देश

माओवादी केन्द्र स्थायी समितिको बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शुक्रबार) बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ। पार्टी अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो। माओवादी केन्द्रको पहिलो राष्ट्रिय सम्मेलनमा पुस ११ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ। सोही राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुनेछन्। बैठकमा प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यहरुले सुझाव दिनेछन्। उक्त सुझावलाई समेटेर अध्यक्षले प्रतिवेदनलाई पूर्णता दिने जनाइएको छ। माओवादी केन्द्रले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको… पुरा पढौ

कांग्रेस महाधिवेशन : सबै पदको मतगणना सम्पन्न

काठमाण्डौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सबै पदको मतगणना सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सबै पदको मतगणना सम्पन्न भएको हो । कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सबै पदको मतगणना सम्पन्न भएकाले आजै रातिसम्म सबै पदको नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । कांग्रेसले यसअघि पदाधिकारी, खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्य, प्रदेश पुरुष तथा महिला केन्द्रीय सदस्य, दलित महिला तथा पुरुष केन्द्रीय सदस्य, मुस्लिम, थारु, मधेसीलगायत… पुरा पढौ

पोखरामा भोलि सप्तरंग साँझ, तयारी पूरा

पोखरादेशका सातवटै प्रदेशमा आयोजना हुने गरी देश दौडाहा निस्केको ‘टिभिएस रेडर सप्तरंग–३’ को तयारी पूरा भएको छ । शुक्रबार साँझ पोखराको अमरसिंह मैदानमा हुने कार्यक्रममा आधा दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिनेछन् ।नेपाल समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा भइरहेको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको आयोजक ग्रिष्मा ब्रोडकास्टिङले जनाएको छ । मंसिर २४ गतेदेखि देशका सातैवटा प्रदेशमा गर्ने गरी सुरु गरिएको यस कार्यक्रमको अन्त्य पोखरामा प्रस्तुति दिएसँगै सकिने ग्रिष्मा ब्रोडकास्टिङ प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए ।सप्तरंगमा अभिनेता राजेश हमाल, गायक रामकृष्ण… पुरा पढौ

सहकारीले बजार नियन्त्रण गर्न सक्नुपर्छः मन्त्री बराल

पोखरा ८, पुष गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले सहकारीले बजार नियन्त्रण गर्न सक्नुपर्ने बताएका छन् । पोखरा २३ स्थित औसेलुचौरमा रहेको पञ्चकोषी कृषि सहकारी संस्थाको विहिबार सम्पन्न भएको आठौं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले सहकारीले बजारलाई सन्तुलन कायम गर्दै नियन्त्रण गर्न सक्नुपर्ने बताएका हुन् । मन मिल्नेहरुको सहकार्य गर्ने उद्धेश्यले स्थापन भएका सहकारीहरुले जनताको आवश्यकता हुने बस्तु तथा सेवा उत्पादन गर्न सके बजारमा हुने मुल्यश्रृखलालाई सहकारीले नियन्त्रण गर्न सक्ने मन्त्री बरालको भनाई थियो । स्थानियको… पुरा पढौ

जन कविकेशरी धर्मराज थापाको घरमा भोलि साहित्यिक बहस हुने

पोखरा, पुस ८ जन कविकेशरी धर्मराज थापाको जन्म घरमा ‘लोकसंस्कृति र लोक जीवन’ बारेमा बहस हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र जन कविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको आयोजनामा यहि पुस ९ र १० गते पोखरामा बहस हुन लागेको हो । बहस जन कविकेशरी धर्मराज थापाको जन्मथलो पोखरा महानगरपालिका वडा नम्बर–१६ बाटुलेचौरमा हुने आयोजकले जनाएको छ । बहसमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ प्रमुख वक्ताका रुपमा रहनेछन् । उनले पोखराको कुण्डली इतिवृतान्त सुनाउने अध्यक्ष प्रतिष्ठानका अध्यक्ष एवम् जन कविकेशरीका… पुरा पढौ

माओवादी राष्ट्रिय सम्मेलनःगण्डकी प्रदेशबाट ७४ प्रतिनिधिको सहभागिता रहने

काठमाडौ । नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा गण्डकी प्रदेशबाट करिब ७४ प्रतिनीधि गरि कुल एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् । सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधि ८०३ गरी कूल एक हजार ४६० को सहभागिता रहनेछ । यसबाहेक जनयुद्धका घाइते, अपाङ्गता भएका… पुरा पढौ

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।नेम्वाङले १६९ मत पाएका थिए । मेन्याङ्बोले ६४ मत पाए । तीनजना उपाध्यक्षमा देवान चाम्लिङ (१२०), शिवकुमार डाँगी (११३) र मणिकुमार साम्पाङ (१११ ) विजयी भएका छन् । एक जना सचिवमा गणेश उप्रेती (सुशील) विजयी भए । उनले १४८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए । ३ जना सहसचिवमा कुमारी राई… पुरा पढौ

कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिएका हुन् । आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र त्यसपछि बैठक व्यवस्थापनको तयारी सुरु हुने पौडेलले बताए । अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । मंसिर २४–२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि… पुरा पढौ

तनहुँ चार हजारको मतदाता नामावली दर्ता

तनहुँ । तनहुँ जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानमा स्थानीय तहबाट चार हजार मतदाताको नामावली सङ्कलन गरिएको छ । पहिलोचरणमा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित अभियानमा तीन हजार ९१४ जनाको फोटोसहितको नामावली सङ्कलन गरिएको हो । भिमाद नगरपालिकाबाट एक हजार १७, घिरिङ गाउँपालिकाबाट ७२९, म्याग्दे गाउँपालिकाबाट ५३५, बन्दिपुर गाउँपालिकाबाट ९२५ र देवघाट गाउँपालिकाबाट ७०८ जनाको नामावली सङ्कलन भएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । गत मङ्सिर १७ गतेदेखि २६ गतेसम्म पहिलो चरणमा पाँच स्थानीय तहमा अभियान… पुरा पढौ

२५९८ जना निम्न माध्यामिक तहको शिक्षक आवश्यक

शिक्षक सेवा आयोग सानोठिमीले निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीमा २ हजार ५९८ शिक्षकको स्थायी पदपूर्तिका लागि दरखास्त मागेको छ ।आयोगले पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म अविलम्ब शुल्कमा अनलाइनबाटै आवेदन फाराम भर्ने गरी स्थायी पदपूर्तिका लागि मागेको हो। आयोगले अंग्रेजी विषयमा ६२४, नेपालीमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयजुर्वेदमा १, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा ३, संस्कृत भाषामा ४ र संस्कृत कर्मकाण्डमा १ शिक्षकका लागि दरखास्त आह्वान गरेको हो।आगामी चैत १७ गते… पुरा पढौ