देश

एसईईको मार्कसिटमै अलग–अलग मूल्याङ्कन गरिने

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्ष एसईई को नतिजा बुधबार सार्वजनि गर्ने तयारी गरेको छ । २०७८ सालको एसईईको नतिजामा यसपटकबाट मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने बोर्डले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ । नतिजा सार्वजनिक भएको एक/दुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात मार्कसिट पुग्नेछ । यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत… पुरा पढौ

‘एबीसी’ मा एसियाका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन !

आरोहणका दृष्टिले विश्वकै जेठो हिमाल अन्नपूर्णको काखमा रहेको अन्नपूर्ण आधारशिविर (एबीसी) मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने विषयले यतिखेर उक्त क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायी उत्साहित बनेका छन्। पर्यटन मन्त्रालयका तर्फबाट आइतबार सार्वजनिक नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना–२०७९ को बुँदा ६८ मा ‘एबीसी’मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न पहल गर्ने विषय उल्लेख छ। विश्वकै १० उत्कृष्ट पदमार्गमध्येमा पर्ने ‘एबीसी’मा वर्सेनि ठूलो संख्यामा पदयात्री पर्यटक पुग्ने गरेपनि विगत २ वर्षयता कोरोनाका… पुरा पढौ

पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। सोमबार रातिदेखि परेको वर्षाका कारण आज (मंगलबार) बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिरोका कारण उक्त खण्ड २ तर्फीरूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्। पहिरो हटाएर राजमार्ग २ तर्फी संचालन गराउने काम भइरहेको उनले बताए। पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने… पुरा पढौ

बिहीबारसम्म एसईईको नतिजा सार्वजनिकको तयारी

काठमाण्डौं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने भएको छ । यही वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा यही बिहीबारभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक अर्जुन कुमार रायमाझीले आजलाई छोडेर तीन दिनभित्र सार्वजनिक गर्ने तयारी भइरहेको बताए । परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी भएका थिए । पुरा पढौ

गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र डा कुमार चुँडालको संयुक्त इजलासले आइतबार उक्त गाई चुनाव चिह्न अन्य कुनै दललाई पनि प्रदान नगर्नु र निर्वाचन आयोगको निर्णय पनि कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश गरेको हो । “निर्वाचन चिह्नको विषयमा आयोगसमक्ष कसैले विवाद गरेको भन्ने पनि निर्णयबाट खुल्न आएको पाइएन”, आदेशमा भनिएको… पुरा पढौ

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाण्डौं । साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहान पानी परेका बेला कम भक्तजन जम्मा भएकामा पानी रोकिएसँगै पशुपति क्षेत्रमा सङ्ख्या बढ्न थालेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए । बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको थियो । पशुपतिनाथ मन्दिरमा गतहप्ताभन्दा भारतीय पर्यटक पनि बढेका छन् । केही भारतीय स्वामीहरुले आज पशुपतिनाथको दर्शन गरेका थिए । जुना अखडाका स्वामी यतीन्द्रानन्द, राष्ट्रिय स्वयंसेवक… पुरा पढौ

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

काठमाण्डौं । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । रु १२ खर्बभन्दा बढीको सामान आयात हुँदा रु एक खर्ब ५५… पुरा पढौ

पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

काठमाडौँ । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८÷७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ ।… पुरा पढौ

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ । साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहान पानी परेका बेला कम भक्तजन जम्मा भएकामा पानी रोकिएसँगै पशुपति क्षेत्रमा सङ्ख्या बढ्न थालेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए । बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको थियो । पशुपतिनाथ मन्दिरमा गतहप्ताभन्दा भारतीय पर्यटक पनि बढेका छन् । केही भारतीय स्वामीहरुले आज पशुपतिनाथको दर्शन गरेका थिए । जुना अखडाका स्वामी यतीन्द्रानन्द, राष्ट्रिय स्वयंसेवक… पुरा पढौ

स्वतन्त्र पत्रकारको राष्ट्रिय भेला सम्पन्न

स्वतन्त्र पत्रकार संघ नेपालको जिल्ला शाखाका अध्यक्ष तथा सचिवहरुको राष्ट्रिय भेला पोखरामा सम्पन्न भएको छ। भेलाले संगठन सुदृढ तथा विस्तार गर्ने लगायत पत्रकारहरुका हकहितका विषयमा विभिन्न निर्णय गरेको संघका महासचिव महेशविक्रम कुँवरले जानकारी दिएका छन्। भेलाको उद्घटान संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गरे। त्यस अवसरमा अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकारिता गर्ने मात्र पत्रकार हुने बताउँदै पत्रकारको कार्ड भिर्दैमा कोही पत्रकार बन्न नसक्ने बताए। ‘सत्य तथ्य समाचार प्रस्तुत गर्न पत्रकार स्वतन्त्र हुनैपर्छ,’ उनले भने, ‘पत्रकारिता जस्तो विशिष्ट तथा मार्यादित पेशा छाडेर राजनीतिक… पुरा पढौ