गण्डकी प्रदेशमा दिउँसो मध्यम र राति भारी वर्षा हुने


     एभरेस्ट आवाज    
     असार २ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेशलगायत देशका केही ठाउँमा आज (बिहीबार) वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार दिउँसो हल्कादेखि मध्यम पानी पर्नेछ भने राति ठूलो पानी पर्ने अनुमान लगाइएको छ।

दिउँसो गण्डकी प्रदेश लगायत वागमती र प्रदेश–१ का धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ। आज (बिहीबार) दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना भए पनि राति भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ।

राति गण्डकी प्रदेश लगायत प्रदेश–१, मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको संभावना छ। गण्डकी प्रदेश लगायत प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र अन्य प्रदेशका केही पहाडी क्षेत्रका १÷२ ठाउँमा आज (बिहीबार) पनि मेघ गर्जन र चट्याङ समेत पर्ने संभावना छ। अहिले ४ प्रदेश गण्डकी, वागमती, मधेस र प्रदेश–१ मा मनसुनी प्रणाली सक्रिय छ।

अन्य प्रदेशमा भने आंशिक मात्र प्रभाव रहेकाले ती प्रदेशमा खासै पानी पर्न सकेको छैन। धनगढी, बर्दिया, सुर्खेत र रुपन्देहीमा हल्कादेखि मध्यम वर्षा भएपनि मनसुन फैलिनसकेकाले अन्य ठाउँमा गर्मी बढेको हो।

यसैबीच, देशको पूर्वी क्षेत्रमा लगातारजसो वर्षा भइरहेकोले बाढी पहिरोको जोखिम बढेको सचेत रहन मौसमविद्को आग्रह छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।