देश

१४ लाखको बाउन्स चेक दिएको आरोपमा पोखराबाट एक पक्राउ

बैंकिङ कसुरमा पक्राउ परेका शंकर गुरुङ बाउन्स चेक दिएको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । बाउन्स चेक दिएको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १३ बाँझापाटन स्थायी घर भई पोखरा–१० बुद्धचोक बस्ने ३५ वर्षिय शंकर गुरुङलाई पक्राउ गरेको हो । पक्राउ परेका गुरुङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै १३ लाख ८० हजारको चेक दिएको आरोप लागेको छ । उनले दिएको चेक नसाटिएपछि चेक साट्न गएका व्यक्तिले आफूले पाउनुपर्ने रकम नपाएको भन्दै चेक बाउन्स गराएको आरोपमा… पुरा पढौ

चीनद्वारा पोखराका चार विद्यालयमा निःशुल्क ईन्टरनेट सुविधा

चीनिया दुतावासको सहयोगमा पोखराका चार सरकारी विद्यालयमा निःशुल्क ईन्टरनेट सुविधा प्रदान गरिने भएको छ । नेपाल–चीन जनमैत्री संघ पोखराको समन्वय तथा चीनिया दुतावासको सहयोगमा पोखराका जनचेतना मावि, जनजागृति मावि, शिशुकल्याण मावि र भविष्य निर्माण माविमा निःशुल्क ईन्टरनेट सेवा जडान गर्न लागिएको हो । ती चार विद्यालयमा निःशुल्क ईन्टरनेट जडान गर्ने सम्बन्धमा मंगलबार चीनिया राजदुत हउ यान्छीको भर्चुअल उपस्थितिमा सम्झौता भएको छ । सम्झौतामा नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखे र चार वटै विद्यालयका प्रधानाध्यापकहरुले मंगलबार पोखराको माउण्ट कैलाश रिसोर्टमा… पुरा पढौ

चौथोे डायमण्ड रनिङ सिल्डमा मंगलबार ६ खेल सम्पन्न

कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा चौथा डायमण्ड रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी रहेको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भईरहेको खेलकुद प्रतियोगिताको दोस्रो दिन फुटबलका पहिलो चरणका ६ खेल सम्पन्न भएको विद्यालय संयोजक दिनेश शर्माले जानकारी दिएका छन् । दोस्रो दिनको पहिलो फुटबल खेल टाईब्रेक्ररमा कक्षा ११ व्यवस्थापन समुह लाई २—१ ले पाखा लगाउदै कक्षा १० बि समुहको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । त्यस्तै दिवश सुबेदीको… पुरा पढौ

राष्ट्रिय जनगणना ०७८ः भोलिदेखि मूल गणना सुरू

राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि (बुधबार)बाट मूल गणना हुने भएको छ। मंसीरको ९ गतेसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागले जानकारी दिएको छ। मूल गणनाका लागि ४० हजार गणक र ८ हजार १६ जना सुपरीवेक्षक खटिने छन्। नेपालमा हरेक १०/१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ। यसअघि ३० भदौबाट सुरु भएको सूचीकरण १८ असोजसम्म चलेको थियो। छुटेका व्यक्ति तथा परिवारले केन्द्रीय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन्। तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने… पुरा पढौ

दोस्रो अभ्यास खेलमा नेपाली महिला टिम पराजित

नेपाली महिला टिम बंगलादेशमा भएको दोस्रो अभ्यास खेलमा बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठानसँग ५ विकेटले पराजित भएको छ। आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोटको तयारीका लागि हाल बंगलादेशमा रहेको नेपाली महिला टिमले दोस्रो अभ्यास खेलमा बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठानसँग ५ विकेटल हार ब्यहोरेको हो। पहिलो खेलमा जित निकालेको नेपाली टिमको दोस्रो खेलमा भने राम्रो ब्याटिङ चल्न सकेन। टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टिम १८ ओभर ३ बलमा मात्र ४५ रनमा अलआउट बन्यो। नेपालका लागि २ खेलाडीले मात्र दोहोरो अंक जोड्न… पुरा पढौ

मंसीरमा हाई अल्टिच्युड माउण्टेनबाइक च्यालेन्ज हुने

मंसिरको तेस्रो साता प्रथम हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज हुने भएको छ। सोमबार आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश तथा जिल्ला साइक्लिङ संघ रसुवाले संयुक्त पत्रकार सम्मलेन गर्दै पहिलो संस्करणको हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज मसिंर १८ गते आयोजना गर्ने बताएको हो। ३ विधामा आयोजना हुने प्रतियोगिताको इलिटतर्फ मात्रै महिलाको सहभागिता रहँदा पुरुषतर्फ ईलिट, जुनियर र मास्टर गरी ३ विधामा प्रतिस्पर्धा हुनेछ। जिल्ला साइक्लिङ संघ रसुवाले प्रतियोगिताको रुटसमेत तय गरेको छ। प्रतियोगिताको इलिटतर्फको प्रथम देखि दशौं सम्मको विजेताले ४०… पुरा पढौ

जनमुक्ति सेनाद्वारा सेनालाई तीन लाख डोज भेरोसेल खोप उपलब्ध

काठमाडौँ । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप कोभिड–१९ विरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ। प्रधानसेनापति प्रभुराम शर्मालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले १० थान भेन्टिलेटर, १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित सो भेरोसेल खोप हस्तान्तरण गरेका थिए। सो अवसरमा प्रधानसेनापति शर्माले भेरोसेल खोप सहयोगका लागि मित्रराष्ट्र चीन सरकार र चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त खोप सेनाका सकल दर्जा र प्राथमिकताका साथ अन्य… पुरा पढौ

तिहार पछि बढ्यो सुनको मूल्यः प्रतितोला रु. ९२ हजार ५००

काठमाडौँ । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु. एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला रु. ९१ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९२ हजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला रु. ९० हजार ५०० तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु. २५ ले उकालो लागेर एक हजार… पुरा पढौ

हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा अरब सागरमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उक्त मौसमी प्रणालीका कारण देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागे पनि आकास खुला भएकाले बढी चिसो महसुस गरिएको छ । अहिले प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहेको छ । प्रदेश… पुरा पढौ

फेवा चौतारीको देउसी भैलोमा तीन मन्त्रीको छमछमी

गण्डकी प्रदेशका तीन जना मैन्त्रीहरु एकै मन्चमा छम्छम्ती नाच्नु भएको छ । पोखराको फेवा टेलिभिजनको फेवा चौतारीको सांस्कृतिक टिमले आइतबार भाइटिकाको अवसरमा प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनको निवासमा आयोजना गरेको देउँसी भैलो कार्यक्रममा मन्त्री बराल सहित तीन जना मन्त्रीहरु छम्छम्ती नाच्नु भएको हो । मन्त्री बरालको साथमा प्रदेशका भूमि व्यबस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा र वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा एकै मन्चमा देउँसी भैलो कार्यक्रममा सहभागि हुदै नृत्य प्रर्दशन गर्नु भएको… पुरा पढौ