देश

२६० जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर आज २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार आज तीन हजार ८४४ जनामा परीक्षण गरिएको थियो । आज थपिएकासहित सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १७१ पुगेको छ ।सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ८५८ पुगेको छ । मन्त्रालयका अनुसार यो दर ९८।७ प्रतिशत हो । काठमाडौँ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको पाइएको छ । शून्य सङ्क्रमित भएका… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४।७१ अङ्कले उकालो लागेर दुई हजार १।५३ अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।७८ अङ्कले उकालो लागेर ३८३।१४ मा पुगेको छ ।कूल २२० कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता शेयर रु दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ मूल्यमा कारोबार भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २८… पुरा पढौ

सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन, २०७९’ आजको बैठकमा पेश गरे ।उनले प्रतिवेदन पेश गर्नुअघि नेकपा एमालेका सांसद राजेन्द्र गौतमले सार्वजनिक लेखा समितिको नेतृत्वको प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने जिकिर गरे । उनले संसदीय मूल्य र मान्यताअनुसार पनि सो समितिको सभापति आफूहरूले पाउनुपर्ने दाबी गरे । त्यस्तै बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठित संसदीय विशेष समितिमा रहेको सदस्यको नाम… पुरा पढौ

राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का

हेटौँडा । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बंैक खाता रोक्का गरी कारबाही गरिएको जनाएको छ ।लिखित तथा मौखिकरुपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकरी दिए । यसरी बंैक खाता रोक्का गरिएकामध्ये आयकर वक्यौतातर्फ सातवटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धिकर वक्यौता तर्फका छ वटा व्यावसायिक फर्म रहेको उनले बताए। कारबाहीमा… पुरा पढौ

विज्ञान र प्रविधिलाई देशको समृद्धिसँग जोडिनुपर्नेमा विज्ञहरूको जोड

काठमाडौँ । विज्ञान र प्रविधिको उच्चतम् अवलम्बन गरेर मुलुकको आर्थिक समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा राजनीतिज्ञ एवं विज्ञ सरोकारवालाले जोड दिएका छन ।कल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमका वक्ताले राज्य र राजनीतिक नेतृत्वले विज्ञान र प्रविधिलाई चेतनाको रूपमा लिएर काम गर्न सकेमात्रै समृद्धिको यात्रा सार्थक हुने विश्वास व्यक्त गरे । साथै उनीहरुले विज्ञानको प्रयोग मानवजीवनको अपरिहार्य वस्तु भएको र यस क्षेत्रको विकास प्रवद्र्धनमा राज्यको लगानी बढाइनुपर्नेमा जोड दिए । पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले… पुरा पढौ

४० लाख पुगे करदाता

करको दायरामा आउने करदाताको सङ्ख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७÷७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका हुन् ।प्रतिवेदनअनुसार आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीनवटै समूहका करदाताको सङ्ख्यामा वृद्धि भएको हो । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर १५ लाख ७७ हजार ३८३, व्यक्तिगत स्थायी लेखा नम्बर २४ लाख ७१ हजार ७२६ र अग्रिम कर स्थायी लेखा नम्बर नौ हजार ९९८ जनाले लिएका छन् । आव २०७६÷७७ को तुलनामा… पुरा पढौ

स्थानीय तहमा कृषि शाखा अझै ओझेलमा

बलेवा । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएका स्थानीय तहले सशर्त बाहेकका योजनामा कृषि शाखालाई ओझेलमै राखेका छन् । पालिका तहमा कृषिको विकास नहुँनुमा दक्षप्राविधिक अभाव भएको र स्थानीय तहले प्राथमिकतामा कृषि शाखालाई नराखेको गुनासो आउन थालेको छ । लामो समयसम्म गाउँपालिका तथा नगरपालिकामा कृषि प्राविधिक नखटाउने र जनप्रतिनिधिले पनि कृषिको विकासलाई विकास नमान्ने प्रवृत्ति रहेको सरोकार वालालले बताए । कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा जिल्लाका सबै पालिकाको कृषि शाखाको समन्वयात्मक बैठकमा सहभागी हुन आएका कृषि प्राविधिकले… पुरा पढौ

उपसभामुखमा एमालेको उम्मेदवार भट्टराई

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।उनले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । उनको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल छन ।यसअघि सत्तारुढ दलकातर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका थिए । भुसालको प्रस्तावक नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ छन भने नेकपा एकीकृत समाजवादीका लक्ष्मीकुमारी चौधरी समर्थकछन ।रासस पुरा पढौ

बागमती प्रदेशमा छ आयोजना सम्पन्न

हेटौँडा । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले बहुवर्षीय योजना अन्तर्गत ठेक्का खुलाएर निर्माण सम्पन्न गरेको ६ आयोजनाको निर्माण सम्पन्न भएको जनाएको छ । रु ६५ करोड ४७ लाख ६७ हजार २३५ को लागतमा प्रदेशको १ वटा पक्की पुल, ४ वटा झोलुङ्गे पुल र १५।५ किलोमिटर सडकखण्डको निर्माण सम्पन्न भएको हो ।हेटौँडाको राप्ती नदीमा हेटौँडा ११ र १२ नम्बर वडा जोड्ने पुल समयभन्दा तीन महिना अगाडि नै निर्मण सम्पन्न भएर सञ्चालनमा आएको छ । उक्त पुल २७ करोड ४६ लाख… पुरा पढौ

राष्ट्रिय गौरवका आयोजना ः लागत र समय दुबै वृद्धि

काठमाडौँ । राष्ट्रिय गौरवका परियोजना अन्तर्गत सञ्चालित आयोजनाको लागत र खर्च दुबैमा वृद्धि भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गौरवका आयोजनाको खर्च न्यून र समय बढ्न गएको पाइएको हो ।सरकारले गत आर्थिक वर्ष २०६८÷६९ मा समृद्ध सडक पूर्वाधार विकासको आधारशीला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, जलविद्युत्,विमानस्थल निर्माण, खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदाको संरक्षण लगायतका क्षेत्रमा महत्वपूर्ण देखिएका १७ आयोजनालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्न राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको… पुरा पढौ