देश

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थलको चाँडै टुङ्गो लाग्ने

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् । खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षण काम अहिले भइरहेको हो । राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपबाट गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले प्रदेशका जिल्लामा खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेको छ । प्रतियोगिताका अधिकांश खेल पोखरा र… पुरा पढौ

बन्दीलाई कारागारभित्रै अस्पतालको व्यवस्थापन गरिने

काठमाडौँ । कारागारभित्र बन्दीका लागि उपचारका लागि छुट्टै अस्पताल वा स्वास्थ्यचौकीको व्यवस्थापन गरिने भएको छ । कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कारागारमा बन्दीजीवन विताइरहेकालाई उपचार गर्न भित्रै छुट्टै अस्पताल वा स्वास्थ्य चौकी स्थापना गर्न भनिएको छ । विधयेकमा पाँच सय बढी बन्दी रहने प्रत्येक कारागारामा तोकिए बमोजिम शय्या रहेको एउटा अस्पताल र सोभन्दा कम बन्दी रहने कारागारमा एउटा स्वास्थ्यचौकीको व्यवस्था गर्नुपर्ने उल्लेख छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि संशोधन गर्दै कारागारभित्रका सबै बन्दीलाई चिकित्सकद्वारा… पुरा पढौ

नेप्से परिसूचक झिनो अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब ७० मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलब ६७ मा पुगेको छ । कुल दुई सय २० कम्पनीको ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता शेयर रु एक अर्ब ४०… पुरा पढौ

पोखरा–६ बैदाममा गिरीराज अधिकारीको अध्यक्षतामा जेष्ठ नागरिक मञ्च गठन

पोखरा, भाद्र १ । पोखरा महानगर पालिका वडा नं–६ बैदाममा गिरीराज अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ जेष्ठ नागारिक मञ्च गठन गरिएको छ । पोखरा महानगर पालिका वडा समितिको कार्यालय– ६ को आयोजनामा बुधबार वडा नं– ६ बैदाममा रहेका जेष्ठ नागरिकहरुको भेला गरि पहिलो पटक जेष्ठ नागरिक मञ्च गठन गरिएको हो ।मञ्चको उपाध्यक्षतामा तारा देवी पहारी, सचिब गुरुदत्त पहारी र कोषाअध्यक्षमा गौमाया थापा मगर चयन भएकी छन । तेसै गरि सदस्यहरुमा टेक बहादुर भण्डारी, कृष्णा बहादुर परियार, हरिशचन्द्र पहारी, चुडामणी अधिकारी,… पुरा पढौ

पोखरामा तायाःमचा नृत्य प्रतियोगिता शनिबार हुने

पोखरा, भदौ १ पोखरामा यस पटक पनि तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । नेवाः खल कास्कीको आह्वान तथा मोहरिया–सिंहनाथ टोल तायाःमचा समिति पोखराको आयोजनामा यहि भदौ ४ गते शनिबार ‘हाम्रो प्रण ः संस्कृति संरक्षण र सम्वद्र्धन’ भन्ने नाराका साथ यस वर्षको तायाःमचा नृत्य प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पोखराको प्रसिद्ध विन्ध्यबासिनी मन्दिर प्राङ्गणमा रहेको विन्ध्यबासिनी पार्कमा शुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । लोपोन्मुख तायाःमचा नाचको संरक्षण गर्दै नेवारी परम्परा र संस्कृति बचाउने उद्देश्यले तायाःमचा… पुरा पढौ

पाँच वर्षमा ४८ कानुन निर्माण

वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेशसभाले जनाएको छ । हालसम्म प्रदेशसभामा ७८ विधेयक दर्ता भएका छन् भने ६ वटा अध्यादेश सभाबाट स्वीकृत भएका छन् । त्यसैगरी, आठ विधेयकहरु विषयगत समितिमा छलफलका क्रममा छन् । प्रदेशसभाको सुरुआतमा कानुन निर्माणलाई प्राथमिकता दिइएको भएपनि पछिल्लो समय राजनीतिक खिचातानीको मारमा परेको छ । सुरुका तीन वर्षमा ३८ कानुन बनाएको प्रदेशसभाले त्यसयताको डेढ वर्षमा १० वटा कानुन बनाएको… पुरा पढौ

नेपालमा पनि बढ्दैछ खाद्य असुरक्षा

काठमाडौँ । तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणका कारण देशको ७।८ प्रतिशत जनसङ्ख्या गम्भीर खाद्य असुरक्षाको चपेटामा परेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले मुलुकमा औसत नेपालीलाई निर्धारण गरिएको दैनिक न्यूनतम आवश्यकताका लागि खाद्यान्न पर्याप्त नै भए पनि खाद्य असुरक्षा भने कायमै रहेको बताउछन । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको प्रबन्धरथि विभागले संयुक्तरुपमा आयोजना गरेको ‘नेपालमा खाद्य सुरक्षा’को अबस्था विषयक गोष्ठीमा उनले यो तथ्य प्रस्तुत गरेका हुन । उनका अनुसार… पुरा पढौ

आठ स्रष्टालाई प्रज्ञा पुरस्कार

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका आठ स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको गत साउन ३० गते सम्पन्न प्राज्ञ सभाको ३७औँ बैठकले २०७९ सालका लागि रुपन्देहीका रामचन्द्र भट्टराईलाई ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’, पहाडी–हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि दोलखाका खेन्पो डवाङ वोसेर लामा शेर्पालाई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ तथा मधेश–तराईमा बोलिने मातृभाषाको साहित्यका लागि कञ्चनपुरकी शर्मिलाकुमारी चौधरीलाई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ दिने निर्णय गरेको… पुरा पढौ

सुनको मूल्य रु ९६ हजार दुई सय

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु पाँच सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०… पुरा पढौ

अवरोधकै बीच फोहर व्यवस्थापन

काठमाडौँ । स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौँ महानगरपािलकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहर व्यवस्थापन गरेको छ । कहिले बाटो मर्मतको काम त कहिले सिसडोल र बञ्चरेडाँडाको स्थानीयले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर दुई महिनादेखि अन्तिम व्यवस्थापन हुन सकेको छैन । लामो समयसम्म फोहर व्यवस्थापन हुन नसक्दा अहिले उपत्यकाका सडक फोहरले दुगन्धित बनेका छन् भने नागरिकको दैनिकीमा समस्या आएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयहरुले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा,… पुरा पढौ