोलन र… पुरा पढौ

प्लस टु उतिर्ण तमु बिद्यार्थीलाई करिअर कान्सिलिङसहित सम्मान

पोखरा, १४ भदौतमु धिं नेपालले पोखरामा शनिवार हालै प्लस टु उतिर्ण तमु बिद्यार्थीलाई करिअर कान्सिलिङसहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ।प्लस टु उतिर्ण ७४ जना तमु बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी डा.चन्द्रबहादुर गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले खादा र सम्मानपत्रले सम्मान गरेका थिए भने वरिष्ठ संचारकर्मी दिपेन्द्र श्रेष्ठले करिअर कान्सिलिङ गरेका थिए । कार्यक्रममा मिस एस इ इ पोखरा २०२५ बिजेता प्रीन्सु गुरुङलाई विशेष सम्मान गरिएको थियो।प्रमुख अतिथी डा. चन्द्रबहादुर गुरुङले बिद्यार्थीहरुलाई बधाई दिदै लाहुरेको एतिहासिक योगदान र तमु… पुरा पढौ

मेरो जोखिमपूर्ण १८ वर्षे हिमाल भित्रको पत्रकारिता !

हिमालको कल्पना गर्दा मनमा आउँछ-सेताम्मे हिउँले ढाकिएको धरातल, पहेँलो घाम, रेखा झैं बग्ने नदीहरू, बादलसँग लुकामारी खेल्ने चुचुराहरू, र जिउदो कथाझैं बाँचिरहेका मानिसहरू। तर, मेरो लागि हिमाल त्यत्तिमा मात्र सीमित थिएन। त्यो त जिन्दगीको सबैभन्दा ठुलो कक्षा थियो—जहाँ मैले पत्रकारिताको मूल्य, मान्यता, साहस, सहनशीलता र संवेदनाको कदर सिकें।आज १८ वर्ष बितेछन्, मैले पहिलो पटक हिमाली भूभाग छिरेको। आज म फर्केर हेर्दा, ती यात्रा केवल भौगोलिक गन्तव्यहरू थिएनन्, ती त आत्माको यात्राहरू थिए — जसले मलाई पत्रकारिता मात्र होइन, मानवता सिकायो।… पुरा पढौ