देश

क्वालिटी अफ लाईफ सराङकोटद्वारा स्वास्थ्य सामग्री प्रदान

क्वालिटी अफ लाईफ सराङ्गकोटले गुल्मिको एक गाउँपालिका स्थित स्वास्थ्यचौकीलाई २ वटा कन्सन्ट्रेसन मेसिन सहित आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।एक्काइस वर्षदेखी समुदायमा सञ्चालन हुँदै आएको उक्त सामाजिक संस्थाले गुल्मेली समाज पोखराको समन्वयमा गुल्मी जिल्लाको काली गण्डकी गाउँपालिकाको पूर्तिघाटमा रहेको स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।संस्थाले दुई वटा कन्सन्ट्रेसन मेसिन, पिपिई सेट, (डिस्पोजेवल एण्ड नन डिस्पोजेवल) भिटामिन डि, सी ट्याब्लेट, विभिन्न आवश्यक औषधिहरु, अक्सीमिटर, थर्मामिटर, जिङ्क ट्याबलेट, प्यारा सिटामोल,सेनिटाइजर, एन ९५ मास्क,… पुरा पढौ

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी क्षेत्रमा हुनेछ मेघगर्जन र चट्याङसहित भारी वर्षा

पाेखरा । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले जारी… पुरा पढौ

आजदेखि नियमित आन्तरिक उडान

काठमाडौँ। कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि शुरु भएको नियमित आन्तरिक उडानलाई सङ्क्रमणरहित बनाउन विमानस्थल तथा एयरलाइन्सले विशेष स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आजदेखि सबै गन्तव्यमा नियमित आन्तरिक उडान सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार आजका लागि ५९ उडान निर्धारण गरिएको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा र बदली कायमै रहे पनि निर्वाधरूपमा… पुरा पढौ

राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार शुरु हुँदै

काठमाडौँ। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी छिन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । उनले भने “स्वास्थ्य मापदण्डअनुसार भौतिक दूरी कायम गरी बस्न सकियोस् भनी सभाहलको मर्मत सुधार गर्नेलगायत सम्पूर्ण काम… पुरा पढौ

सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा

काठमाडाैं । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते उल्लेख छ । तीन वर्षअघि समायोजन गरिएको भाडा सूचीअनुसार चार किलोमिटरसम्मको दर रु. १४ उल्लेख छ । त्यसपछि भाडा बढेको छैन । गत वर्ष बन्दाबन्दीपछि कोरोना महामारीबाट बच्न सरकारले सिट क्षमताको आधामात्र यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरेको थियो । यस वर्ष… पुरा पढौ

प्रतिनिधिसभा विघटनका मुद्दामा आज पनि सरकारी पक्षकै बहस

काठमाडौँ। प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षकै तर्फबाट बहस हुनेछ । सोमबारदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व सरकारी पक्षको बहस प्रारम्भ गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले १५ मिनेट बसह गर्नेछन् । उनले एकपटक विश्वासको मत लिन सक्दिन भनेपछि पुन प्रधानमन्त्री दावी गर्न मिल्ने नमिल्ने र प्रधानमन्त्रीको दुरासय रहे नरहेको विषयमा व्याख्या गर्नेछन् । सरकारी पक्षबाटै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले ३० मिनेट… पुरा पढौ

कोरोना खोप पाउने आश्वासन पाएपछि ग्यास विक्रेताहरुले सेवा नियमित सञ्चालन गर्ने

एलपि। ग्याँस विक्रेता संघ कास्कीको माग वमोजिम कोरोना विरुद्धको खोप व्यवस्था गर्ने आश्वासन पाएपछि व्यवसायीले यथावत रुपमा सेवा सञ्चालन गर्ने भएको छन् । ग्याँस विक्रेता संघ कास्कीले आफ्ना व्यवसायीहरु घर–घर सम्म ग्याँस पु¥याउन जाँदा कोरोना संक्रमणको उच्च जोखिम हुने भन्दै कोरोना विरुद्ध खोप लगाउने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश सरकारको स्वास्थ्य मन्त्री समक्ष माग राखेका थिए । आफ्नो माग सम्वोधन नगरिएपछि असार १० गतेबाट ग्याँसको आपूर्ति व्यवस्था वन्द गर्ने निर्णय गरेका थिए । सोमवार प्रदेश स्वास्थ्य मन्त्री… पुरा पढौ

गण्डकी प्रदेशको मुख्य न्यायाधीवक्तामा बास्तोला नियुक्त

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारले बास्तोलालाई मुख्य न्यायाधीवक्तामा नियुक्त गरेको हो । मुख्य न्यायाधीवक्तामा नियुक्त बास्तोला उच्च अदालत बार एशोसियसन पोखराका पूर्व अध्यक्ष हुन् । पुरा पढौ

ए डिभिजन लिग असोज पहिलो सातादेखि

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ । एन्फाले आज १४ वटा क्लबका पदाधिकारीहरुसितको छलफलपछि लिगका लागि मिति तय गरेको हो । लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी दर्ता खुला गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ । गत वर्ष कोरोना भाइरसको महामारीका कारण ए डिभिजन लिग हुन सकेको थिएन । कोरोनाकै कारण एन्फाले आफ्नो क्यालेण्डर अनुसार खेल गतिविधि अगाडि बढाउन सकिरहेको थिएन । पुरा पढौ

शुक्रराज माविलाई नेलम्बो नेपालद्वारा स्वास्थ्य सामग्री प्रदान

पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीमा रहेको श्री शुक्रराज माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेलम्बो नेपालले भौतिक उपस्थितिमै शैक्षिक शत्र ७८÷७९ का लागि नयाँ कक्षा भर्ना अभियान सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले डिस्पोजिवल मास्क, फेस सिल्ड, केएन ९५ मास्क, सेनिटाईजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, थर्मल गन, हात धुने साबुन, स्प्रे बोतल र कोभिड १९ सम्बन्धी सचेताना ब्रोसरलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो । विद्यालयलाई २७ हजार १ सय ६० रुपैया… पुरा पढौ