देश

तोकिएको समयमा हाजिर हुँदैनन् कर्मचारीः ७३२ लाई कारबाही सिफारिस

काठमाण्डौं । राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयसहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने क्रम नरोकिएको जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षमा १४७ कार्यालयमा गरिएको अनुगमनमा ७३२ कर्मचारी तोकिएको समयमा कार्यालयमा नआएको पाइएको छ । यस्तै १५६ कर्मचारीले तोकिएको पोसाक नलगाएको फेला परेको केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । हालै सरुवा भएर जल तथा ऊर्जा आयोगको सचिवालयमा जान लाग्नुभएका सचिव घिमिरेले चालु आर्थिक वर्षमा केन्द्रले गरेका कामकारबाही तथा अनुगमनको बारेमा जानकारी गराउँदै… पुरा पढौ

गुण एयरलाइन्सको जहाजबारे छानबिन गर्न कार्यदल गठन

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कार्यदल गठन गरेको छ । मन्त्रालयले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा चार सदस्यीय छानबिन कार्यदल गठन गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए । कार्यदलको सदस्यमा पर्यटन मन्त्रालयका इलेक्ट्रोनिक इन्जिनियर नसिव आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका क्याबिन क्रु निरीक्षक सावित्री श्रेष्ठ राई सदस्य तथा प्राधिकरणकै एरोनोटिकल इन्जिनियर रितेशराज पन्त सदस्यसचिव रहेका छन् । घटनाको… पुरा पढौ

अबुधाबीमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा

काठमाण्डौं । सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । व्यावसायिक एवं पर्यटन केन्द्रको राजधानी अबुधाबी विमानस्थल नजिक सोमबार भएको आतङ्कवादी आक्रमण इन्धन ट्रकमा हुँदा तीन जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका थिए । रासस पुरा पढौ

बाख्रापालक भन्छन् : किसान महान ।

पोखरामा बाख्रा दिवस मनाइएको छ । नेपाल व्यवसायीक बाख्रापालक महासंघको आयोजनामा मंगलबार पोखरामा प्रथम राष्ट्रिय बाख्रा दिवस मनाइएको हो । ‘नेपाल, बाख्रा र हामीसँगै’नारासहित मनाइएको बाख्रा दिवसमा बाख्रापालक किसानले सरकारले किसानलाई अपहेलित गरेको गुनासो गरे । कार्यक्रममा नेपाल व्यवसायीक बाख्रापालक महासंघ गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष धन श्रीस मगरले सरकारले किसानलाई हेपेको आरोप लगाए । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेपनि नआएको, कृषिको प्रदेश निर्देशनालयलाई चिठी र मौखिक निम्तो गरेपनि नआएर बाख्रापालक किसानलाई… पुरा पढौ

एकै दिन १० हजार २५८ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप १० हजार २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सोमबारभन्दा तीन हजार ५२४ ले बढी हो । सोमबार देशभर छ हजार ७३४ नयाँ सङ्क्रमित पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १७ हजार ८७२ पीसीआर र चार हजार ९५६ एन्टीजेन विधि गरी कूल २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५६२ जना सङ्क्रमणमुक्त… पुरा पढौ

पोखरामा करीब ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ

अवैध सुन र पक्राउ परेका विश्वकर्मा र सुनार पोखरा, माघ ४ पोखरामा करीब ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । अवैध सुन लिएर हिंडिरहेका दुई जनालाई कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३० पावरहाउसचोकमा चेकजाँचका क्रममा पक्राउ गरेको हो । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर ७ का २० वर्षिय अम्मर विश्वकर्मालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विश्वकर्माको साथबाट २० तोला ४३ लाल ८ प्वाइन्टको ३ थान… पुरा पढौ

पोखरामा अब बस स्टपबाहेक अन्य ठाउँमा बस रोक्न नपाइने

पोखरामा अब बस रोक्ने ठाउँ (बस स्टप) बाहेक अन्य ठाउँमा बस रोक्न नपाइने भएको छ । गण्डकी प्रदेश सरकारले बस स्टपबाहेक अन्य ठाउँमा बस्न रोक्न नपाइने नियम बनाएको छ । पोखरामा हाल भद्रगोल रुपमा बस रोक्ने गरिएको छ । बस स्टप भन्दा १०÷१५ मिटर वरपरदेखि यात्रुले हात उठाएर संकेत गरेको खण्डमा जहाँसुकैपनि बस रोक्ने गरिएको छ । जसले गर्दा दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक ब्यबस्थापन भद्रगोल हुँदै आएको थियो । तर अब सरकारले बस स्टप बनाईदिने र सो बस स्टपबाहेक… पुरा पढौ

गण्डकी प्रदेशमा एकै दिन ६२६ जना कोरोना संक्रमित, कास्कीमा मात्रै ३७४ जनामा संक्रमण

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण हुनेको संख्या ह्वात्तै बढेको छ । मंगलबार प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा मनाङ बाहेकका जिल्लाका ६२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार २३१ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी कास्कीका ३४७ जना छन् । यस्तै स्याङ्जाका ६९, लम्जुङका ५०, बाग्लुङका ३८, तनहुँका ४१, नवलपुरका २६, म्याग्दीका २५, गोरखाका २२, पर्वतका ७ र मुस्ताङका एक जना छन् । उनीहरु… पुरा पढौ

पोखरासहित गण्डकी प्रदेशमा अब ट्याक्सीमा मिटर अनिवार्य

गण्डकी प्रदेश सरकारले ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय गरेको छ । ट्याक्सीको भाडादर समायोजन गर्नुका साथै ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय प्रदेश सरकारले गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिए । सरकारले ट्याक्सीमा फ्ल्याग डाउनमा १५ किलोमिटरसम्मको ८० रुपैयाँ कायम गर्नुका साथै प्रत्येक २०० मिटरमा १० रुपैयाँका दरले भाडा समायोजन गरेको उनले जानकारी दिए । १५ किलोमिटर भन्दा बढी दुरीमा भने यो नियम नहुने उनले बताए ।… पुरा पढौ

गण्डकी प्रदेशमा नगरमा २२.५५ र प्रदेश भित्र चल्ने लामा दुरीमा २३.५१ प्रतिशतले बढ्यो भाडा

गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो । गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदन अनुसार भाडादर समायोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिए । प्रदेश सरकारले सार्वजनिक बस, ट्रक, ट्याक्सीको भाडादर समायोजन गरेको मन्त्री खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश भित्र लामा दुरीमा चल्ने बसमा २३.५१ प्रतिशत बृद्धि गरिएको… पुरा पढौ