देश

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

भोजपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन् । माओवादी केन्द्र भोजपुुरले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, “न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वोच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझाधारणा छिट्टै बाहिर ल्याउँछौँ ।” अहिलेको पाँचदलीय गठबन्धन चुनावसम्म नै जाने बताउँदै उनले आवश्यक परे निर्वाचन पछाडिसम्म पनि जान… पुरा पढौ

प्रेस सेन्टर पोखरा महानगर कमिटीको अध्यक्षमा शिबदाई

प्रेस सेन्टर पोखरा महानगर कमिटीको अध्यक्षमा शिवराज बस्ताकोटी शिबदाई चयन भएका छन्। प्रेस सेन्टर पोखरा महानगर कमिटीको प्रथम भेला तथा अधिबेशनले शिबदाईलाई अध्यक्षमा चयन गरेको हो। समितिको उपाध्यक्षमा राजेन्द्र शर्मा, सचिवमा हिमलाल पौडेल, कोषाध्यक्षमा सपना विक चयन भएका छन्। त्यस्तै सदस्यहरुमा सन्तोष पौडेल, शिब थापा, कुमारी बुढा, भीमराज तिमिल्सिना, सरिता गायक, सूर्य विक सिकारु र होमराज गुरुङ चयन भएका छन्। पुरा पढौ

रु. ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु. ४०० ले उकालो लागेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु. ९४ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ९०० रहने छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९३ हजार ५०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु. १५ ले उकालो लागेर एक हजार २८५ तोकिएकोे… पुरा पढौ

राष्ट्रिय जनगणना–२०७८ः पहिलो दिनमै १५ लाखको गणना

राष्ट्रिय जनगणना–२०७८ को पहिलो दिनमै १५ लाख व्यक्तिको गणना गरिएको छ। बिहीबारबाट सुरु गरिएको राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत पहिलो दिनमै १५ लाख व्यक्तिको गणना गरिएको जानकारी केन्द्रीय तथ्यांक विभागले दिएको हो। जनगणनाको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको विवरण संकलन गरेर जनगणना शुभारम्भ गरिएको थियो। पहिलो दिन बिहीबार बिनाअवरोध देशैभर जनगणना गरिएको छ। केही स्थानीय तहमा चिसो मौसमका कारण केही ढिलो गरी जनगणाना सुरु गरिए पनि देशैभर जनगणना… पुरा पढौ

नेपाल प्रहरीका ९५ जना डिएसपीहरुको एकै पटक सरुवा (सूचीसहित)

पोखरा । नेपाल प्रहरीका ९५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको सरुवा भएको छ । गृहमन्त्रालयको प्रहरी प्रधान कार्यालय मानवस्रोत एव प्रशासन विभागले आज एक सूचना जारी गर्र्दै कास्कीका सहित ९५ जना डिएसपीहरुको सरुवा गरेको हो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी)सुवास हमाल जिल्ला प्रहरी कार्यालय मुगुमा सरुवा भएको छ । हमालको ठाउँमा बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडा मकवानपुरको अन्वेषण योजना शाखामा कार्यरत सुन्दर तिवारी आउने भएका छन् ।यस्तै, जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी यूवराज तिमिल्सिनाको… पुरा पढौ

मोवाइल पड्किएर एकको मृत्यू

मोवाइल पड्किएर तनहुँमा एक जनाको मृत्यू भएको छ । मोवाइल कोठामा बसिरहेका बेला मोवाइल पड्किएर बेहोस् भएका तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ३ दुरुङचुङका २७ वर्षिय चित्रबहादुर रानाको मृत्यू भएको हो । मोवाइल पड्किएर बेहोस् भएका उनलाई तत्काल उद्धार गरेर जिपी कोक्ष्राला श्वासप्रश्वास केन्द्र बेलचौतारा तनहुँमा ल्याईएपनि उनको उपचारका क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बेहोस् भनिएका उनलाई चोटपटक लागे÷नलागेको प्रहरीले खुलाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको वुलेटिनमा उल्लेख छ । पुरा पढौ

तालबाराही मावि पहिलो व्याचका विद्यार्थीहरुको ३८ वर्षपछि भेट

पोखराको लेकसाइडस्थित तालबाराही माविका भूपू विद्यार्थीहरुको एक समुह झण्डै ४ दशकपछि भेट्दा भावुक बनेका छन् । २०४० सालको एसएलसी व्याचका विद्यार्थीहरु बिहीबार पोखराको लेकसाइडस्थित बुमर्याङ्ग रेष्टुरेण्टमा भेटघाट गरेका हुन् । पहिलो ब्याचका विद्यार्थीहरुविच भेटका क्रममासाथीहरु एकले अर्कालाई चिन्न समेत हम्मे हम्मे प¥यो । कोहि मोटाएका, कसैको कपाल फुलेका कसैका दाह्री । दिमागमा साथीको पु्रानै चित्र लिएर भेटघाटमा उपस्थित हुँदा सबैजना आपसमा दंग परे । पुरानै समयमा फर्किन पाउँदा सबैको मुहारमा अनौंठो खाले हाँसो फुरेको थियो । विस्तारै वर्तमानमा फर्किएपछि फेरी… पुरा पढौ

हेमजामा ट्राफिक सचेतना कार्यक्रम

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा २५ हेमजाले ट्राफिक सचेतना कार्यक्रम बिहीबार हेमजामा गरेको छ । पोखरा महानगरपालिका वडा नंं २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पैदल यात्रीे कसरी सुरक्षीतका साथ बाटोमा हिड्ने, बाटो काट्ने भन्ने बारे सचेतना गराईएको थियो । कार्यक्रम हेमजाको सापकोटा चोक, वडा कार्यालय अगाडि र सुईखेतमा भएको थियो । प्रहरी निरीक्षक सुसील थापा र प्रहरी नायव निरीक्षक भीम ओलीले प्रशिक्षण दिएको कार्यक्रममा स्नो भ्यू इङलीस बोर्डिङ स्कुल, विष्ण्ुा पादुका… पुरा पढौ

सुनको मूल्य एक हजार ३०० ले बढ्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु. एक हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु. ९२ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ५०० रहेको छ । बुधबार प्रतितोला रु. ९२ हजार २०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा रु. २० बढेको छ ।… पुरा पढौ

नेपालको राष्ट्रिय महिला टिमले बंगलादेशमा महिला टी–ट्वान्टी क्रिकेटको मैत्रीपूर्ण सिरिज जित्यो

टी–ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीमा रहेको नेपाली टोलीले बंगलादेशमा भएको टी–ट्वान्टी सिरज जितेको छ । हाल बंगलादेशमा रहेको नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले बंगलादेशको बंगबन्धु कृरा शिक्षा प्रतिष्ठानविरुद्धको ३ खेलको टी–ट्वान्टी सिरज जितेको हो। नेपाली महिला टोलीले ३ खेलको सिरिज २–१ ले जितेको हो। नेपालले तेस्रो तथा अन्तिम खेलमा प्रतिष्ठानलाई ७ विकेटले हरायो। कृरा शिक्षा प्रतिष्ठानको घरेलु मैदानमा सम्पन्न खेलमा प्रतिष्ठानले दिएको ५४ रनको सामान्य लक्ष्य १४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि कविता जोशीले अविजित… पुरा पढौ