देश

संविधान दिवसमा ९०३ जनालाई विभिन्न विभूषण प्रदान

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार र पदक प्रदान गरेकी छन्। नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपाल रत्न १ जनालाई, राष्ट्र गौरव २ जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी ५ जनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी ५ जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी १ जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल… पुरा पढौ

खत्री बने बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको पुन: अध्यक्ष

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अध्यक्षमा केशवबहादुर खत्री दोहोरिएका छन् । एशोसियसन बाह्रौं अधिवेशनले खत्रीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा ईन्द्रराज अर्याल, महासचिवमा बुद्दी कुवँर, सचिवमा राजु केसी, कोषाध्यक्षमा थमनसिंह गुरुङ चयन भएका छन् ।एशोसियसनको सदस्यहरुमा लक्ष्मण आचार्य, प्रविण महाजन, ज्ञानेन्द्रमा श्रेष्ठ, ईन्द्रमाया गुरुङ, शान्ति श्रेष्ठ जोशी, पार्वती ढकाल बस्ताकोटी, गणेश पौडेल मनोहरि पौडेल, गोविन्दप्रसाद दाहाल र सुशिल श्रेष्ठ चयन भएको एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले जानकारी दिए । यसअघि साधारणसभा तथा अधिवेशनको पोखरा उद्योग वाणिज्य संघका… पुरा पढौ

पोखरेली टिम राइनोजमा श्रीलंकन अलराउण्डर गुणरत्ने र वेष्ट इण्डिजका विलियम्स सामेल

असोजको दोश्रो सातादेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुन लागेको बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम पोखरा राइनोजले दुई थप दुई अन्र्तराष्ट्रिय खेलाडीलाई पनि आफ्नों टोलीमा आवद्ध गराएको छ । राइनोजले भर्खरै सार्वजनिक गरेका दुई अन्र्तराष्ट्रिय खेलाडीहरुमा श्रीलंकन अलराउण्डर असेला गुणरत्ने र वेष्ट इण्डिजका सफल बलर केस्रिक विलियम्स रहेका छन् । यि दुई खेलाडीको आगमनसंगै राइनोज थप सशक्त देखिएको छ । पोखराले दोस्रो विदेशी खेलाडीको रुपमा विलियम्सको नाम सार्वजनिक गरेको थियो । विलियम्सलाई पोखराले गत वर्षनै टोलीमा… पुरा पढौ

संविधानलाई बन्दकी राखेर ल्याइने कुनैपनि देशको अनुदान वाईसिएललाई स्वीकार्य हुँदैन : देवकोटा

एकीकृत नेकपा माओवादी निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का केन्द्रीय संयोजक सुमन देवकोटा (अब्दुल)ले सरकारको पछिल्लो हर्कतले आफूहरुलाई झस्काएको बताएका छन् । प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले तानाशाह केपी शर्मा ओलीलाई ढालेर आएको वर्तमान सरकारको दल फुटाउने अध्यादेश र एमसिसीका विषयमा भइरहेको षडयन्त्रले आफूहरुलाई झस्काएको बताएका हुन् । वाईसिएलका लागि देशको राष्ट्रिय अखण्डता, स्वाधिनता, सार्वभौमसत्ता र संविधान सबैभन्दा माथि भएको बताउँदै उनले भने,‘एमसिसी आउँदैमा सबैकुरा बिग्रिहाल्छ, भत्किहाल्छ, सिद्धहाल्छ भन्ने पक्षमा वाईसिएल छैन, तर… पुरा पढौ

सबै अधिकार केन्द्रकृत हुँदा संघीयताको मर्म अनुसार काम गर्न पाइएको छैन : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सबै अधिकार केन्द्रकृत हुँदा संघीयताको मर्मानुसार काम गर्न नपाएको बताउनुभएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले शनिबार आयोजना गरेको नेपालको संविधानको कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले संघीय निजामति सेवा ऐन नबन्दा प्रदेश निजामति सेवा ऐन बनाउन नमिलेको र कर्मचारी व्यवस्थापनमा समस्या खेप्नुपरेको बताउनुभयो । ‘संघीयता आएको छ । तर संविधानमा उल्लेख गरिएबमोजिमको संघीयता आउन अझै बाँकी छ । अधिकार सबै केन्द्रकृत… पुरा पढौ

नेपालमाथिको प्रवेश प्रतिबन्ध हटाउँदै जापान

जापानले नेपालमाथि लगाएको प्रवेश प्रतिबन्ध हटाउँदै छ। नेपालबाट रि–इन्ट्री भिसा भएकाहरूलाई जापान प्रवेशमा लगाइएको रोक हटाउने भएको हो। जापानको पररास्ट्र मन्त्रालयद्वारा प्रकाशित सीमा नियन्त्रणसम्बन्धी सूचनाअनुसार नेपालसहित अफगानिस्तान, भारत, श्रीलंका, बङलादेश र माल्दिभ्सबाट प्रवेशमा लगाएको रोक हटाउने निर्णय भएको उल्लेख छ। सेप्टेम्बर २० तारिखदेखि जापानको आवासीय भिसा भएका रि–इन्ट्री बाहक नेपाली नेपाल–जापान यात्रा गर्न सक्नेछन्। पछिल्लो समय जापान प्रवेश नखुल्दा सयौं नेपालीहरू तेस्रो मुलुक १४ दिन क्वारेन्टिन बसेर जापान आउन थालेका थिए। जापानमा कोभिड संक्रमणदर केही कम भएको र संक्रमण घटेसँगै… पुरा पढौ

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

एकै दिन चीनबाट कोभिड–१९ विरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ। सरकारले चीनबाट शुक्रबार उक्त मात्राको भेरोसेल खोप काठमाडौं ल्याएको हो। उक्त खोप सरकारले चीनसँग खरिद गरेर ल्याएको हो।खोप बोकेको नेपाल वायु सेवा निगमको वाइडबडी विमान शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप अवतरण गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ। सरकारले चीनसँग ६० लाख डोज भेरोसेल खोप खरिद गरेको छ। त्यसमध्ये १६ लाख डोज यसअघि नै आइसकेको छ। अब खरिद गरिएकोमध्ये ४ लाख डोज मात्र ल्याउन बाँकी छ।… पुरा पढौ

पोखरा चेम्बर अफ कमर्सको अध्यक्षमा यमनाथ, महासचिवमा नवराज सर्वसम्मत चयन

पोखरा चेम्बर अफ कमर्स कास्कीको सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको छ । असोज २ गते शनिबार हुनेतेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको लागि बिहीबार भएको उम्मेद्वारी दर्तामा सबै पदाधिकारी तथा सदस्यमा सर्वसम्मत भएको हो ।अधिवेशनबाट अध्यक्ष सहित ११ पदाधिकारी सहित ३६सदस्यीय कार्य समिति निर्वाचित भएका हुन ।अधिवेशनबाट अध्यक्ष, यमनाथ पौडेल, निवर्तमान अध्यक्ष किसान सुनार,वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर भुजेल, उद्योग,बस्तुगत, वाणिज्यतर्फका उपाध्यक्षहरुमा क्रमशः ज्ञानबहादुर नेपाली,उमराज बास्तोला र प्रेमप्रसाद सुवेदी छन् । महासचिव नवराज आचार्य, २सचिवमा नविन बराल र विष्णुप्रसाद… पुरा पढौ

स्वास्थ्य क्षेत्रमा मातृशिशु मितेरी अस्पतालको भूमिका उल्लेखनिय : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्वास्थ्यको क्षेत्रमा मातृशिशु अस्पतालको भूमिका उल्लेखनिय रहेको बताउनुभएको छ । शुक्रबार पोखरा १६ बाटुलेचौरस्थित मातृशिशु मेतरी अस्पतालको प्रयोगशालाको थप सेवा विस्तारको उदघाटन गर्दै मन्त्री थापाले जनतालाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्ने गरी अस्पतालले गरेका कार्यहरुको प्रंशसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘छोटो समयमा मातृशिशु मितेरी अस्पतालले स्वास्थ्यको क्षेत्रमा गरेका कामहरु प्रंशसा गर्न लायक छन् । नयाँ नयाँ प्रविधिको जडान गरी प्रयोगशाला मार्फत जनतालाई शिघ्र स्वास्थ्य सेवा दिने लक्ष्य अस्पतालको… पुरा पढौ

अनुगमन व्यवहारिक र कार्यान्वयन प्रभावकारी बनाउन मन्त्री शर्माको निर्देशन

गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बजारमा हुने गरेको अनुगमनलाई व्यवहारिक गराउँदै अनुगमन र कार्वाही प्रक्रियाको कार्यन्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन गरेका छन् । नजिकिदै गरेको चाडवाडलाई लक्षित गर्दै सुपथ मूल्य पसलहरुलाई ग्रामिण भेग लक्षित गरेर सञ्चालन गर्नु पर्नेमा बताउँदै वाणिज्य मन्त्री शर्माले प्रदेश भित्रको खाद्य सुरक्षा र गुणस्तरको सुनिश्चता गर्नको लागि सरकार र नीजि क्षेत्र दुवै पक्ष जिम्मेवारी हुनुपर्नेमा जोड दिएका छन् ।कोभिडले थलिएको व्यवसायलाई पुर्नउत्थान गर्नु पर्ने सबैको कर्तव्य भएता पनि उपभोक्ताको… पुरा पढौ