देश

पोउवाद्वारा विपन्न बस्तीका बालबालिकालाई जीवनपयोगी शिक्षा

पोखरा, ४ माघ । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले बाल क्लब पदाधिकारी लक्षित दुईदिने जीवनोपयोगी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा बालबालिकाहरूलाई जीवनोपयोगी सीप,नेतृत्व विकास,आत्मविश्वास अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।प्रशिक्षणमा बालमनोविद तथा शिक्षक प्रेमनारायण पोखरेल‘पानी पोखरेल’ले सहजीकरण गरेका थिए । किडासाको सहयोगमा माघ २ र ४ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा पोखरा नगर क्षेत्रभित्रका ९ ठाउँमा रहेका अव्यवस्थित बस्तीका ७६ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास… पुरा पढौ

कास्की २ मा नेकपाको उम्मेदवार किरण थापा (आमोद)

पोखरा, माघ ४ नेपाली कम्युनिष्ट पार्टीले कास्की क्षेत्र नम्बर–२ मा किरण थापा (आमोद)लाई उम्मेदवार बनाएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि आमोदलाई कास्की २ बाट चुनाव लड्नका लागि टिकट दिएका हुन् । किरण थापा भनेर चिनिने उनको उपनाम आमोद र नागरिकताको नाम हेमबहादुर थापा हो । पोखरा–३३ भरतपोखरी घर भएका उनी जनयुद्दका कुशल कमाण्डर हुन् । प्रचण्ड र बाबुरामलाई मिलाउन गरेको भरमग्दूर प्रयास खेर गएपछि उनी… पुरा पढौ

निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको उनले बताए । त्यसका लागि माघ ६ गते मङ्गलवार उम्मेदवारी मनोनयनको समय तोकिएको छ । यसअघि… पुरा पढौ

रास्वपाबाट भावी प्रधानमन्त्रीका रुपमा घोषित बालेनले दिए पदबाट राजिनामा

पोखरा, माघ ४ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न लागेका मेयर शाहले आज पदबाट राजिनामा दिएका हुन् । उनले आज दिउँसो उपमेयर सुनिता डंगोल समक्ष राजिनामा दिएको उनी निकट श्रोतले जनाएको छ । बालेन झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने चर्चा छ । जुन क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यस भिडन्तलाई यस पटकको निर्वाचनको सबैभन्दा… पुरा पढौ

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार पत्रकार धन र सागरलाई

पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना सम्मानीत हुन लागेका हुन् । नारायण कार्की संयोजक रहेको प्रतिभा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । समितिका सदस्यमा राजेन्द्र अधिकारी, मोतिसागर अधिकारी, माधवप्रसाद बराल र भूपाल गुरुङ थिए । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार १११ रहेको छ । सम्मानीत… पुरा पढौ

राष्ट्रियसभा सदस्यबाट बामदेव, नारायणकाजी र भगवतीको राजीनामा

राष्ट्रियसभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा एमालेकी भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेका हुन् । प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका उनीहरुले आज लिखित रुपमै राजीनामा बुझाएका हुन् । नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लागेका छन् ।। उनीहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो । पुरा पढौ

एमालेले कास्की-१ मा बैनबहादुर, २ मा कृष्ण थापा र ३ मा दामोदर बैरागीलाई दियो टिकट

पोखरा, माघ ४ नेकपा एमालेले कास्कीका ३ वटै क्षेत्रको उम्मेदवार टुंग्याएको छ । एमालेले कास्की–१ मा बैनबहादुर अधिकारी, कास्की-२ मा कृष्ण थापा र कास्की–मा दामोदर बैरागीलाई टिकट दिएको हो । कास्की–१ मा दीलिप न्यौपाने उम्मेदवार हुने चर्चाकाबीच बैनबहादुर अधिकारीले टिकट ल्याएका छन् । एमालेबाट टिकट पाएका बैनबहादुर एमाले कास्कीका अध्यक्ष हुन् भने जिल्ला समन्वय समिति कास्कीका निवर्तमान प्रमुख हुन् । उनी नेकपा एमालेको केन्द्रीय सचिव तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीका प्रिय पात्रमध्येका एक हुन् । २०७९ को चुनावमा कास्की-१ मा… पुरा पढौ

कास्की-१ मा नेकपाको उम्मेदवार राजकाजी

पोखरा, माघ ४ नेपाली कम्युनिष्ट पार्टीले कास्की क्षेत्र नम्बर-१ मा राजकाजी गुरुङ (करण)लाई उम्मेदवार बनाएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि राजकाजीलाई उम्मेदवार बन्ने टिकट दिएका हुन् । पर्वत घर झण्डै साढे र्दुइ दशकदेखि कास्कीलाई कर्मथलो बनाएका उनी तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्व कास्की ईञ्चार्ज हुन् । पछिल्लो समय कास्की-१ मा केन्द्रीत भएर पार्टी राजनीति गर्दै आएका उनी जनताको घरदैलोमा पुगिरहन्छन् । माओवादीमा पोलिटब्यूरो सदस्यसम्म भएका… पुरा पढौ

राष्ट्रियसभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित

सङ्घीय संसद् राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा सुरु भएको अधिवेशन दुई वटा शोक प्रस्ताव पारित गर्दै आजका लागि सम्पन्न भएको हो ।सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरे । उनले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए । त्यसलगत्तै लोकतन्त्रका लागि योगदान पु¥याउने सहिदहरूप्रति सम्मानका लागि मौन धारण गरियो । बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ । विसं २००८… पुरा पढौ

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह,अप्राकृतिक गठबन्धन नगर्ने

नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी छाडेकालाई पुनः कांग्रेसमा फर्कन आग्रह गरेको छ । पार्टी सभापति गगन थापाको नेतृत्वमा आज भएको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न कारणले पार्टीबाट अलग भएकालाई पार्टीमा पुनः आबद्ध हुन आग्रह गरेको हो । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरेकामा आयोगप्रति बैठकले आभार व्यक्त गरेको छ । बैठकले एकता, सद्भाव र सहकार्यमा जोड दिँदै देशविदेशमा रहेका सबै कांग्रेसीमा नवीन ऊर्जाका साथ आगामी फागुन… पुरा पढौ