देश

मतपत्र छाप्ने कागज किन्न समस्या

आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ । मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कागजको आपूर्तिलाई लिएर आयोगमाथि दबाब रहेको बताए । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्तिका लागि भदौ १ गते बोलपत्र आह्वान गरेको थियो । तर, न्यूनतम मूल्यसँग मेल खानेगरी कुनै आपूर्तिकर्ताले प्रस्ताव पेस नगर्दा आयोगले उक्त बोलपत्र रद्द गरेको छ । आयोगले… पुरा पढौ

बाटुलेचौर तीज मेलामा भलिबल खेलाडी लम्साललाई सम्मान गरिने

पोखरा ११ भदौभलिबलका राष्ट्रिय खेलाडी लेखनाथ लम्साल पोखरामा सम्मानित हुने भएका छन्।पोखराको बाटुलेचौरमा रहेको हिमालय क्लबले आयोजना गर्ने ऐतिहासिक बाटुलेचौर तिज मेलाको अवसरमा लम्साल सहित विभिन्न सर्जक तथा सहयोगीलाई सम्मान गरिने क्लबका सचिव शिवराज देवकोटाले जानकारी दिए।यही भाद्र १४ गते मेलाको उद्घाटनका दिन लम्साल सहित लोक दोहोरी गायिका टिका सानु, अन्नपूर्ण आत्मनिर्भर वालआस्रमलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीले सम्मान गर्ने छन्।तिजको परम्परागत हम्काईलो भाका समेत प्रस्तुत गरिने मेलामा छेलो, रस्साकस्सी, म्युजिकल चियर प्रतियोगिता सहित समुहगत… पुरा पढौ

श्रृङ्गारिक धाराका जननी मोतीराम

मोतीराम भट्ट (१९२३ भदौ २५-१९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्ट थिए।  उनी नेपाली साहित्यको माद्यामिक कालका उज्ज्वल नक्षत्र हुन् । प्राथमिक कालका भानुभक्तलाई चर्चामा उनैले ल्याए,गुमनाम हुन सक्थे नत्र भानुभक्त वा ढिलो हुन सक्थ्यो। श्रीङ्गारिक धाराको शुरूवात सहित नेपाली साहित्यमा गजलको प्रवेश गराए। साहित्य लेखनका… पुरा पढौ

बागमती प्रदेश सरकारले वातावरण सम्मेलन आयोजना गर्ने

काठमाडौँ । वातावरण संरक्षणको मुद्दामा सरोकारवालाबीच साझा धारणाका साथ नीतिगत स्पष्टता ल्याउने उद्देश्यले बाग्मती प्रदेश सरकारले ‘प्रदेशस्तरीय वातावरण सम्मेलन’ गर्ने भएको छ । सम्मेलनको पूर्वतयारीका क्रममा बाग्मती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले आज आज सरोकारवालासँग छलफल गरेका छन । राजधानी काठमाडौँमा आयोजना गरिएको उक्त छलफलमा सरोकारवालाले सम्मेलनका नाममा सम्मेलन गर्नेभन्दा पनि वातावरण संरक्षणमा हस्तक्षेप गर्ने नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । सहभागीले वातावरण संरक्षणमा चुनौती देखिएको फोहरमैला व्यवस्थापन, जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विधिधता तथा वातावरण संरक्षणमा नवीन… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७७ अङ्कले घटेर तीन सय ९१ दशमलव ७४ मा सिमित भएको छ । कूल दुई सय १३… पुरा पढौ

महिलाको समान सहभागिताको माग

काठमाडौँ । राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताको माग गरिएको छ । राष्ट्रिय महिला आयोगले यहाँ आज आयोजना गरेको ‘बालिका तथा किशोरीमाथि हुने अवहेलना, दुव्र्यवहार र हिंसाको सवाल’ विषयक अन्तक्रियामा वक्ताले राज्यको नीति निर्माण र कार्यान्वयन गर्ने हरेक तहको नेतृत्वमा महिलाको समान सहभागिता हुनुपर्ने माग गरेका हुन् । सङ्घीय संसद्, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले कुनै एउटा क्षेत्रमा नभएर कार्यापालिका, न्यायपालिका, व्यवस्थापिका, राजनीतिक दललगायत सबै तह र तप्काको नेतृत्वदायी भूमिकामा महिलाको समान सहभागिता हुनुपर्नेमा जोड दिए । महिला… पुरा पढौ

सत्र खेलबाट दुई सय ७९ खेलाडी छनोट

मङ्गलबारे । राष्ट्रिय खेलकुदका लागि इलामबाट विभिन्न खेलका खेलाडी छनोट गरिएको छ । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार फुटबलसहित भलिबल, रग्बी, कराते, साइक्लिङ, ब्याडमिन्टनलगायत गरी १७ खेलबाट दुई सय ७९ खेलाडी छनोट गरिएको हो । बुद्धिचालतर्फ सबैभन्दा कम खेलाडीअर्थात् पुरुष दुई र महिला एक गरेर तीन खेलाडी छनोट गरिएको… पुरा पढौ

वीरगञ्ज नाकाको आर्थिक कारोबार घट्दै

वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा गत आर्थिक वर्ष २०७८÷७९ मा सङ्कुचन देखिएको छ । वीरगञ्जलाई प्रयोग गरी हुने मालबस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि यसको नाकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको हो । गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ वटा प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा चार हजार पाँच सय ८९ कम अर्थात् ११ हजार आठ सय ४८ वटा प्रज्ञापनपत्रमात्र… पुरा पढौ

लोकतान्त्रिक मूल्य, मान्यताका लागि योगदान गर्नेहरुको सम्मान हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालको कठिन अवस्थामा लोकतान्त्रिक मूल्यमान्यताका लागि योगदान गर्नेको भूमिकाको सम्मान गरिने बताए । प्रजातान्त्रिक विचार समाजले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि पत्रकारिताका माध्यमबाट होमनाथ दाहाल र राजनीतिक परिवर्तनका लागि जनजागरणका माध्यमबाट कमल चित्रकारले गरेको योगदान अविस्मरणीय रहेको बताए । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले लोकतान्त्रिक मूल्यमान्यताको संस्थागत विकासमा योगदान गर्ने विश्वास पनि उनले व्यक्त गरे । जनता लोकतन्त्र रक्षाका लागि जुट्ने प्रधानमन्त्री देउवाको… पुरा पढौ

नेपाली कृषिजन्य उत्पादन अमेरिकी बजारमा

काठमाडौँ । नेपालको ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको ‘पैचो पसल’ प्रालिद्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराइने भएको छ । नेपाली उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पु¥याउने उद्देश्यले अमेरिका निर्यात सुरु गरेको कम्पनीले त्यहाँका विभिन्न राज्यमा नेपाली उत्पादन उपलब्ध गराउने भएको हो । पैचो पसलले उत्पादन गरेका खाद्य सामग्रीलाई अमेरिकी बजारमा पु¥याउन न्यूयोर्कको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालिमार्फत सहकार्य गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘बसे पनि सहर, गाउँकै… पुरा पढौ