देश

पोखरा ३३ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी

पोखरा महानगरपालिका वडा नम्बर ३३ मा नेपाली कांग्रेस विजयी भएको छ । पोखरा ३३ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार रामचन्द अधिकारी विजयी भएका हुन । उनले एमालेका शिवप्रसाद आचार्यलाई ७५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । विजयी अधिकारीले ३३८९ मत प्राप्त गरे भने आचार्यले २६३३ मत प्राप्त गरे ।महिला सदस्यमा कांग्रेसकी दुर्गादेवी थापा ३०६० मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार शान्ती पाध्याले २७२० मत प्राप्त गरिन । त्यस्तै दलित महिला सदस्यमा एमाले उम्मेदवार लिलादेवी नेपाली २६४८ मत ल्याएर विजयी हुँदा… पुरा पढौ

छोटो अवधिमा ठूलो उपलब्धी भयो : माधव नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह सदस्य पदको निर्वाचनमा देशैभरि आफ्नो पार्टीले निकै ठूलो सफलता प्राप्त गरेको बताएका छन् । हेटौँडामा आज नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजित समारोहलाई सम्बोधन गर्दै उनले छोटो समयमा बनेको पार्टी चुनावमा होमिँदा पनि राम्रो सफलता मिलेको भन्दै त्यसका लागि सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गरे । निर्वाचित जनप्रतिनिधिलाई इमान्दार भएर काम गर्नका लागि सुझाव दिँदै नेपालले धरान उपमहानगरपालिकामा स्वतन्त्र उठेर प्रमुखमा निर्वाचित बनेका हर्क साम्पाङ… पुरा पढौ

प्रधानमन्त्री देउवाद्वारा नीति तथा कार्यक्रम टेबुल

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको सम्बोधनको प्रति टेबुल गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले सम्बोधनको सो प्रति टेबुल गरेका हुन् । यसैगरी बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज गर्नुभएको सम्बोधनको लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेकोे, “सम्माननीय राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०७९ साल जेठ १० गते मङ्गलबारका दिन गर्नुभएको सम्बोधनको लागि प्रतिनिधि सभाको यो बैठक सम्माननीय राष्ट्रपति… पुरा पढौ

रोकिएको ८ घण्टापछि पुनः शुरु भयो पोखराको मत गणना

पोखरा, जेठ १० पोखरा महानगरपालिकाको मत गणना पुनः शुरु भएको छ । एमालेको बहिस्कारपछि स्थगित भएको मत गणना साँझ ८ बजेदेखि पुनः शुरु भएको हो । नेकपा एमालेले खसेको मतमा गणना गर्दा ९ मत नभेटिएको भन्दै उक्त मत खोजी नभएसम्म मत गणना बहिस्कार गरेपछि मंगलबार पूर्वाह्न ११ बजेदेखि मत गणना कार्य रोकिएको थियो । एमालेको बहिस्कार पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत गणना स्थगित गरेर गरेको सहमतिको प्रयास करीब ८ घण्टापछि सफल भएपछि मत गणना कार्य पुनः शुरु भएको हो… पुरा पढौ

बन्द भएका उद्योगहरू पुनः सञ्चालनमा ल्याइने

काठमाण्डौं । सरकारले बन्द भएका उद्योगहरू पुनः सञ्चालन गर्ने भएको छ । मंगलबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा सञ्चालनमा आएका तर बीचमा बन्द भएका उद्योगहरूलाई पुनः सञ्चालन गर्ने बताइन् ।आर्थिक विकास र गरिबी निवारणका लागि उद्यमशीलतामा प्रवर्द्धन गरिने उनले बताइन् । समान प्रकृति र उदेश्य भएका सहकारी कोषलाई एउटैमा गाभ्ने नीति पनि सरकारले लिएको छ ।कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख आधार मान्दै आर्थिक वृद्धिलाई बलियो बनाइने पनि राष्ट्रपति भण्डारीले बताइन् । प्रधानमन्त्री कृषि… पुरा पढौ

सरकारको नीति तथा कार्यक्रम संयुक्त बैठकमा पेश

काठमाण्डौं । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेश भएको छ । सङ्घीय संसद्को आज बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गरिरहेकी छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए । राष्ट्रपति भण्डारीलाई संसद् भवनमा सभामुख अग्नीप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरेका थिए । यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । नीति… पुरा पढौ

१२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

काठमाण्डौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । छमध्ये तीन महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगन्ज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगन्ज महानगरमा राजेशमान सिंह विजयी भइसकेका छन् । काठमाडौँ, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका,… पुरा पढौ

श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाण्डौं । संसदीय सुनुवाइ समितिले श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतद्वय श्रीलङ्काका लागि वासुदेव मिश्र र डेनमार्कका लागि प्रा डा रामस्वार्थ रायको नाम अनुमोदन गरेको हो । सरकारले प्रस्ताव गरेका २० जना राजदूतमध्ये मिश्र र रायका विषयमा उजुरी परेको थियो । उजुरी नपरेका १८ जनाको नाम यसअघि नै अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । प्रस्तावित दुवै राजदूतमाथिको उजुरीमा औचित्य नदेखिएकाले बैठकले सर्वसम्मतिले अनुमोदन गरेको उनले… पुरा पढौ

पोखरा-१८ मा पुनः मत गणना गर्न एमालेको माग

पोखरा महानगरपालिका-वडा नम्बर-१८ मा पुनः मत गणनाको माग भएको छ। गएराती सम्पन्न मत गणनामा ३ मतले एमालेका वडाध्यक्षका उम्मेदवार पराजित भएपछि एमालेले पुनः मत गणनाको माग गरेको हो। एमाले उम्मेदवार पुष्कलबहादुर थापाले पुनः मत गणना गर्न माग गर्दै निवेदन दिएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए।. . त्यहाँ कांग्रेस उम्मेदवार शिवप्रसाद तिमिल्सिना १६४३ मत ल्याएर विजयी भएका थिए। पराजित थापाले १६४० मत ल्याएका थिए । पुरा पढौ

पोखरा–१८ मा कांग्रेसका तिमिल्सिना ३ मतले विजयी

पोखरा महानगरपालिका वडा नम्बर १८ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । आज विहान सम्पन्न मत गणनामा पोखरा–१८ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सना विजयी भएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार पुष्कलबहादुर थापालाई ३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । विजयी तिमिल्सिनाले १६४३ मत प्राप्त गरे भने पराजित थापाले १६४० मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी उम्मेदवार कल्पना ढकाल क्षेत्री १८२८ मत पाएर विजयी हुँदा कांग्रेस उम्मेदवार समुन्द्र थापाले १५२९ तथा दलित महिला सदस्यमा एमाले… पुरा पढौ