देश

नागरिकता विधेयकमा सहमति जुटाउन राजनीतिक दलहरूसँग परामर्श

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाणको पहलमा सङ्घीय संसद्मा विचाराधिन नेपाल नागरिकता ऐन २०६३ संशोधनका विषयमा सरोकार पक्षबीच छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), सांसद पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे लगायतको सहभागिता थियो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले दलहरूबीच सहमति जुटाएर प्रतिनिधिसभाको जारी अधिवेशनमा नागरिकता विधेयक प्रस्तुत गर्ने विषयमा छलफल भएको जानकारी दिए । उक्त विधेयकमा नागरिकतालगायत विषयमा सहमति जुट्न… पुरा पढौ

नेकपा एकीकृत समाजवादीद्वारा मन्त्रीहरू परिवर्तन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ । पार्टीको सचिवालय बैठकले आइतबार सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादी सचिवालय स्रोतका अनुसार सहरी विकास मन्त्रीमा मेटमणी चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ र श्रम तथा रोजगार मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम सिफारिस भएको छ । पुरा पढौ

नेपालमा मनसुन प्रवेश गर्दै

काठमाण्डौं । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ । उनले भनिन् , “अहिले प्रि मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ ।”प्रदेश १, मधेस र बागमती प्रदेशका… पुरा पढौ

सुनको मूल्य घट्यो, प्रतितोला ९७ हजार ९ सयमा कारोबार

काठमाण्डौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु ६०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले… पुरा पढौ

नेपाल मगर महिला संघको महाधिवेशन पोखरामा आज

नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि पोखरामा हुँदै छ। सामाजिक न्याय र मगर महिला मुक्तिका लागि २०५५ सालमा स्थापित संघको ७ औं महाधिवेशन पोखरा सभागृह हलमा हुनेछ। मगर संघको जिल्ला कार्यालय पृथ्वीचोक रंगशाला अघिदेखि सांस्कृतिक ¥यालीसहित सभागृहमा आएर महाधिवेशनमा परिणत हुनेछ। ‘नेपाल मगर महिला संघ असोजमा २३ वर्षको पुग्दैछ। यसै परिवेशमा नेपाल मगर महिला संघले आफ्नो सांगठनिक इतिहासमा ७ औँ राष्ट्रिय महाधिवेशन गर्न लागेको हो’ अधिवेशन तयारीबारे शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष बिनिता… पुरा पढौ

माओवादी पूर्वस्थायी समितिको बैठक खुमलटारमा

नेकपा (माओवादी केन्द्र)को पूर्वस्थायी समिति सदस्यहरूको बैठक आज (आइतबार) बस्दैछ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन्। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुने भएको छ। पूर्वस्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो। तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको पूर्वस्थायी समिति सदस्य गणेश साहले बताए। स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो।… पुरा पढौ

“निजगढ विमानस्थल बन्छ ,यो मेरो प्रतिबद्धता भयो” : अर्थमन्त्री शर्मा

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार स्पष्ट रहेको बताएका छन् । सर्वोच्च अदालतले सो विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया रोक्न आदेश दिइसकेको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारणसभालाई आज सम्बोधन गर्दै मन्त्री शर्माले सो धारणा सार्वजनिक गरेका हुन् । “निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो मेरो (जनार्दन शर्मा)को प्रतिबद्धता भयो”, उनले भने, “यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।” उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिकरूपमा मात्र नभएर मधेस र मुलुकै सर्वाङ्गीण… पुरा पढौ

हजयात्रीको शुल्क घटाउन माग गर्दै गहृमन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाणलाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा गएको टोलीले आज मन्त्री खाणलाई भेटी हज गर्न जाने हजयात्रीका लागि तोकिएको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको सङ्गठनका सचिव हलिम साहले जानकारी दिए । सरकारले साउदी अरबको मक्का मदिनामा हज गर्ने जाने हजयात्रीका लागि विगतभन्दा दोब्बर शुल्क तोकेको छ । यही जेठ १५ गते नेपाल हज कमिटीले सूचना जारी गर्दै मक्कामदिना… पुरा पढौ

शसक्त नमुना महिला समुह ११ औ वर्षमा, चार जना सम्मानित

पोखरा, २१ जेठ पोखरा ७ मासबारमा रहेको शसक्त नमुना महिला समुह ११ औ वर्षमा प्रबेश गरेको छ । बार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्याक्रम शुभकामना दिदै नेपाल सरकार स्वाथ्य परियोजनाका योजना विज्ञ छबि गौडेलले समुहले उत्कृष्ट काम गर्दै आएको बताए । उनले महिलाहरु एक जुटभएर काम अगाडी बढाएमा जस्तो सुकै कामलाई सहज रुपमा सम्पन्न गर्न सकिने बताए । उनले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । शसक्त नमुना महिला समुहले नवनिर्वाचित पोखरा ७ का वडा सदस्यहरु सम्मान गरेको थियो । गौडेलले… पुरा पढौ

विद्यार्थी र नवविवाहित जोडीलाई पोखराको अन्नपूर्ण केबलकारमा विशेष छुट दिइने

पोखरा । पोखराको अन्नपूर्ण केबलकारले विद्यार्थी र नवविवाहित जोडीलाई टिकटमा विशेष छुट दिने भएको छ । पोखराको पर्यटकीय स्थल सेदीबाट फेवातालको दृश्यहरु हेर्दै सराङ्गकोटसम्मको यात्रा गराउने केबलकारको टिकटमा विद्यार्थी र नवविवाहित जोडीलाई विशेष छुट दिने कम्पनीले जनाएको छ । केबलकारका अनुसार प्लस टुको परीक्षामा सहभागी भएका विद्यार्थी र नवविवाहित जोडीका लागि टिकटमा विशेष छुटको व्यवस्था गरिएको छ । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ उर्जा प्रदान गर्दै उहाँहरुको केही समय भए पनि रमाइलो… पुरा पढौ