देश

अब पेट्रोलको मूल्य १९९, डिजेल र मट्टितेलको १९२ रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ। निगम संचालक समितिको आइतबार बसेो बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो। बढेको मूल्य आज (सोमबार) राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ। यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ। यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तोकेको छ। निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १८५ रुपैयाँ तोकेको छ। हवाई इन्धनको… पुरा पढौ

नाट्टा गण्डकीको रक्तदान

पोखरा । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ यूनिट रगत संकलन भएको छ । आइतबार पोखरामा सम्पन्न भएको कार्यक्रममा ३८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक नाट्टा गण्डकीका सदस्य सुशिला सिग्देलले जानकारी दिइन् । कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता नाट्टा गण्डकीका हरिराम अधिकारीलाई व्लड व्याग हस्तान्त्रण गर्दै उद्घाटन गरे । विश्वव्यापी कोभिड–१९ को प्रभावका कारण रक्त सञ्चार केन्द्रहरुमा भएको रगतको अभावलाई कम गर्नका लागि सामाजिक… पुरा पढौ

महिला टी–२० च्याम्पियनसीपः नेपालको दोस्रो जित

सीता रानामगरको २ विकेट प्रेरित नेपालले एसीसी महिला टी–२० च्याम्पियनसीपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ। मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रनमात्रै बनाउन सक्यो। कुवतेका लागि प्रियदा मुरालीले ४० बल खेलेर ३१ सर्वाधिक ३१ रन जोडिन्। यस्तै, मरियम्मा हेदरले १६ तथा कप्तान अम्ना तारिकले १४ रनबाहेक अन्य… पुरा पढौ

प्रियन्का रानी जोशी बनिन् मिस नेपाल

मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले पहिरेकी छिन्। ललितपुरको गोदावरीमा शनिबार भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन्। त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल बनिन्। २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । पुरा पढौ

प्रियंका रानी जोशीले उचालिन मिस नेपाल २०२२ को उपाधी

काठमाण्डौं । सन् २०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् । जोशीले २४ सुन्दरीलाई पछि पार्दै मिस नेपाल २०२२ को उपाधी जितेकी हुन् । शनिबार ललितपुरको गोदावरीमा भएको ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् । जोशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी हुन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी छन् । कोरोनाका कारण अघिल्ला दुई वर्ष स्थगित भएको मिस नेपाल यस वर्ष भौतिकरुपमै सम्पन्न भएको हो । प्रतियोगिताको… पुरा पढौ

पोखरामा स्विमिङ पुलमा डुबेर किशोरको मृत्यू

पोखरामा स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यू भएको छ । पोखरा तेर्सापट्टीस्थित सि.एम. स्विमिङ पुलमा पौडी खेल्न पुगेका पर्वत घर भई पोखरा–५ मालेपाटनमा परिवारसँगै बस्दै आएका १३ वर्षिय किशोर दीपेश शर्माको शनिबार दिउँसो डुबेर मृत्यू भएको कास्की प्रहरीले जनाएको छ । गर्मी छल्न किशोर आमा र भाईसँग स्विमिङ पुल गएका थिए । त्यहाँ स्विमिङ गर्ने कि नगर्ने भन्ने दोधारमा रहेका उनी एक्कासी स्विमिङ पुल भित्र खसेर डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । आमाको ध्यान साना बालकतिर गएकाले किशोर डुबेको केहि समयपछि… पुरा पढौ

टिचिङ अस्पतालमा स्वास्थ्य बिमा रोकियो

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम रोकेको छ। अस्पतालले शुक्रबार सूचना जारी गर्दै सरकारले बिमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको हो। बीमितको सेवा बापत स्वास्थ्य बिमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले कार्यक्रम नै स्थगित गर्न परेको अस्पतालले जनाएको हो। १५ असारदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट संचालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित हुनेछ। पुरा पढौ

धादिङमा डेंगु संक्रमित बिरामीको मृत्यु

धादिङमा डेंगुको उपचाररत एक बिरामीको ज्यान गएको छ। ज्वालामुखी गाउँपालिका वडा नं २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा शुक्रबार धादिङ अस्पतालमा मृत्यु भएको हो। बिरामी भएपछि उनी स्वास्थ्य परीक्षणका लागि बिहीबार धादिङ अस्पतालमा पुगेका थिए। ल्याब परीक्षणबाट उनमा डेंगु रोगको संक्रमण पुष्टि भएको थियो। पुरा पढौ

मङ्किपक्स आशङ्कामा गरिएको व्यक्तिमा कुष्टरोग

काठमाण्डौं । मङ्किपक्सको आशङ्का गरिएको एक जना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्टरोग रोग पुष्टि भएको जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न छ ठाउँबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा ती व्यक्तिको आँखा र कानको तीन नमूनामा कुष्टरोगको जिवाणु भेटिएको हो । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्किपक्सको आशङ्कामा बिहीबार टेकु अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो… पुरा पढौ

नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

कक्षा ३ मा अध्ययन गर्ने छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले अध्ययनरत नावालिकालाई यौन दुव्र्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ। आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको हो। पुरा पढौ