देश

वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा पु¥याएको योगदान अतुलनीय छ : प्रधानमन्त्री देउवा

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताएका छन् । वीर अस्पतालको १३३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आम सर्वसाधारणलाई गुणस्तरीय आधुनिक स्वास्थ्योपचार सेवा प्रदान गरी यस अस्पतालले आम जनताको विश्वास जित्न सकेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले चिकित्सा उपचारको क्षेत्रमा आम सर्वसाधारणको भरोसाको केन्द्रविन्दुको रूपमा रहेको यस अस्पतालको स्तरोन्नतिका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “दक्ष, अनुभवी र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य… पुरा पढौ

बिरामी महिलाको निशुल्क हवाई उद्धार

पेटमै बच्चा मरेपछि सुत्केरी हुन नसकेपछि महिलाको निःशुल्क हवाई उद्धार गरिएको छ । मंगलसेन नगरपालिका–११ जुपु निवासी ३० वर्षीया सीता रावलको जिल्लामा उपचार हुन नसकेपछि निःशुल्क हवाइ उद्धार गरेर सुर्खेत लगिएको हो । आठ महिनाकी गर्भवती सीताको पेटमै बच्चा मरेको चार दिनपछि उनको उद्धार गरिएको हो । ‘एक हप्तादेखि बच्चा नचलेको रहेछ, मरेको बच्चा निकाल्न प्रयास भयो, नसकिएपछि रेफर गरिएको हो’, अछाम अस्पतालका डा. अतुल भारद्वाजले जानकारी दिएका छन् । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट सीतालाई उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल… पुरा पढौ

गण्डकी प्रदेशमा आज भारी वर्षाको संभावना

गण्डकी प्रदेशका केही स्थानहरुमा आज दिउँसो भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको १÷२ स्थानमा भारी वर्षाको संभावना रहेको छ। हाल, गण्डकी प्रदेश अन्तर्गत गोरखाको बारपाक र लमजुङको कुन्छामा सबैभन्दा बढी वर्षा भएको छ। गोरखाको बारपाकमा एक घण्टाअघि मापन गरिए अनुसार त्यहाँ १८ दशमलव ६ मिलि लिटर पानी परेको जनाइएको छ। त्यस्तै, लमजुङको कुन्छामा एक घण्टाअघिको मापनमा १४ दशमलव ४ मिलिलिटर पानी परेको जनाइएको… पुरा पढौ

प्रसिद्ध ‘मोटिभेस्नल’ वक्ता जैन काठमाण्डौंमा

काठमाण्डौं । भारतीय प्रशिद्ध ‘मोटिभेस्नल’ वक्ता हर्षवर्धन जैन नेपाल आइपुगेका छन् । रियल इभेन्ट म्यानेजमेन्टको आयोजना, कलेजएक्स र जिनियस विजलाईफको सहआयोजनामा यही शुक्रबार कमलादीस्थित नेपाल पज्ञा प्रतिस्ठानमा हुन लागेको ‘द हर्ष वेभ शो’ मा प्रशिक्षण दिनका लागि उनी बुधबार नेपाल आएका हुन् । शुक्रबार हुने उक्त प्रशिक्षणलाई नेपालकै सबैभन्दा ठुलो प्रगती केन्द्रित प्रशिक्षण कार्यक्रम भएको आयोजकले दावी गरेको छ । बिहान १० बजेबाट शुरु हुने उक्त कार्यक्रम उद्योगी, व्यवसायी, विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक बलिराम यादवले जानकारी दिए… पुरा पढौ

एसईईको परीक्षाफल सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्ष एसईई को नतिजा सार्वजनिक गरेको छ । बोर्डको बुधबार बसेको बैठकले कक्षा १० को माध्यमिक परीक्षा एसईई को सार्वजनिक गरेको हो । गत बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थी सामेल भएका थिए । बोर्डले कोरोनाका कारण दुई वर्ष आन्तरिक… पुरा पढौ

उपत्यकाको फोहर बिहीबारदेखि पुनःव्यवस्थापन हुने

काठमाण्डौं । एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलि बिहीबारदेखि पुनःव्यवस्थापन हुने भएको छ । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न सकेको थिएन । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो । बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको छ । कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक… पुरा पढौ

साफ यु–२० च्याम्पियनसिप : नेपाल–श्रीलंकाको खेल आज

साफ यु–२० च्याम्पियनसीपको दोस्रो खेलमा नेपालले आज (बुधबार) श्रीलंकासँग खेल्दैछ। भारतको भुवनेश्वरमा सोमबारदेखि सुरु भएको च्याम्पियनसीपको पहिलो खेलमा माल्दिभ्समाथि ४–० गोलको जित निकालेको नेपाली युवा टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ। आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी च्याम्पियनसीपमा नेपालले तेस्रो खेल आइतबार भारतसँग र चौथो खेल आउने मंगलबार बंगलादेशसँग खेल्नेछ। राउन्ड रोबिन लिगमा आधारमा खेलाइएको च्याम्पियनसीपको शीर्ष २ टोलीबीच साउन २० गते उपाधि भिडन्त हुनेछ। साफ यु–२० च्याम्पियनसीप पहिलो पटक आयोजना भएको हो। साफले यस च्याम्पियनसीपलाई एएफसी… पुरा पढौ

एसईईको परीक्षाफल आज

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल आज (बुधबार) २ बजे प्रकाशित हुँदैछ। नयाँ कार्यविधिमा भएको केही प्रावधान हटाएर गत वर्षकै आधारमा ग्रेडिङ विधि लागु गरी परीक्षाफल प्रकाशित गर्ने भएको हो। लेटर ग्रेडिङ पद्धति कार्यविधि–२०७८ लागु गर्दा धेरै विद्यार्थीले लब्धांकपत्र नपाउने र ननग्रेडेड आउने देखेपछि। राष्ट्रिय परीक्षा बोर्डको बैठकले गत सालकै कार्यविधिअनुसार परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो। हिँजो (मंगलबार) दिउँसो परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डको बैठक डाकिएको थियो। तर, बैठक अघिल्लो परीक्षाको कार्यविधि र एक्सफेल विद्यार्थीको संख्याको निर्णय गरेर सकेको… पुरा पढौ

६३८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय नाघ्यो

काठमाण्डौं । मंगलबार एकैदिन ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा ५ हजार ५५ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय र २ हजार ८४० जनाको एन्टिजेन परीक्ष गर्दा २३८ जनामा संक्रमढा पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही अवधीमा थप २ जनाको मृत्यु भएको छ । यस्तै सोही अवधीमा २१८ संक्रमणमुक्त भएका छन् । देशभर अव ३… पुरा पढौ

एसईईको मार्कसिटमै अलग–अलग मूल्याङ्कन गरिने

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्ष एसईई को नतिजा बुधबार सार्वजनि गर्ने तयारी गरेको छ । २०७८ सालको एसईईको नतिजामा यसपटकबाट मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने बोर्डले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ । नतिजा सार्वजनिक भएको एक/दुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात मार्कसिट पुग्नेछ । यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत… पुरा पढौ