देश

हिमाल कलेज अफ म्यानेजमेन्टको आयोजनामा पोखरामा ‘हिमाल बजार’ सञ्चालन

पोखरा, बैशाख १९ पोखरामा “हिमाल बजार” सञ्चालन भएको छ । पोखरा–८ बगालेटोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टको आयोनजामा सोहि कलेजमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरुले “हिमाल बजार” सञ्चालन गरेका हुन् । आजदेखि सञ्चालन भएको बजार भोलिसम्म सञ्चालन हुने कलेजले जनाएको छ । दुई दिन सञ्चालन हुने बजार हरेक दिन दिउँसो २ बजेदेखि साँझ ६ः०० बजेसम्म आयोजना हुनेछ । बजारमा स्थानीय उत्पादन, हस्तकला सामग्री तथा विभिन्न परिकारहरू प्रदर्शनीमा राखिएका छन् । बजार सञ्चालन सिकाई र कमाई (लर्निङ एण्ड अर्निङ ) प्रोजेक्ट… पुरा पढौ

टेम्पल बेल बुटिक होटल एण्ड स्पाले मनायो सामाजिक कार्य गरेर को वार्षिकोत्सव

बैशाख १९ पोखरा पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न सामाजिक काम गर्दै पहिलो वार्षिकोत्सव मनाएको छ । अन्र्तराष्ट्रिय श्रम दिवश तथा बुद्ध जयन्तिको अवसर समेत पारेर टेम्पल बेलले रक्तदान, सरसफाई तथा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम गरेको हो । नेपाल रेडक्रस सोसाईटिको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन गरिएको थियो । त्यस्तै, लेकसाइडको स्ट्रिट नं १७ मा बृहत सरसफाई कार्यक्रम गरियो । कार्यक्रममा होटलमा आवद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो । टेम्बल बेलमा कार्यतर ७० जना… पुरा पढौ

सल्यानमा जिप्रका भित्रै भेटियो द्वन्द्वकालीन ८६ वटा बम

सुर्खेत । सल्यानमा जिल्ला प्रहरी कार्यालय भित्रै ८६ वटा बम फेला परेको छ । सल्यानको शारदा नगरपालिका—३ स्थित जिप्रका परिसरमै नया भवन निर्माणका लागि जग खन्ने क्रममा द्वन्द्वकालीन ८६ वटा बम फेला परेको जनाइएको हो । जहाँ बमसँगै विस्फोटक पदार्थसमेत फेला परेको सल्यान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ८२ सकेट बम, ३ सुतली बम र एउटा बोतल बम फेला परेको छ । सल्यानका प्रहरी प्रमुख हेमबहादुर केसीका अनुसार, बुधबार दिउँसो १२ः३५ बजेतिर नयाँ भवनको जग खन्ने क्रममा सकेट बमजस्तो… पुरा पढौ

पोखरा महिला गोल्डकपमा आयोजकबिरुद्ध नेपाल पुलिस क्लबको फराकिलो जित

सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले बिजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले आयोजक आरएस पोखरा एफसीलाई ८ गोलको फराकिलो अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको हो । कमजोर आयोजकबिरुद्ध एकतर्फी पेलेको पुलिसले पहिलो हाफमा ५ र दोस्रो हाफमा ३ गोल ग¥यो । शुरुवातदेखि नै दवाबमा राखेको पुलिसले अन्तिमसम्मै खेल प्रभाव जमाउन सफल भयो । आयोजक पोखराबिरुद्ध नेपाल पुलिस क्लबकी रेखा पौडेल एक्लैले ह्याट्रिक गोलसहित ५… पुरा पढौ

हेमजा युनाइटेडको आठौँ साधारणमा खेलाडीलाई सम्मान

हेमजा,वैशाख १८ । पोखरा महानगरपालिका–२५, हेमजामा २०७० सालमा स्थापना भई सक्रिय सामाजिक तथा खेलकुद संस्थाका रूपमा आफ्नो पहिचान बनाउन सफल हेमजा युनाइटेड को आठौँ वार्षिक साधारण सभा तथा २०८३ सालको संस्थागत वार्षिक कार्यपालिका सहितको भित्ते पात्रो विमोचन एवं खेलाडी सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका सचिव महादेव अधिकारीले आर्थिक वर्ष २०८१-८२ का संस्थागत गतिविधिहरूको समीक्षा सहित आगामी योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष निराजन अधिकारीले सोही आर्थिक वर्षको आर्थिक प्रतिवेदन पेश गरेका थिए। प्रस्तुत आर्थिक प्रतिवेदन सभाबाट… पुरा पढौ

फेवातालमा डुबेर एक बालकको मृत्यू

बैशाख १८ फेवातालमा डुबेर एक बालकको मृत्यू भएको छ । पोखरा महानगरपालिका–१८ चापापानीस्थित फेवातालको सिरान क्षेत्र खपौंदी नजिकको तालको पानीमा पौडी खेल्ने क्रममा डुबेर स्थानिय खपौंदी निवासी १० वर्षीय आरेस लामाको मृत्यू भएको हो । पौडी खेल्ने क्रममा पूर्वाह्न ११ः१५ बजे डुबेका उनलाई सशस्त्र प्रहरी बल २४ नम्बर गण कास्कीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक ताराचन्द्र शर्मा नेतृत्वको टोलीले अचेत अवस्थामा उद्दार गरेको थियो । सशस्त्र प्रहरीले उनलाई १८ फिट गहिराईबाट अचेत अवस्थामा उद्धार गरेको जनाएको छ । उद्धार पश्चात पोखरा… पुरा पढौ

संघीय पर्यटन बोर्ड पुनरगठन र प्रादेशिक पर्यटन बोर्ड गर्न टान गण्डकीको माग

१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ । संघीयता कार्यान्वयन सगै यो कार्यालयको औचित्य माथि नै प्रश्न उठ्ने गरेका छन् । नेपाल पर्यटन बोर्डको कार्यशैली प्रति यहाँका पर्यटनसंग आवद्ध संघसंस्थाले असन्तुष्टि जनाउदै आएका छन् । पोखराका विभिन्न संघ संस्थाले संघीयताको मर्म अनुसार प्रदेश सरकार मातहतको गण्डकी प्रदेश पर्यटन बोर्ड गठन हुनुपर्ने आवाज उठाउदै आएका छन् । पर्यटनको क्षेत्रमा काम गर्ने अगुवा संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकीले पब्लिक प्राइभेट पार्टनरसिप ९पीपीपी० साझेदारीमा कार्य… पुरा पढौ

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी पहिलो संशोधन अध्यादेश, २०८३ जारी गरेका छन् । राष्ट्रपति पौडेलबाट नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । सरकारले संवैधानिक परिषद्, सहकारी ऐन संशोधन, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश र सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । अन्य अध्यादेशका विषयमा राष्ट्रपति पौडेलले परामर्श गरिरहेका छन् । पुरा पढौ

पोखरा बसपार्कमा रहेको सुकुम्बासी बस्तीबारे अ.ने.ट्रे.यू महासंघ गण्डकी : वैकल्पिक व्यवस्था नगरी डोजर नचलाउ

सन्देश श्रेष्ठपोखरा, बैशाख १७ नेपाली कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले पोखरा बसपार्कमा रहेको सुकुम्बासी बस्तीबारे पहिलो पटक औपचारिक रुपमा मुख खोलेको छ । महासंघ गण्डकीले १३७ औं अन्र्तराष्ट्रिय मजदुर दिवस (मई दिवस)को अवसरमा विहीबार पत्रकार सम्मेलन गरेर वैकल्पिक व्यवस्था नगरी पोखरा बसपार्कमा रहेको सुकुम्बासी बस्तीमा डोजर नचलाउन पोखरा महानगरपालिका र सरकारलाई आग्रह गरेको छ । पोखरा महानगरपालिकाले पोखरा बसपार्कमा रहेको सुकुम्बासीलाई घर, टहरा खाली गराउन ३५ दिने सूचना निकालेको छ । एक हप्ताअघि निकालेको सूचनामा… पुरा पढौ

कास्की समन्वयले गर्यो माछापुच्छ्रे गाउँपालिकाका योजनाको अनुगमन

जिल्ला समन्वय समिति कास्कीले माछापुच्छ्रे गाउँपालिकामा संचालित बिभिन्न योजनाको अनुगमन गरेको छ । समितिले आर्थिक बर्ष २०८२– ८३ मा उक्त गाउँपालिकासंग विभिन्न लागत साझेदारी बजेटमा निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जानकारी दिएको छ। अनुगमन गरिएका योजनाहरूमा जिल्ला समन्वय समिति कास्की र माछापुच्छ्रे गाउँ पालिकाको लागत साझेदारीमा निर्माणाधीन माछापुच्छ्रे गाउँपालिका वडा न ६ को वडा कार्यालय मर्मत सम्भार तथा कम्पाउण्ड निर्माण योजना , बराह मा. वि भेडावारीको स्टेज निर्माण र कैलाश मा. वि पर्खाल निर्माण योजना , वडा न ४ को वडा… पुरा पढौ