काठमाण्डौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अठारौँ ‘एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड २०७७’ आगामी चैत ८ गते हुने भएको छ । एनएसजेएफले यसपटक नेपाली खेलकुद क्षेत्रमा इतिहास रचेका एक दशकका खेलाडीलाई सम्मानित गर्ने मञ्चद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसपटक सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड तथा पिपल्स च्वाइस अवार्ड गरी आठ विधामा मनोनयन हुने एनएसजेएफले जनाएको छ ।…
पुरा पढौ