देश

दर्शक बिना नै हुने भो आहा ! रारा गोल्डकप

पोखरा, माघ ४ यस पटकको आहा ! रारा गोल्डकप दर्शक बिना नै हुने भएको छ । सहारा क्लव पोखराको आयोजनामा यहि माघ ६ गतेदेखि १५ गतेसम्म पोखरा रंगशालामा हुने २० औं आहा ! रारा गोल्डकप दर्शक बिना नै खेलाउन लागिएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस कोभिड–१९ को तेश्रो लहर अन्तर्गत आएको ओमिक्रोनका कारण यस पटक दर्शक बिना नै आहा ! रारा गोल्डकप खेलाउन लागिएको आयोजक सहारा क्लव पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो… पुरा पढौ

कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै एमालेको निर्देशन

काठमाण्डौं । नेकपा (एमाले) कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखी २५ जनाभन्दा बढीको उपस्थिति रहने गरी पार्टी तथा जनसङ्गठनका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्मनाथ अधिकारीले आज प्रदेश र सबै जिल्ला कार्यालयलाई आन्तरिक सर्कुलर जारी गर्दै कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डलाई पालना गरी कार्यालय सञ्चालन गर्नसमेत निर्देशन दिए । यस्तै, पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न र पार्टीका स्थानीय कमिटी, नेता–कार्यकता… पुरा पढौ

छानबिन समितिले बुझायो प्रतिवेदन, सम्झौता रद्द गर्नुपर्ने माग

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नेपाल–भारत पशुपतिमैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि गठन गरिएको समितिले आज आफ्नो प्रतिवेदन पेस गरेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले उक्त प्रतिवेदन पेस गरेको हो । मन्त्री आले उक्त कोषका अध्यक्ष भए पनि उनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई समितिका संयोजक सुवेदीले उक्त प्रतिवेदन पेस गरेका हुन् । समितिले बुझाएको प्रतिवेदनमा नेपाल–भारत पशुपतिमैत्री धर्मशालामा सम्झौता विपरीत काम भएकाले… पुरा पढौ

किसानले गरे सम्झौता

दमौली । कृषि ज्ञान केन्द्र तनहुँले एक सय आठ लाभग्राही किसान छनोट गरेकोमा ६४ जनाले सामान खरिद गरी कार्यालयसँग सम्झौता गरेका छन् । कार्यालयले किसानको उत्पादन लागतमा कमी गराइ उत्पादनमा वृद्धि गराउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको हो । हाते ट्र्याक्टर ६२, कुटानीपिसानी २८, ग्रास कटर चार, पावर ट्रिलर तीन, मकै छोडाउने मेसिन दुई, खाडल खन्ने यन्त्र दुईलगायतका सामग्री किसानलाई अनुदानमा प्रदान गरिएको हो । सुरुमा किसानसँग निवेदन माग गरी कार्यालयबाट स्थलगत अनुगमन गरेपश्चात् अनुदान मूल्याङकन तथा… पुरा पढौ

पछिल्लो २४ घण्टामा ७ हजार ७३४ सङ्क्रमित थपिए

काठमाण्डौं ।देशभर पछिल्लो २४ घण्टामा थप छ हजार ७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको नमूना परीक्षण गरिएको थियो । १४ हजार १४ जनाले पीसीआर र तीन हजार ४५१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५४७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १६ हजार ९८५ पुगेको छ । यो दर ९५ दशमलव एक प्रतिशत रहेको… पुरा पढौ

दूरसञ्चार सेवाबाट कोही पनि नागरिक बञ्चित नहुन् : मन्त्री कार्की

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ग्रामीण क्षेत्रका जनताले सर्वसुलभ दूरसञ्चार सेवा पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् । जमलस्थित नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयको आज निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री कार्कीले सूचना र प्रविधिको युगमा दूरसञ्चार जस्तो आधारभूत सेवाबाट कोही पनि नागरिक बञ्चित हुने अवस्था आउन नदिन तदारुकताका साथ योजना कार्यक्रमको कार्यान्वयन हुनुपर्दछ भने । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कोभिड–१९ महामारीको अहिलेको अवस्थामा विलम्ब नगरी यस वर्षका योजना र कार्यक्रमको कार्यान्वयन गर्न सो अवसरमा निर्देशन दिए ।… पुरा पढौ

डब्लुआरसीमा ‘ग्लोबल नेभिगेसन स्याटलाइट सिष्टम’ विषयक वैज्ञानिक कार्यशाला गोष्ठी सम्पन्न

पोखरा । पश्चिमाञ्चल ईञ्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस) पोखरामा मंगलबारबाट शुरु भएको ग्लोबल नेभिगेसन स्याटलाइट सिष्टम विषयको ४ दिने वैज्ञानिक कार्यशाला तथा तालिम राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका वैज्ञानिकहरुको कार्यपत्र प्रस्तुतिका साथ सम्पन्न भएको छ । समापन समारोहमा प्रमुख अतिथी गण्डकी प्रदेश शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बहादुर कुँवरले शैक्षिक संस्थाहरुसंग सहकार्य गरेर दिगो प्रविधि र अनुसन्धानमुलक क्रियाकलापहरु अघि बढाउन सकिने धारणा व्यक्त गर्दै राष्ट्रिय प्राथमिकताका आधारमा अनुसन्धानात्मक क्रियाकलापहरु अगाडि बढाउनु पर्ने आवश्यकता औल्याए । कार्यक्रमका… पुरा पढौ

३९ वर्षिय जिसीलाई सहयोग गर्न परिवारको अपिल

पोखरा । जीवन भरी खान पुगोस्, अप्ठ्यारोमा परेकालाई दिन पुगोस् भन्ने नाराका साथ मिर्गौला रोगबाट पिडित डण्डबहादुर जिसीलाई सहयोग गर्न परिवारले अपिल गरेका छन् । पर्वत फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा निवासी जिसी विगत ३÷४ वर्षदेखी मिर्गौला रोगले ग्रसित भई उपचार गराउँदा धेरै धनराशी खर्च भई घरबार विहिन भए पछि सहयोगको याचना गरिएको हो । उनका एक श्रीमती, एक छोरा, एक छोरी रहेका छन् । आर्थिक स्थिति अत्यन्तै कमजोर भएका जिसीलाई सहयोग गर्न इच्छुक संघसंस्था, व्यक्तिहरुले उहाँकी श्रीमती रेजिना… पुरा पढौ

कास्कीमा बढ्यो कोरोनाको जोखिम : एकै दिन १८६ जनामा संक्रमण पुष्टि

पोखरा, माघ ३ गण्डकी प्रदेशको राजधानी कास्कीमा कोरोनाको जोखिम ह्वात्तै बढेको छ । एक हप्ता अघिसम्म फाट्टफुट्ट मात्र कोरोना देखिदै आएको कास्कीमा पछिल्लो समय बाक्लै मात्रामा कोरोना संक्रमित देखिन थालेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कुल ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये कास्कीमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको स्वास्थ्य बुलेटिनमा उल्लेख छ । कास्कीमा पछिल्लो २४ घण्टामा पिसीआर विधिबाट गरिएको परीक्षणमा… पुरा पढौ

आजको राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभाको आज (सोमबार) बस्ने भनिएको राष्ट्रिय सभा बैडक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगन गरिएको हो। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको संघीय संसद्ले जनाएको छ। पुरा पढौ