देश

‘एलपी ग्यास छाडौं, बिजुली जोडौं’ अभियान सञ्चालन गरिने

पोखरा, जेठ १५ सरकारले एलपी ग्यास बिस्थापन गर्ने नीति लिएको छ । सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज बजेट प्रस्तुत गर्दै सरकारले एलपी ग्यास बिस्थापनको नीति लिएको बताए । त्यसका लागि ‘एलपी ग्यास छाडौं, बिजुली जोडौं’ अभियान सञ्चालन गरिने उनले उल्लेख गरे । अर्थमन्त्री प्रभाकरले एलपी ग्यास बिस्थापनका लागि एलपी ग्यास अनुदान क्रमश घटाईने बताए । उनले शुरुमा काठमाडौं उपत्यकाबाट एलपी ग्यासको बिस्थापन गर्दै देशभर पु¥याईने बताए । पुरा पढौ

चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाईने

पोखरा, जेठ १५ सरकारले चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउने भएको छ । सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज बजेट प्रस्तुत गर्दै लगानी बोर्डमार्फत चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउने बताएका हुन् । यो द्रुतमार्ग नीजि क्षेत्रमार्फत बनाइने उनले स्पष्ट पारे । त्यस्तै, नीजि क्षेत्रबाटै चितवन–रामपुर–बुटवल द्रुतमार्गपनि बनाइने उनले उल्लेख गरे । यसैगरी, सरकारी लगानीमा काठमाडौं–चितवन द्रुत मार्ग बनाइने बताए । काठमाडौं र चितवनलाई १ घण्टामा जोड्ने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ–चितवन द्रुतमार्ग बनाउने घोषणा गरे । तीन वटै द्रुतमार्ग चितवनलाई केन्द्रविन्दु बनाएर बनाइने उल्लेख छ । पुरा पढौ

प्रतिकुल मौषमका कारण बेपत्ता विमान अझै फेला परेन,विमानस्थलमा आफन्तको भावविह्ल अवस्था

पोखरा । पोखराबाट जोमसोम जाँदै गर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै फेला परेको छैन । यता पोखरा विमानस्थलमा भने विमानमा सवार रहेका आफन्त र परिवारको ह्रदयविदारक भिडभाड भएको छ । कोहि भक्कानियर रोईरहेका छन् भने कोहि आखाँमा टिलपिल आँसु लिएर भावविहिल आफन्तलाई सम्हालिरहेका छन् । पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको ९ एन एईटी ट्विनअटर जहाज लेतेपास नजिक पुगेपछि सम्पर्कविहीन भएको थियो । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।… पुरा पढौ

सगरमाथामा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा

काठमाडौ । आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो । दुई साहसी… पुरा पढौ

गणतन्त्र दिवस : नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड

पोखरा । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष समारोहमा व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड दिइएको छ । नेपाली जनताको लामो संघर्षको उपलब्धिस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन आवश्यक रहेको बताउँदै कार्यक्रमका वक्ताले व्यवस्थासँगै नागरिको आर्थिक एवम् सामाजिक विकास भएमा मात्र त्यसको सार्थकता सिद्ध हुने बताएका छन् । कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र केबल शासनप्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीकारुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति… पुरा पढौ

सम्पर्कविहिन तारा एयरको जहाज खोज्न मुस्ताङमा हेलिकप्टर परिचालन, मौषम बाधक

पोखरा । पोखराबाट जोमसोम जाँदै गर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजीमा प्रतिकूल मौसम बाधक बनेको छ । मौसम खराब भएका कारण खोजी कार्यमा कठिनाइ भएको मुस्ताङ प्रहरीले जनाएको छ । पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको ९ एन एईटी ट्विनअटर जहाज लेतेपास नजिक पुगेपछि सम्पर्कविहीन भएको थियो । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । सो जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना छन् । गृह… पुरा पढौ

आज गणतन्त्र दिवस

आज जेठ १५ गते अर्थात १५ औं गणतन्त्र दिवस। राज्यको संपूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको आजको दिन अर्थात् गणतन्त्र दिवस। निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन। हजारौं सहिदको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको… पुरा पढौ

नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट रहेको बताए । भूमिसम्बन्धी विषय संवेदनशील हो वार्ता र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भन्ने आफूहरूको मान्यता रहेको उल्लेख गर्दै उनले यसअनुरुप नेपालको भूमि फिर्ता ल्याउने कूटनीतिक प्रयास जारी रहेको बताए । सीमासम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा उचित स्थान दिइएको उनको… पुरा पढौ

पोखरा १२ को निर्णयः १२ वटा कामको सुरुवात

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ का नव निर्वाचित वडा अध्यक्ष सन्तोष बास्तोलाले बाहृवटा महत्वपुर्ण कामको तत्काल सुरुवात गर्ने गरी पदभार ग्रहण गरेका छन् ।पदभार ग्रहण कायृक्रममा बोल्दै नव निर्वाचित वडा अध्यक्ष सन्तोष बास्तोलाले वडाको मुख्य चोक चोकमा सिसी क्यामरा राख्ने र पहिलो महिनाको तलब त्रिशत्ती दुर्गा मन्दिर लाई दिने, वार्ड भरिको खाल्टोहरु सबै टाल्न लगाउने र बाटो छेउको नाली वार्ड भरिको सफा गर्न लगाउने, वार्ड मा ब्यबस्थित पार्क, पार्किङ र कम्पाउन्ड लगाउँने प्रकृया सुरु गर्ने, सितलदेवी मन्दिरमा टोल्,… पुरा पढौ

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित,अर्को वैठक यही जेठ १५ गते बस्ने

काठमाडौ । राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९÷८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफसमेत दिएका थिए । नीति तथा कार्यक्रममाथि परेको संशोधनको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । सांसदहरु डा बेदुराम भुसाल, शेखरकुमार सिंह, डा विमला राई पौड्याल, भैरवसुन्दर… पुरा पढौ