देश

नेपालको स्वास्थ्य आपत्कालीन तयारीमा सघाउने डब्ल्युएचओको प्रतिबद्धता

काठमाण्डौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो निमन्त्रणामा डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबाट शनिबार सम्पन्न नेपालको तीनदिने औपचारिक भ्रमण र त्यसक्रममा भएका छलफलबारे जानकारी दिएका हुन् । नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई डब्ल्युएचओको दक्षिणपूर्वी एशियाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न,… पुरा पढौ

कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेक बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको छ । सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने उल्लेख छ । यसअघि बिहान ११ देखि अपराह्न २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको थियो । विभिन्न सरोकारवालाले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेपछि… पुरा पढौ

नेपाली कांग्रेसको सङ्कल्प सार्वजनिक, नगर्ने काम नभन्ने

काठमाण्डौं । ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ को नाम दिइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले महामन्त्री गगनकुमार थापाको संयोजकत्वका एक कार्यदल नै बनाएर घोषणापत्र तयारीको काम गरेको थियो । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का तथा धनराज गुरुङ, महामन्त्रीद्वय थापा… पुरा पढौ

गठबन्धनबाट पोखराको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीको निर्णय

पोखरा, बैशाख १० नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाएको छ । नेकपा एकीकृत समाजवादीको शनिबार बसेको बैठकले आचार्यलाई पोखरा महानगरको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकबाट औपचारिक रुपमा आचार्यको नाम टुंगिएपनि सार्वजनिक भने गरिएको छैन । बैठकको निर्णयबारे जानकारी दिदै नेकपा एकीकृत समाजवादीका एक पोलिटब्यूरो सदस्यले भने,‘निर्णय भइसकेको छ तर सार्वजनिक भोलि आइतबार मात्रै गर्ने भनेर गोप्य राखिएको छ ।’ उनले आचार्यको नाम गठबन्धनको बैठकले पहिले नै तय गरेकोपनि दाबी गरे । ‘पार्टीबाटै निर्णय… पुरा पढौ

राप्रपा नेपालबाट गोविन्द गुरुङ पोखराको मेयरको उम्मेदवार, उपमेयरमा चिना दवाडी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले पोखराको मेयरमा युवा नेता गोविन्द गुरुङलाई उम्मेदवार बनाएको छ । राप्रपा नेपालको आज बसेको बैठकले नेता गुरुङलाई पोखराको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपालका केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए । मेयरका उम्मेदवार बनेका गुरुङ पोखरा–१५ रामबजारबासी हुन् । उनी राप्रपा नेपालका कास्की जिल्ला सदस्य तथा पार्टी निकट राष्ट्रिय युवा मोर्चा, कास्कीका संयोजक छन् । त्यस्तै, राप्रपा नेपालले पोखराको उपमेयरमा चिना दवाडीलाई उम्मेदवार बनाएको छ । पोखरा–६ लेकसाइड निवासी दवाडीलाई पोखराको उपमेयरको उम्मेदवार बनाउने… पुरा पढौ

राप्रपाबाट पोखराको मेयरको उम्मेदवार शंकर खराल, उपमेयरमा सेन

पोखरा, बैशाख १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखराको मेयरमा शंकर खराललाई उम्मेदवार बनाउने भएको छ । राप्रपाको शनिबार बसेको बैठकले पोखराको मेयरमा खराललाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै, राप्रपाले उपमेयरमा रञ्जना सेन (रञ्जु)लाई उम्मेदवार बनाउने भएको छ । बैठकले सेनलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए । पुरा पढौ

कृषिमा अनुदान भन्ने शब्द हटाउनुस् : अर्थमन्त्री शर्मा

काठमाण्डौं ।अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेटमा कृषि क्षेत्रका लागि अनुदान नराख्न सुझाव दिएका छन् । आगामी बजेटको नीति कार्यक्रम र बजेटका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग शुक्रबार भएको छलफलमा अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई प्रोत्साहन चाहिएकाले अनुदान नराख्न सुझाव दिएका हुन् । ‘आगामी आबको बजेट बनाउँदा कृषिमा अनुदान भन्ने शब्द नराख्नुस्, त्यसलाई हटाइहाल्नुस्’ उनले भने । उत्पादन वृद्धिका आधारमा किसान पुरस्कृत, उन्नत जातको बिउको उपलब्धता, सही समयमा रासायनिक तथा जैबिक मलको उपलब्धता, प्रविधि र प्राविधिकको… पुरा पढौ

जिम्बावेविरुद्धको खेलका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जिम्बावेविरुद्ध तीन एकदिवसीय र तीन टी ट्वान्टी क्रिकेट खेलका लागि आज राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले उक्त प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । कप्तान लामिछानेसँगै नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आरिफ शेख, आसिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो र अदिल अन्सारी छन् । त्यसैगरी भीम सार्की, सुशन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद,… पुरा पढौ

पोखरामा दिउसै अध्यारो,हावा हुरीसहित वर्षा जारी

कास्की । पोखरामा आज दिउसै अध्यारो छाएको छ । एकैछिन अघिदेखि हावाहुरी सहितको भिषण वर्षा भएपछि अचानक वाताबरणमा नै अध्यारो छाएको हो । हाल नेपालमा विहार र पश्चिम बंगालमा आसपास रहेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको मौषम पुर्वानुमान महाशाखाले जनाएको छ। पोखरामा वर्षासँगै पोखरामा दिउँसै अध्यारो हुँदा सवारी साधनहरु हेडलाइट बालेर हिँडेका छन् । भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु विच बाटोमा नै रोकिएका छन् । अपरान्ह अति गर्मी महसुस् गरिरहेको बेला अचानक… पुरा पढौ

गण्डकीबाट ४६ हजार १९१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै

कास्की । गण्डकी प्रदेशमा यस वर्षको एसइई परीक्षामा ४६ हजार १९१ विद्यार्थी सहभागी हुने भएका छन् । भोलिदेखि सुरु हुने परीक्षाका लागि प्रदेशका ११ वटै जिल्लाका कूल एक हजार ३४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १५५, प्राविधिक धारतर्फ ८१५ र ग्रेड वृद्धितर्फ २२१ विद्यार्थी सहभागी बन्न लागेको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्यले जानकारी दिए । परीक्षाका लागि मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा होम सेन्टर नपर्ने गरी २२३ परीक्षा केन्द्र कायम गरिएको छ । प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लाका २९१… पुरा पढौ