देश

बालेन शाहले गराए झापा ५ मा उमेदवारी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी वरिष्ठ नेता बालेन्द्र शाह बालेनले झापा ५ मा उमेदवारी दिएका छन् । उनले आज निर्वाचन कार्यालय, झापा पुगेर उमेदवारी दर्ता गराएका हुन् ।केहीबेरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेद्वारी दर्ता गराउँदै छन् । पुरा पढौ

एलायन्स क्लव,अब पोखरामा पनि

शिशिर उजाडपोखरा एसोसियसन अफ एलायन्स क्लव अन्तराष्ट्रिय, अब पोखरामा पनि गठन हुने भएको छ । भारतको नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको यस क्लव डिष्ट्रिक १०५५ नेपालको पोखरामा शुभारम्भ सहित पदस्थापन हुन लागेको डिष्ट्रिक गभर्नर थिरबहादुर थापाले जानकारी दिए ।डिष्ट्रिक १०५ साउथ मल्टिपल स्पोन्सर रहेको उक्त क्लवको पदस्थापन यही माघ ९ गते शुक्रबार पस्र्याङ स्थित ताज महल ईभेन्ट सेन्टरमा हुने बताईएको छ । कार्यक्रममा क्लवका ईन्टरनेशनल प्रेसिण्डेन्ट राजकुमार सक्सेना, फाउण्डर प्रेसिण्डेन्ट तिरुपति वुढाराजु, भाईस प्रेसिण्डेन्ट राजेश्वर राव, डिष्ट्रिक १०५ साउथ मल्टिपलका… पुरा पढौ

कास्की-१ : उज्यालो नेपाल पार्टीबाट मनिषा द्वाले दिईन् उम्मेदवारी

कास्की-१ मा उज्यालो नेपाल पार्टीबाट मनिषा द्वाले उम्मेदवारी दिएकी छन् । उनले दिउँसो साढे १२ बजे उम्मेदवारी दर्ता गरेका हुन्। पुरा पढौ

कास्की-१ : रास्वपाका गनेस पौडेलले गरे उम्मेदवारी दर्ता

कास्की-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गनेस पौडेलले उम्मेदवारी दिएका छन्। उनले दिउँसो १२:१५ बजे उम्मेदवारी दर्ता गरेका हुन्। पुरा पढौ

कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल गण्डकी प्रदेशको रक्तदान कार्यक्रममा ५९ युनिट रगत सङ्कलन

कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ युनिट रगत सङ्कलन भएको छ । कृषि विकास बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त युनिट रगत संकलन भएको हो ‌। कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष छगेन्द्र आचार्य तथा विशेष अतिथि कृषि विकास बैंक गण्डकी प्रदेशका निर्देशक घनेन्द्र अधिकारी र उपमहासचिव ऋषिराम रेग्मी थिए। कार्यक्रममा प्राविधिक सहयोग जिल्ला रेडक्रस सोसाइटी… पुरा पढौ

पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं पठाईयो

सन्देश श्रेष्ठपोखरा, माघ ५ नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई कास्की प्रहरीले सोमबार अपराह्न पक्राउ गरेको हो । महाअभियान अन्तर्गत आयोजित नागरिक सभालाई सम्बोधन गर्न उनी पोखरा आएका थिए । लेकसाईडमा आयोजित नागरिक सभालाई सोमबार अपराह्न सम्बोधन गरेका उनी काठमाडौं फर्किनका लागि पोखरा अन्र्तराष्ट्रिय विमानस्थल जाँदै गरेका बेला पक्राउ परेका थिए । कास्की प्रहरीले प्रसाईंलाई पक्राउ गरेको पुष्टि गरेको छ । प्रसाईंले कांग्रेसको आधिकारिकता लिन निर्वाचन आयोगलाई गगन थापा पक्षले ५२… पुरा पढौ

युवालाई ताकीताकी गोली हान्ने र देश लुट्नेहरुको एक/एक हिसाब गर्छौं : रवि

पोखरा, माघ ५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रवि लामिछानेले जेनजी आन्दोलनमा ताकीताकी गोली हान्नेहरुको एक/एक हिसाब गर्ने चेतावनी दिएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरमा रास्वपाले सोमबार आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै उनले देश लुट्ने र गोली हान्नेहरुको एक/एक हिसाब गर्ने चेतावनी दिएका हुन् । उनले भने,‘जनताले भगाएकाहरुलाई अब देश छाड भन्नु पर्दैन, तर देश लुट्नेहरुलाई, युवालाई ताकीताकी गोली हान्नेहरुलाई, मधेशलाई पाईलापाईलामा विभेद गर्नेहरुलाई त्यसै छाडिनेवाला छैन, त्यसको एक/एक हिसाब लिईनेछ ।’ उनले अब बालेन सरकार बन्ने… पुरा पढौ

ओली ईंगित रविको भाषण : अपदस्त भएकाहरुले मधेशको सपना खोसेका थिए

पोखरा, माघ ५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रवि लामिछानेले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको सपना खोसेको आरोप लगाएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरमा रास्वपाले सोमबार आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै उनले ओलीको नाम नदिएपनि उनीप्रति ईंगित गर्दै ओलीका कारण मधेशको सपना खोसिएको बताएका हुन् । ओलीप्रति ईंगित गर्दै उनले भने,‘अपदस्त भएकाहरुले मधेशको सपना खोसेका थिए ।’ तर अब भने मधेशको सपना पूरा हुने बताए । युवाहरुलाई गोली हानेर भाग्नेहरुको पराजय अवस्यम्भावी रहेको… पुरा पढौ

निर्वाचन आचारसहिंता पालना गर्ने कास्कीमा सर्वपक्षीय प्रतिबद्धता

कास्कीका राजनीतिक दल, उम्मेदवार, पत्रकार लगायतले निर्वाचन आचारसहिंता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी सर्वदलीय÷सर्वपक्षीय बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको हो । नेपाली कांग्रेस, कास्कीका सचिव देवेन्द्र रानाभाटले स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन सफल पार्नु सबैको दायित्व भएको बताए । आचारसंहिता पालनामा मुख्य गरी राजनीतिक दल र उम्मेदवारहरु बढी जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले उम्मेदवारले भयरहित वातवरणमा आफूले… पुरा पढौ

बागलुङ १ मा राजेन्द्र शर्माले उज्यालो नेपालबाट उम्मेदवारी दिने

पोखरा, माघ ५ बागलुङ १ मा राजेन्द्र शर्माले उज्यालो नेपालबाट उम्मेदवारी दिने भएका छन् । रास्वपाबाट उम्मेदवारको आकांक्षी रहेका उनलाई रास्वपा नेतृत्वले टिकट नदिएपछि उज्यालो नेपालबाट उम्मेदवारी दिन लागेका हुन् । उज्यालो नेपालले आफूलाई उम्मेदवारको टिकट दिएको उनले जानकारी दिए । पोखरामा बसेर पत्रकारिता गर्दै आईटी र कन्सल्टेन्सी व्यवसाय गर्दै आएका शर्मा रास्वपाबाट राजनीति गर्ने भन्दै बागलुङ फर्किएका थिए । तर अन्तिम समयमा टुरिष्ट उम्मेदवारलाई टिकट दिएपछि उनले रास्वपाबाट विद्रोह गरेका हुन् । बागलुङमा रास्वपाको जग बसाल्ने श्रेय शर्मालाई जान्छ… पुरा पढौ