पोखरा, २९ साउनबागलुङ–पोखरा मगर समाजको आठौं अधिवेशन तथा १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि गजेन्द्र थापामगर सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट समाजको उपाध्यक्षमा सु.मे. चन्द्रबहादुर थापामगर, सचिवमा रूद्रबहादुर श्रीसमगर, सह–सचिवमा गौरीदेवी थापामगर, कोषाध्यक्षमा कृष्णा पुनमगर र सह–कोषाध्यक्षमा नरमाया पुनमगर सर्वसम्मत निर्वाचित भएका हुन् ।त्यसैगरी, सदस्यहरूमा चन्द्रकली थापामगर, सु.मे. रामबहादुर थापामगर, सु.मे. सूर्यबहादुर रानामगर, पदमबहादुर श्रीसमगर (थमन), सुनिता रानामगर, राकेश थापामगर, होमबहादुर थापामगर, गिरबहादुर रानामगर, दलबहादुर थापामगर, हिरा पुनमगर र कृष्णा रानामगर रहनुभएको छ ।…
पुरा पढौ