देश

पोखराका मेयर जिसीको कार्यकाल : थोरै काम, धेरै बदनाम !

पोखरा, फागुन २८ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उम्मेद्वार बन्दै गर्दा घोषणा गरेका थिए,‘पोखराका सडकबाट तीन महिनामा पार्किङ हटाउँछु ।’ सडकमा रहेको पार्किङ हटाएर ब्यबस्थित पार्किङ बनाउने उनको प्रतिबद्धता थियो । वैकल्पिक पार्किङ बनाएर व्यवस्थित बनाउने मात्र होईन, बहुतले पार्किङ बनाएर सडकबाट पार्किङ हटाउने र यसलाई व्यवसायीकरण गर्ने भन्ने उनको घोषणा थियो । अव्यवस्थित र भद्रगोल पार्किङबाट आजित भएका पोखरेली जनताले जिसीको कुरा पत्याए । नभन्दै उनलाई भारी मत दिएर जिताएपनि । तर जिसी मेयर बनेको ५ वर्ष पुग्न २… पुरा पढौ

मुक्तक मञ्चको अध्यक्षमा रामजी दोहोरिए

मुक्तक मञ्चको केन्द्रीय अध्यक्षमा रामजीप्रसाद आचार्य दोहोरिएका छन् । पहिलो कार्यकाल सफल रुपमा विताएका उनी दोश्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षका लागि चयन भएका हुन् । मुक्तक मञ्चको आठौं अधिवेशन तथा १४ औं साधारणसभाबाट मञ्चको बरिष्ठ उपाध्यक्षमा श्रीराम अधिकारी (गोर्जे), उपाध्यक्षमा रमा खतिवडा, सचिवमा नवीन भण्डारी, कोषाध्यक्षमा शरणसिंह विश्वकर्मा र सह–सचिवमा भरत पोखरेल र श्रद्धा आचार्य चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा राजेन्द्र विक, मनिषा पौडेल, गौरव ढुंगाना, राजकुमार आचार्य, अम्विका ओझा, बिना बराल, अमृता पोखरेल र सौगात तिमिल्सिना चयन भएका… पुरा पढौ

ताल वाराही मन्दिरसहित पोखराका अन्य शक्तिपीठहरुको ‘इतिवृती’ पुस्तक लोकार्पण

पोखरा, फागुन ३०पोखरा महानगर पालिका वडा न ६ मा अवस्थित श्रीताल बाराही भगवती मन्दिरको पुस्तक “श्रीतालबाराही मन्दिर इतिवृती” लोकार्पण आइतबार गरिएको छ । ताल बाराही भगवती मन्दिर र पोखराका अन्य शक्तिपिठहरुको बारेमा जानकारी मु्लक पुस्तक ‘इतिबृती’को गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले लोकार्पण गरेका हुन । सासंद पहारीले सो पुस्तकको लोकार्पण गर्दै मन्दिर देवस्थल रास्ट्रका अमूल्य सम्पति भएको भन्दै उनीहरुको रेखदेख र मर्मत सभ्भारमा रास्ट्रले उचित ब्यवस्था गर्नु पर्ने बताए । पहारीले तालको बिचमा मन्दिर विश्वको कुनै पनि ठाउँमा विरलै… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार ८००

काठमाडौँ ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला रु. २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार ३०० तोकिएकामा गत शुक्रबार प्रतितोला रु. एक लाख दुई हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले… पुरा पढौ

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा राखिएको हो : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । भन्सार विभाग, त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए । “देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही वस्तुको आयातमा मार्जिन राखेका छौं”, उनले भने, “यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैँका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था… पुरा पढौ

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत नै दोहोरिए

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत दोहोरिएका छन् । पोखरामा जारी नवौं महाधिवेशनबाट बस्नेतलाई अध्यक्षमा पुनः निर्विरोध निरन्तरता दिइएको हो। यसअघि २०७३ सालमा पनि बस्नेत नै सर्वसम्मत अध्यक्ष थिए। अध्यक्ष मण्डलले अध्यक्षमा बस्नेतसहित सबै पदाधिकारी, सदस्यहरु, आयोग पदाधिकारीको नाम टुंगो लगाएको हो। निर्वाचन समितिले आइतबार विहान ८ बजेपछि मात्रै नामहरु औपचारिक घोषणा गर्ने बताएको छ। उपाध्यक्षमा गणेश पाण्डे, सबिन प्रियासन, राजेश राई र देवीका घर्ती छन्। महासचिवमा हिरामान लामा छन्। उपमहासचिव शुरोजंग पाण्डे र राजु सुवेदी छन्। कोषाध्यक्षमा ईन्द्र आचार्य… पुरा पढौ

शनिबारीय टी–२० क्रिकेट लिग : राईजिङ र पोखराको तेस्रो जित

पोखरा, फागुन २८अमृत गुरुङको अलराण्डर प्रदर्शनमा राईजिङ क्रिकेट क्लबले शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत तेस्रो जित निकाल्ले क्रममा कास्की क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ ।वाईनकिङ टी–२० कास्की जिल्ला क्लबस्तरीय च्याम्पियनसिप अन्तर्गत शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा राईजिङका कप्तान अमृत गुरुङले प्लेयर अफ दि म्याच प्रदर्शन गरेपछि सहज जितसँगै लिगको शीर्षस्थानमा रहेको छ । उनले १८ बलमा १ चौका र ४ छक्का हान्दै ३४ रनको अविजित पारी खेलेपछि राईजिङले १४८ रनको योगफल तयार पार्यो ।टस जित्दै राईजिङका ओपनर सागर… पुरा पढौ

बजारका होटल व्यवसायी भन्छन् : लेकसाईडले चौविसै घण्टा खोल्दा हामीले किन नपाउने ?

पोखरा, फागुन २८ पोखराको बजार क्षेत्रका व्यवसायीहरुले लेकसाइडमा जस्तै बजार क्षेत्रमा पनि रात्रीकालीन व्यवसाय गर्न पाउनुपर्ने माग गरेका छन् । पृथ्वी होटल व्यवसायी समितिको शनिबार भएको नवौं साधारण सभा तथा पाचौं अधिवेशनमा बोल्ने वक्ताहरुले बजार क्षेत्रमापनि लेकसाइडमा जस्तै चौविसै घण्टा खुल्ला गरिनुपर्नेमा जोड दिएका हुन् । लेकसाईड र बजार क्षेत्रका व्यवसायी बिच सरकारदेखि राज्यका सरोकारवाला निकायहरुले विभेद गरेको उनीहरुको गुनासो थियो । कार्यक्रममा बोल्दै पृथ्वी होटल व्यवसायी समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले राज्यले फेवा लेकसाइडलाई काखा र अरुलाई पाखा गरेको… पुरा पढौ

नेविसंघ पोखरा–६ बैदामको अध्यक्षमा विष्णु पहारी

पोखरा, फागुन २८ । नेपाल विद्यार्थी संघ, पोखरा महानगरपालिका वडा नंं. ६ बैदामको सभापतीमा विष्णु पहारी पुनः चयन भएका छन् । संघको शनिबार सम्पन्न अधिवेशनले ३१ सदस्य नयाँ कार्यसमिति सहित पहारीलाई सर्वसम्मत सभापतिमा चयन गरेको छ ।सघं उपसभापतिमा अजय बराल र नवराज सुनार, सचिवमा शविना अधिकारी र समिन पौडेल कोषाअध्यक्ष सुबिक्षा थापा सकोषाअध्यक्ष रौसिला तामाङ सहसचिवमा सुभाष भट्टराई र पुष्पा भट्टराई चयन भएका छन् । यसैगरी संघको कार्यसमिति सदस्यमा संयोग पहारी, धुव्र ठाकुर, आदेश बराल, रोहन लामिछाने,सुवर्ण केसी, विजय अधिकारी,… पुरा पढौ

‘रङ भिन्नता’ छुट्याउन मात्र मतपत्रको रङ परिवर्तन गरिएको आयोगको स्पष्टोक्ति

काठमाण्डौं । निर्वाचन आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । आयोगमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तिक छापबीचको ‘रङ भिन्नता’ छुट्याउन मात्र मतपत्र छपाइको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारे । आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो (एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रीन) मसीले छपाइ गर्ने निर्णय गरेको थियो । मतपत्र छपाइको… पुरा पढौ