देश

गृहद्वारा अर्को छानबिन समिति गठन

गृह मन्त्रालयले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कारागारभित्रका बन्दी सुन्दर हरिजनको आत्महत्या गरेको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । गृह मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई ७ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। यसअघि, हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाइँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएको थियो। पुरा पढौ

अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी

यस वर्षको शैक्षिक सत्र सुरु भएको ३ साता बित्नै लाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन। विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाई एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाई तथा वितरण गर्न नसक्दा देशभर ठ्यपुरस्तक अभाव भएको हो। सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ। विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै… पुरा पढौ

मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय गरेको छ । तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो। मौसम खराबीले तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको प्राधिकरणले प्रारम्भिक निष्कर्ष निकालेको थियो। यस्तो निर्णय भीएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ। पहिले विमान उड्ने विमानस्थल… पुरा पढौ

गाउँपालिकाले बालगृह खोल्ने

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले एमबिबिएस पढ्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नयाँ जनप्रतिनिधि आएपछि सोमबार बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिइने उल्लेख गरेका छन् । एमबिबिएस अध्ययन पूरा गरेपछि पाँच वर्ष गाउँपालिकाकै स्वास्थ्य संस्थामा सेवा गर्ने गरी वर्षमा एक जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको उनको भनाइ छ । त्यसबाट चिकित्सा शिक्षामा गाउँका विद्यार्थीको पहुँच र योग्य स्वास्थ्य… पुरा पढौ

जहाज दुर्घटना:२२ जनाकै शव काठमाडौँमा, सरकारद्धारा दुर्घटना जाँच आयोग गठन

काठमाडौ । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ लगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शब हिजो सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शब अहिले नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाडौँ लगिएको हो । उनका अनुसार काठमाडौँ ल्याएका शबहरु त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शबहरुलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम… पुरा पढौ

हवाई दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति नाट्टाद्वारा शोक व्यक्त

नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी ज्यान गुमाउने चालक दल तथा यात्रुहरुको निधनप्रति शोक व्यक्त गरेको छ। नाट्टाले मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ। शोक वक्तव्य जारी गर्दै घटनाले नाट्टा परिवारलाई स्तब्ध बनाएको भन्दै यस दुःखद घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गरेको छ। मुस्ताङको थासाङस्थित सानसुरे भिरमा दुर्घटनाग्रत भई उक्त विमानमा सवार चालक दलका तीन तथा १९ यात्रुको निधन भएको थियो। भौगोलिक बनावटका… पुरा पढौ

को–पाइलट उत्सवकी बहिनीले लेखिन्, मुटुमै बिझ्ने स्टाटस

तारा एअर विमान दुर्घटनामा ज्यान गुमाएका को–पाइलट उत्सव पोखरेललाई बहिनीले मुटुमै बिझ्ने गरि मर्मस्पर्शी स्टाटस लेखेकी छन्।सामाजिक सञ्जाल फेसबुकमा मनसून आइडीबाट को–पाइलट उत्सवकी बहिनीले दाईलाई लेखेको भावुक पत्र सार्वजनिक गरिएको छ।उनले लेखेकी छन्, ‘निशब्द ! तँलाई छुर्पी ल्याइदिन्छु, परीक्षा राम्रोसँग गर। यो कुरा दिमागमा अझै आइराछ दादा। ममी बाबा पनि तपाँईकै प्रतीक्षामा हुनुहुन्छ। आउनुस न दादा घर फर्केर। मलाई पाइलट बनाउँछु भन्नुहुन्थ्यो। आखिर बिच बाटोमै छाडेर जानुभयो है दादा …!!’ आइतबार बिहान ५ः ३० बजे उत्सवले बुबा मणिराम पोखरेललाई फोन… पुरा पढौ

श्रम मन्त्रालयको पुनःएकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान

श्रम मन्त्रालयको पुनःएकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल देशीय निर्देशक सुङहुन कोबीच शिष्टाचार भेटवार्ता भएको छ। हिजो (सोमबार) मन्त्रालयमा भएको भेटमा उनीहरुबीच इपीएसमार्फत कोरिया गइ फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको संभावित साझेदारीका बिषयमा विचार विमर्श भएको थियो। इपीएसमार्फत कोरिया गई फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनामा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले ८ मिलियन अमेरिकी डलर अर्थात करिव ९६… पुरा पढौ

पेट्रोल र डिजेलको मूल्य घट्ने

सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको जनाएका छन्। मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले जतिसक्दो छिटो कार्यान्वयन गरिने मन्त्री शर्माले बताए। मूल्य समायोजन गर्ने भनिए पनि घटाउने वा कर छुट दिने भन्ने निर्णय भइसकेको छैन। आर्थिक विधेयक २०७९ मा भने हालकै शुल्क कायम गरिएको छ। विधेयकमा पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपियाँको दरले पूर्वाधार विकास कर भन्सार बिन्दुमा लगाई… पुरा पढौ

बजेट सकारात्मक तर कार्यान्वयनमा चुनौती : चेम्बर

काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०७९/८० को बजेट सकारात्मक भए पनि कार्यान्वयनको पाटो चुनौतीपूर्ण भएको जनाएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा प्रस्तुत गरेको आव २०७९/८० को बजेटको सन्दर्भमा चेम्बरले आज विज्ञप्ति जारी गर्दैै बजेट सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती भएको जनाएको हो । सरकारले ल्याएको रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेटको आकार ठूलो भएको चेम्बरले जनाएको छ । चालू आवमा रु १६ खर्ब ३३ अर्बको बजेट ल्याए पनि खर्च गर्न नसकेर संशोधनमार्फत रु १४… पुरा पढौ