देश

विकृति, विसंगती न्यूनिकरणमा सामुदायिक सेवा केन्द्रको भूमिका प्रशंसनिय : मन्त्री थापा

साउन ३१, पोखरा ।गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले समाजमा भएका विकृति, विसंगती न्यूनिकरणमा सामुदायिक सेवा केन्द्रले खेलेको भूमिका प्रशंसनिय रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको २२ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताएका हुन् ।‘विकृति विसंगति रहित समाजको निर्माणमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाले खेलेको भूमिका महत्वपूर्ण छ । नागरिक र प्रहरी बीचको सम्बन्धद्वारा सुसंस्कृत एवम् समुन्नत समाजको परिकल्पना गर्न सकिन्छ ।’, उनले भने ।मन्त्री… पुरा पढौ

माओवादीको चुनाव चिह्नमा लड्ने भए यी दलले चुनाव

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । माओवादीको आजै बसेको स्थायी समितिको बैठकले डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको थियो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले समाजवादी पार्टीलाई आफूहरूको चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय भएको जानकारी दिए ।सोही निर्णयानुसार नै माओवादीका तर्फबाट केन्द्रीय कार्यालयका सदस्य शिव खकुरेल र समाजवादी पार्टीका केन्द्रीय कार्यालयकै मुख्यसचिव… पुरा पढौ

कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव महोत्तरी, राधा घले काठमाडौँ, धना खतिवडा ललितपुर, उर्मिला थपलिया धादिङ, रुक्मीणी कोइराला मोरङ, कल्याणी रिजाल काठमाडौँ, गोमा भट्टराई झापा, गङ्गा शाही रुपन्देही, लक्ष्मी खतिवडा सुनसरी र सीता देवकोटा नवलपुरलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन । सभापति देउवाले उनीहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।रासस पुरा पढौ

प्रत्यायन विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘प्रत्यायन विधेयक २०७८’ पारित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पारित गरियोस् भनी सदनमा प्रस्तुत गरेका उक्त विधेयक सदनको बहुमतले पारित गरेको हो । विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले विधेयकको उद्देश्य नै प्रत्यायनको माध्यमबाट समरुपता प्रमाणित गर्ने र अन्तर्राष्ट्रिय मान्यता प्रदान गराउने तथा अन्तर्राष्ट्रिय व्यापारमा वस्तु र सेवाको पहँुच गराउनु रहेको बर्ताए । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गरी आर्थिक विकासमा योगदान पु¥याउने उनले विश्वास व्यक्त… पुरा पढौ

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै २५ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४।८३ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब शून्य छमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ७५ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलब ३९ मा सीमित भएको छ । कूल दुई सय २१ कम्पनीको ६४ लाख छ हजार सात सय ३८ कित्ता शेयर रु दुई अर्ब ७३ करोड ४८ लाख… पुरा पढौ

स्ट्यान्डर्ड नाप र तौल विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल पाँचौँ संशोधन विधेयक’ २०७८ बहुमतले पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नापतौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको उक्त विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विद्येयकमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्री बडूले जवाफ दिएका थिए । सांसद प्रेम सुवाल र घनश्याम खतिवडाले उक्त विधेयकमाथि प्रस्तुत गरेका संशोधन प्रस्ताव भने सदनमा बहुमतले अस्वीकृत गरेको थियो ।रासस पुरा पढौ

निर्वाचन लोकतन्त्रको जीवन पद्धतिः प्रमुख आयुक्त थपलिया

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको जीवन पद्धति भएकाले आम मतदातालाई त्यस विषयमा सुसूचित गराउन र निर्णय गर्न सक्ने बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय समाचार समिति राससले आज केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘निर्वाचन रिपोर्टिङ अभिमुखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वच्छ, निष्पक्ष, भयमुक्त, विश्वसनीय र पारदर्शी निर्वाचनका लागि सहयोग पुग्ने गरी विगतमा झैँ राससले योगदान दिने विश्वास व्यक्त गरे । स्थानीय तहको… पुरा पढौ

शिक्षामा लगानी अनुरुप प्रतिफल प्राप्त नभएको गुनासो छ : राष्ट्रपति

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक शिक्षको क्षेत्रमा लगानी अनुरुप अपेक्षित प्रतिफल प्राप्त नभएको जनगुनासो रहेको बताएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर–१६ विन्ध्यबासिनी माध्यमिक विद्यालयको नव निर्मित भवनको समुद्घाटन तथा हीरक जयन्ती समापन समारोह कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले भनिन्,‘सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यद्वारा गरिएको लगानी अनुरुप अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको जनगुनासो भएपनि विन्ध्यबासिनी माविलगायतका केहि विद्यालयले भने गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा खुशी व्यक्त गर्दछु ।’ राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावक, स्थानिय सरकार, विद्यालय व्यवस्थापन समिति,… पुरा पढौ

वि.व्य.समिति, अभिभावक र प्रधानाध्यापक चनाखो भएर क्रियाशिल हुनसके मात्र शिक्षामा गुणस्तर कायम गर्न सकिन्छ : राष्ट्रपति

पोखरा, साउन ३१ राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक शिक्षको क्षेत्रमा लगानी अनुरुप अपेक्षित प्रतिफल प्राप्त नभएको जनगुनासो रहेको बताएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर–१६ विन्ध्यबासिनी माध्यमिक विद्यालयको नव निर्मित भवनको समुद्घाटन तथा हीरक जयन्ती समापन समारोह कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले भनिन्,‘सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यद्वारा गरिएको लगानी अनुरुप अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको जनगुनासो भएपनि विन्ध्यबासिनी माविलगायतका केहि विद्यालयले भने गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा खुशी व्यक्त गर्दछु ।’ राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावक, स्थानिय सरकार, विद्यालय व्यवस्थापन… पुरा पढौ

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित : प्रतिनिधिसभा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बुहमतले पारित गरेको छ । अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थसमितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यस भन्दा पहिले बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनः विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएकोसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको जानकारी गराएका थिए । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको… पुरा पढौ